WFTW Body: 

आशा

"आशा, "अनुग्रह" "कोमलता" "आत्मामा गरिब" र "विजयी हुनु" जस्तै नयाँ करारमा प्रयोग भएको शब्द हो। आशाको विषयमा धेरै कम विश्वासीहरुले मात्र विचार गर्नुभएको छ। तर यो कुरालाई बाइबलमा अध्ययन गर्नु उचित हुन्छ।

रोमी ५:२-४ ले हामीलाई हामी परमेश्वरको आशामा रमाउँछौँ भनि बताउँछौ। हामी सङ्कष्टमा आनन्द मनाउँछौ किनकी यदि हामीले ति सङ्कष्टहरुमा धिरज धर्न सक्छौँ भनें हामीले खारिएको गुण पाउँछौ। त्यस्ले हामीमा आशा उत्पन्न गर्छ। यसको मतलव यो हो कि जसरी हामीले विगत दिनको समयमा परमेश्वरले हामीलाई बदलनुभएको देख्छौँ, त्यसरी नै हामीमा यो आशा छ कि त्यो काम आउँदो दिनमा परमेश्वरले हामीमा पुरा गर्नुहुनेछ।

परमेश्वरले हामीलाई भविष्यको आशाले भर्न चाहनुहुन्छ। हामीले हाम्रो वरिपरिको मान्छेहरुले जसरी निराशा र उदासिनताको सामना गर्नुपर्दैन। हामीले पूर्ण रुपले यो विश्वास गर्दै एउटा ठूलो आशाले पछि आउने कुरालाई हेर्छौँ, कि जसले हामीमा असल कामको सुरुवात गर्नुभएको छ, उहाँले येशू ख्रीष्टको दिनसम्म त्यस कामलाई पूरा गर्नुहुनेछ (फिलिप्पी १:६)। आशा निराशा र उदासिनताको औषधि हो।

हामीले हाम्रो विश्वासको अङ्गीकारलाई बलियो गरी पक्रनै पर्छ (हिब्रू १०:२३)। अर्को शब्दमा, हामी अहिले हारेको अवस्थामा भएतापनि, हामीले हाम्रो मुखबाट यो स्विकर गर्न निडर हुनुपर्छ कि परमेश्वरले हामीलाई विजय दिनुहुन्छ र उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, त्यो कुरालाई पुरा गर्नुहुन्छ। हामी आशामा आनन्दित हुनै पर्छ। परमेश्वरले गर्नुभएको कुराको निम्ति एउटा विश्वासी धन्यवादि हुनु साधारण कुरा हो। तर हामी परमेश्वरले हाम्रो लागि के गर्नुहुन्छ सो कुराको आशामा पनि आनन्दित हुनुपर्छ।

भजनसंग्रह १:३ मा यो प्रतिज्ञा गरिएको छ, "उसले जे गर्दछ, त्यो सफल हुनेछ।" यो हाम्रो जिवनमा परमेश्वरको इच्छा हो, र हामीले यो ख्रिष्टमा हाम्रो पैतृक सम्पत्तिको रुपमा लिनुपर्छ।

आनन्द

हामी परमेश्वरमा जिइरहेका छौँ भन्ने कुरालाई दर्शाउने कुरा मध्ये एउटा कुरा सधै आनन्दित हुनु पनि हो - किनकि "उहाँको उपस्थितिमा आनन्दको भरपूरी छ" (भजनसंग्रह १६:११)। यो हामीलाई परमेश्वरको राज्य हामीमा साँच्चै आएको छ भन्ने थाहा भएकोले पनि हो - किनकि "परमेश्वरको राज्य पवित्र आत्मामा धार्मिकता, मेलमिलाप र आनन्द हो" (रोमी १४:१७)। हाम्रो आनन्द तब मात्र हुन सक्छ जब हामी पापलाई घृणा र धार्मिकतालई प्रेम गर्छौ - किनकि आनन्दको तेलले तिनीहरुलाई मात्र अभिषिक्त पारेको छ "जसले धार्मिकतालाई प्रेम र अधर्मलाई घृणा" गर्दछन् (हिब्रू १:९)। परमेश्वरको आनन्द नै हाम्रो निम्ति बल हो (नहेम्याह ८:१०)। आनन्दले तपाईको परिक्षाको लडाईंमा झन् धेरै मदत गर्दछ।

याकूब बताउँछन कि हामीले दुई कारणले सामना गरेको परिक्षामा पनि आनन्द मनाउनुपर्छ (याकूब १:१-४): (१) हामीले हाम्रो विश्वास साँचो हो कि होइन भन्ने कुरा थाहा पाउँछौ (यो हामीसँग भएको सुनलाई असली हो कि होपन भनेर थाहा पाउनु जस्तै हो - ता कि हामीले आफू गरिब भएतापनि हामी धनी छौँ भनि आफैँलाई नझुक्काउँ। (२) हाम्रो धिरज सिध्ता तर्फ बढ्छ - र तब हामी केहि कुराको कमी नभई, सिध्द र पूर्ण हुनेछौँ।

यदि हामी परिक्षामा आनन्दित हुन्छौँ भने, त्यसबाट हाम्रो कति उदेककको प्रतिफल हुन्छ भन्ने कुरा अचम्मलाग्दो छ। विश्वासीहरु बिच त्यहाँ कत्ति धेरै व्यर्थको कष्टहरु छन्, उहाँहरुले आफ्नो कष्टहरुमा केहि पाउनुहुन्न किनभने उहाँहरु आनन्द नभई गनगन र तर्क वितर्क गर्नुहुन्छ।