परमेश्वरको आराधना यस्तो कुरा हो जसले हामीलाई हाम्रा स्वर्गीय पितासँग धेरै घनिष्ठ सम्बन्धमा ल्याउँछ, आराधना वचनहरु बोल्नु वा परमेश्वरसँग बातचित गर्नुभन्दा पनि अझ बढी हो । मलाई ९० प्रतिशत भन्दा बढी विश्वासीहरुमा रहेको गलत बुझाईलाई प्रष्ट पार्न दिनुहोस् । आज धेरै मण्डलीहरुमा आइतबार बिहानको संगतीको लागि प्रयोग गरिने एउटा धेरै सामान्य अभिव्यक्ति छ, जसलाई "आराधना सेवा" भनिन्छ । करिष्म्याटिक वा अन्य पेन्टिकोस्टल मण्डलीहरुमा, तिनीहरुले यसलाई "प्रशंसा र आराधना" को समय भन्दछन् । यदि तपाईं पूर्णतया धर्मशास्त्रीय र बाइबलीय हुन चाहनुहुन्छ भने, त्यो पूर्णतया गलत अभिव्यक्ति हो; आइतबार बिहान त्यहाँ उनीहरुले के गरिरहेका छन् त्यो आराधना होइन । यदि तपाईंले उनीहरुले गाउने गीतका शब्दहरु सुन्नुभयो भने, यो प्रशंसा र धन्यवाद हो । यो आराधना नै होइन । यदि तपाईंलाई मेरो कुरामा विश्वास लाग्दैन भने, तपाईंले कन्कर्ड्यान्स लिन सक्नुहुन्छ र नयाँ नियमभरि पाइने आराधना शब्दलाई हेर्न सक्नुहुन्छ । पुरानो नियममा, त्यो तिनीहरुले परमेश्वर प्रति आफ्नो आराधना व्यक्त गर्न सक्ने एक मात्र तरिका थियोः ताली बजाउनु, गाउनु र परमेश्वरको लागि गीत गाउन वाद्ययन्त्रहरु प्रयोग गर्नु । तर नयाँ करारमा, यूहन्ना अध्याय ४ः२३-२४ मा येशूले सामरी स्त्रीलाई भन्नुभयो, "समय आउँदैछ र अहिले नै हो जब साँचो आराधकहरुले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि पिताले त्यस्ता मानिसहरुलाई उहाँको आराधकहरु हुनको लागि खोज्नुहुन्छ । परमेश्वर आत्मा हुनुहुन्छ र उहाँको आराधकहरुले उहाँलाई आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।"
येशूले "आउँदै गरेको" समयको बारेमा बोल्नुभयो । उहाँले पेन्टिकोस्टको दिनलाई संकेत गर्दैहुनुहुन्थ्यो, जुन अझै आएको थिएन । उहाँले यूहन्ना ४ः२३ मा पनि भन्नुभयो, "अहिले हो", जसको अर्थ यो उहाँमा पहिले नै पूरा भइसकेको थियो, किनकि येशू नयाँ करारका धेरै भाइहरु मध्ये जेष्ठ हुनुहुन्छ । उहाँ नै हाम्रो लागि नयाँ करार सुरुवात गर्ने व्यक्ति हुनुहुन्थ्यो, त्यसैले एक अर्थमा उहाँ पहिलो र हाम्रो अगुवा हुनुहुन्थ्यो । अनि यसरी, त्यो समय आएको थियो जहाँ अन्ततः पृथ्वीमा आत्मा र सत्यतामा पिताको आराधना गर्दै एक जना मानिस हिँडिरहेका थिए, र उहाँ स्वयम् येशू हुनुहुन्थ्यो । यो पहिले कसैले गरेको थिएन ।
१ थेसलोनिकी ५ः२३ ले हामीलाई बताउँछ कि मानिस आत्मा, प्राण र शरीर हो, र यसले संकेत गर्छ कि जब येशूले यहाँ आत्मा शब्द प्रयोग गर्नुभयो, उहाँले भन्दै हुनुहुन्थ्यो कि पुरानो नियमको आराधना त्यो बेलासम्म केवल शरीर र प्राणमा मात्र थियो । यसको अर्थ तिनीहरुले हात उठाउँदै, ताली बजाउँदै हातले परमेश्वरको आराधना गर्छन् । तिनीहरुले आफ्नो मन, बुद्धि, भावनाहरु प्रयोग गर्दै तिनीहरुले आफ्नो प्राणले परमेश्वरको आराधना गर्छन् । जब तपाईं सभामा प्रशंसा र धन्यवादका गीतहरु गाउनुहुन्छ, तिनीहरुले पनि तपाईंले जस्तै आनन्दित र भावनात्मक अनुभवहरु महसुस गर्छन् । त्यो नै प्राण र शरीरमा आराधनाको सीमा थियो । तर उहाँले भन्नुभयो, "अब तिमीहरु आराधनाको गहिरो स्तरमा आइपुगेका छौ जुन अब उप्रान्त पाउन सक्छौ, जब पवित्र आत्मा तिमीहरुमा बास गर्नुहुन्छ जसरी उहाँ ममा बास गर्नुहुन्छ ।" येशूले भन्दै हुनुहुन्थ्यो, "तिमीहरुले शरीर र प्राणले मात्र होइन, आत्मा र सत्यतामा पनि आराधना गर्न सक्नेछौ ।"
आज हामीले के गर्नुपर्छ ? हामी अझै पनि ताली बजाउँछौं र हात उठाउँछौं, हामी अझै पनि भावुक हुन्छौं र परमेश्वरको प्रशंसा गर्दा हाम्रो बुद्धि प्रयोग गर्छौं, तर त्यसभन्दा माथि, हामीले आत्माले आराधना गर्नुपर्छ, र यसको अर्थ हामी प्राण र आत्मा बीचको त्यो पर्दाभित्र छिर्छौ, र त्यो क्षेत्रमा प्रवेश गर्छौं जहाँ हामी परमेश्वरसँग एक्लै हुन्छौं । पुरानो नियमको बासस्थानमा, तीन भागहरु छन् - शरीर सँग मेलखाने, प्राण र आत्मा - र अन्तिम भाग, यो बन्द भाग, जुन पर्दाले ढाकिएको थियो, सबैभन्दा पवित्र स्थान हो, जहाँ केवल परमेश्वरले मात्र बास गर्नुहुन्थ्यो । बाहिरी स्थानमा, बलिदानहरु चढाइँदा तिनीहरुमा धेरै उत्साह हुन्थ्यो । पवित्र स्थानमा, धूप चढाउँदै र बत्ती बाल्दै, आदि गरेर धेरै पूजाहारीहरु एकअर्काको वरिपरी दौडिरहेका थिए । तर महापवित्र स्थानमा, केवल परमेश्वर मात्र हुनुहुन्थ्यो । त्यसले जब कुनै व्यक्ति महापवित्र स्थानमा प्रवेश गथ्र्यो, ऊ केवल परमेश्वर सँग मात्र हुन्थ्यो । उसलाई अरु कसैको बारेमा वास्ता हुँदैनथियो । त्यहाँ ऊ र परमेश्वर बाहेक अरु कोही हुँदैनथियो । त्यो आत्मामा गरिने आराधना हो, जहाँ तपाईं र परमेश्वर मात्र हुनुहुन्छ, र त्यो तपाईंले आफ्नो कोठामा गर्न सक्ने कुरा हो, र यो तपाईंले केवल शब्दहरुले गर्ने कुरा होइन ।
एक साँचो आराधकले परमेश्वर प्रतिको आफ्नो मनोवृत्तिमा के भन्छ भन्ने कुराको एउटा उत्कृष्ट उदाहरण भजनसंग्रह ७३ः२५ मा देखिन्छ । यदि तपाईंले आफ्नो हृदयको गहिराइबाट इमानदारीपूर्वक यो कुरा परमेश्वरलाई भन्न सक्नुहुन्छ भने, तपाईं एक आराधक हुनुहुन्छ । यदि होइन भने, तपाईंले आत्मामा आराधना गरिरहनुभएको छैन । यसले भन्छ, "हे परमेश्वर, तपाईं बाहेक स्वर्गमा मेरो अरु को छ र ?" अर्को शब्दहरुमा, "जब म स्वर्गमा पुग्छु, म सुनौला सडकहरु, भव्य महलहरु वा मुकुट खोज्दिन । म केवल परमेश्वरसँग मात्र खुशी र सन्तुष्ट हुनेछु । मलाई परमेश्वर बाहेक अरु कोही वा केही चाहिँदैन ।" त्यो भन्नुको अर्थ, "मेरा असल दाजुभाइ दिदीबहिनीहरु र परिवारका सदस्यहरु छन् जो स्वर्गमा हुनसक्छन्, तर तपाईं मेरो लागि सबै थोक हुनुहुनेछ ।" "अनि तपाईं बाहेक, म पृथ्वीमा केही चाहन्न ।" त्यो भनेको, "स्वर्गमा मात्र होइन, तर स्वर्गमा पुग्नु अघि, यस पृथ्वीमा, म तपाईं बाहेक अरु केही चाहन्न । तपाईंले मलाई दिनु भएको भन्दा बढी म भौतिक थोकको चाहना गर्दिन । म पूर्णरुपमा सन्तुष्ट छु ।" सन्तुष्टी सहितको ईश्वरीय भक्ति ठूलो लाभ हो । एक आराधकलाई यस पृथ्वीमा कुनै पनि कुराको गुनासो हुँदैन - परमेश्वरले उसको लागि मिलाउनु भएको सबै परीस्थितिहरुमा ऊ पूर्ण रुपमा सन्तुष्ट हुन्छ । परमेश्वरले उसलाई ल्याउनुभएको परिवारमा, ऊ सँग भएको जागिरमा, ऊ सँग भएको सबै कुरामा ऊ सन्तुष्ट हुन्छ । ऊ पूर्णरुपमा सन्तुष्ट छ । ऊ परमेश्वर बाहेक अरु केही चाहँदैन । पुरानो भनाइ जस्तै, यदि तपाईंको जीवनमा त्यस्तो समय आयो जहाँ तपाईंसँग परमेश्वर बाहेक अरु केही छैन र अरु सबै कुरा हराएको छ भने, तपाईंले पाउनुहुनेछ कि परमेश्वर पर्याप्त भन्दा बढी हुनुहुन्छ ।
त्यसैलेयोसाँचोआराधनाहो,जहाँमेरोहृदयकोमनोवृत्तियोहुन्छकिमयसपृथ्वीमापरमेश्वरबाहेकअरुकेहीचाहन्न । यदि तपाईंसँग हृदयको त्यस्तो मनोवृत्ति छैन भने, आइतबार बिहान परमेश्वरलाई प्रशंसा र धन्यबाद दिँदा तपाईं जतिसुकै भावुक भए पनि, तपाईं आराधक हुनुहुन्न । तपाईं यसलाई आराधना र प्रशंसा भन्न सक्नुहुन्छ, तर तपाईं आफैंलाई भ्रमित गर्दै हुनुहुन्छ, र तपाईंले आफैंलाई त्यसो गरेकोमा शैतान धेरै खुशी छ किनकि तपाईं कल्पना गर्नुहुन्छ कि तपाईं परमेश्वरको आराधना गर्दैहुनुहुन्छ जब तपाईं गर्दै हुनुहुन्न । तर येशूले यूहन्ना ४ः२३ मा भन्नुभयो कि पिताले ती व्यक्तिहरुलाई खोज्दै हुनुहुन्छ जसले आत्मामा आराधना गर्छन् । अनि पितासँग कति ठूलो चाहना छ ।
के तपाईंमा आफ्नो पिताको हृदयलाई सन्तुष्ट पार्ने, आत्मामा आराधक बन्ने त्यो चाहना छ ? त्यसपछि भजनसंग्रह ७३ः२५ मा जानुहोस् र ती शब्दहरु तपाईंको हृदयको अभिव्यक्ति नभएसम्म आराम नगर्नुहोस्, कि तपाईं पृथ्वीमा येशू ख्रीष्ट बाहेक अरु केही चाहनुहुन्न, सेवकाई पनि चाहनुहुन्न । आफ्नो सुसमाचार प्रचारमा, आफ्नो शिक्षामा, आफ्नो मण्डली भवनमा, कुनैपनि सेवाकार्यमा, आफ्नो पैसामा, आफ्नो सम्पत्तिमा वा अरु कुनैपनि कुरामा आफ्नो सन्तुष्टी नराख्नुहोस् । "प्रभु, तपाईं मसँग हुनुहुन्छ र म तपाईंलाई मात्र चाहन्छु ।"