१. परमेश्वरले हामीलाई येशूलाई जस्तै प्रेम गर्नुहुन्छ
"तपाईंले तिनीहरुलाई प्रेम गर्नुहुन्छ, जसरी तपाईंले मलाई प्रेम गर्नुहुन्छ" (यूहन्ना १७ः२३) ।
२. परमेश्वर इमानदार मानिसहरुसँग प्रसन्न हुनुहुन्छ
"यदि हामी पनि उहाँ ज्योतिमा हुनुभएझैं ज्योतिमा हिँड्छौं भने, हामी एकअर्कासँग सङ्गति गर्छौं" (१ यूहन्ना १ः७) ।
३. खुशीसाथ दिनेहरुसँग परमेश्वर प्रसन्न हुनुहुन्छ
"खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ" (२ कोरिन्थी ९ः७)
४. येशूलाई हेरेर पवित्रता आउँछ
"येशूलाई हेर्दै दौड दौडौं..." (हिब्रू १२ः१,२)
५. हामी निरन्तर पवित्र आत्माले भरिनु पर्छ
"पवित्र आत्माले भरिएर रहनुहोस्" (एफिसी ५ः१८ लिटरल)
६. क्रुसको बाटो नै जीवनको बाटो हो
"यदि हामी उहाँसँगै मर्छौं भने, हामी उहाँसँगै जिउनेछौं" (२ तिमोथी २ः११)
७. मानिसको विचारले हामीलाई निरुत्साहित बनाउनु हुँदैन
"नाकको प्वालमा श्वास हुने मानिसको बारेमा सोच्न छोड; के को निम्ति ऊ सम्मानित हुनुपर्छ ?" (यशैया २ः२२)
८. यो संसारले मूल्यवान ठानेको थोकलाई परमेश्वरले घृणा गर्नुहुन्छ
"मानिसहरुको बीचमा जे कुरा अति सम्मानित छ, त्यो परमेश्वरको नजरमा घृणित हुन्छ" (लूका १६ः१५) । "जसले पैसाको मोह गर्छन् र धनी बन्न खोज्छन्, तिनीहरु (१) परीक्षामा पर्नेछन्ः (२) पासोमा पर्नेछन्; (३) मूर्ख इच्छामा पर्नेछन्; (४) हानिकारक इच्छामा पर्नेछन्; (५) बर्बादीमा पर्नेछन्; (६) विनाशमा फस्नेछन्; (७) विश्वासबाट भड्केर टाढा जानेछन्; (८) धेरै दुःखले आफैंलाई छेड्नेछन् ।" (१ तिमोथी ६ः९, १०) ।
९. हामी आफैंले बाहेक हामीलाई कसैले हानि पुर्याउन सक्दैन
"यदि तिमीहरु भलाइको लागि जोशिलो छौ भने तिमीहरुलाई हानि गर्ने को छ ?" (१ पत्रुस ३ः१३)
१०. हाम्रो प्रत्येकको जीवनको लागि परमेश्वरसँग एउटा उत्तम योजना छ
"ख्रीष्ट येशूमा असल कामहरुका लागि उहाँले हामीलाई सृष्टि गर्नुभयो, जुन परमेश्वरले पहिले नै तय गर्नुभएको थियो, ताकि हामी तिनीहरुमा हिँडौं" (एफिसी २ः१०) ।
११. परमेश्वरलाई नजिकबाट चिन्नु नै बलियो हुनुको रहस्य हो ।
"आफ्ना परमेश्वरलाई चिन्ने मानिसहरु बलिया हुनेछन्" (दानिएल ११ः३२)
१२. नयाँ करार पुरानो करार भन्दा धेरै उत्तम छ ।
"येशू उत्तम करारको मध्यस्थकर्ता हुनुहुन्छ" (हिब्रू ८ः६) ।
१३. यदि हामीले ईश्वरीय जीवन बितायौं भने हामीलाई सताइनेछ
"ख्रीष्ट येशूमा भक्तिपूर्ण जीवन बिताउन चाहनेहरु सबैलाई सताइनेछ ।" (२ तिमोथी ३ः१२)
१४. परमेश्वरले स्वीकार गर्नुभएको सबैलाई हामीले स्वीकार गर्नुपर्छ
"परमेश्वरले शरीरमा आफ्नो इच्छा अनुसार अङ्गहरु राख्नुभयो... ताकि शरीरमा कुनै विभाजन नहोस्" (१ कोरिन्थी १२ः१८, २५) ।
१५. हामीले प्रत्येक मानिसलाई मर्यादापूर्वक व्यवहार गर्नुपर्छ
"हामी परमेश्वरको स्वरुपमा बनाइएका मानिसहरुलाई सराप्छौं । मेरा भाइहरु हो, यी कुराहरु यसरी हुनुहुँदैन" (याकूब ३ः९, १०) ।
१६. हामीले हाम्रा सबै आवश्यकताहरुको लागि परमेश्वरमा भरोसा राख्नुपर्छ ।
"परमेश्वरले ख्रीष्ट येशूमा आफ्नो महिमामा भएको सम्पत्तिअनुसार तिमीहरुको सबै खाँचोहरु पूरा गर्नुहुनेछ" (फिलिप्पी ४ः१९) ।
अतिरिक्त टिप्पणीः पूर्ण-समय सेवकाई गर्ने ख्रीष्टियान सेवकहरुको लागि पैसाको निम्ति कहिल्यै गर्न नहुने १० कुराहरुः
१. आफ्नो आर्थिक आवश्यकता परमेश्वर बाहेक अरु कसैलाई नभन्नुहोस् (फिलिप्पी ४ः१९) ।
२. अविश्वासीहरुबाट कहिल्यै पैसा नलिनुहोस् (३ यूहन्ना ७) ।
३. कहिल्यै कसैबाट उपहारको आशा नगर्नु (भ.सं. ६२ः५) ।
४. पैसा दिएर कसैलाई पनि तपाईंलाई नियन्त्रण गर्न वा तपाईंको सेवकाईलाई प्रभाव पार्न अनुमति नदिनुहोस् ।
५. तपाईंको सेवा नपाउनेहरुबाट कहिल्यै पैसा नलिनुहोस् ।
६. तपाईंभन्दा गरिब कसैबाट पनि आफ्नो व्यक्तिगत वा पारिवारिक आवश्यकताको लागि कहिल्यै पैसा नलिनुहोस् ।
७. आफ्नो आर्थिक आवश्यकताको लागि कहिल्यै पनि कुनै मानिसमा निर्भर नहुनुहोस् ।
८. परमेश्वरको पैसालाई कहिल्यै पनि त्यस्तो तरिकाले नचलाउनुहोस् जसले गर्दा अरुलाई गलत तरिकाले व्यवहार गरिएको शंका लाग्न सक्छ (२ कोरिन्थी ८ः२०, २१) ।
९. पैसा पाउँदा कहिल्यै उत्साहित नहुनुहोस् ।
१०. पैसा गुमाउँदा कहिल्यै निराश नहुनुहोस् ।