द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   घर चर्च चेलाहरू
WFTW Body: 

यदि हामीले एक प्रभावकारी आत्मिक लडाँइ लड्ने हो भने, हामी शैतानको चालहरु, उसले प्रयोगमा ल्याउने चीजहरु र युक्तिहरुको बारेमा अनजान हुनु हुँदैन।येशुलाई उजाडस्थानमा खानेकुरालाई लिएर शैतानले परीक्षा गरेको तरिकाले हामी यो निष्कर्ष निकाल्न सक्छौँ कि शैतानले हामीलाई हाम्रो शरिरको न्यायसङ्गत चाहनाहरुद्वारा हामीलाई परिक्षा गर्न खोज्छ। येशुले आफ्ना चेलाहरुसङ्ग खानेकुरा र लगाउने कुराको बारेमा धैरै चिन्तित हुन देखि सावधान हुन भन्नुभयो।यदि खानेकुरा र फेन्सी कपडाहरुले हामीलाई समातिराखेको छ भने, हामीमाथि पक्कैपनि शैतानले शक्ति पाउनेछ, किनकि त्यसपछि हाम्रो राज्य यस संसारको हुनेछ।हामी यसबारे सतर्क हुनपर्छ कि हामीले मण्डलीमा हाम्रा जवान बहिनीहरुलाई सुन्दर कपडाहरुद्वारा नियन्त्रणमा लिइन तालिम गराइरहेका छैनौँ, नत्र तिनिहरु केवल शैतानद्वारा पक्राउ गरिनको लागि हुर्किनेछन्।

लुसिफर शैतान बन्यो जब ऊ(प्रधान स्वर्गदुतको रुपमा) आफूलाई अरु स्वर्गदूतहरुको माझमा कोहि महत्वपुर्ण व्यक्ति हुँ भनेर सोच्न थाल्यो (इजकिएल २८.११-१८, यशैया १४.१२-१५)। यसैले नै शैतान थुप्रै विश्वासीहरुको हृदयमा पनि पस्छ। जब कुनै भाईले मण्डलीमा आफु कोहि महत्वपूर्ण व्यक्ति हुँ भनेर सोच्न थाल्छ, यो प्रस्ट छ कि ऊ शैतानको आत्माद्वारा सङ्क्रमित भएको छ। तब उ आत्मिक लडाँइको लागि प्रभावहिन हुनेछ, यदि उसको वरिपरिका विश्वासीहरूले उसको अहमलाई ऊ महत्त्वपूर्ण महसुस हुने कुरा खुवाउँछ भने तापनि।

यदि कोहि भाई बैठकमा लामो समयसम्म बोल्छ, कुनै आत्मिक तत्वको नाप बाहिर, र मण्डलीका गरिब सहनशील भाइबहिनीहरुमाथि आफ्नो बाइबलीय ज्ञान उकेल्छ भने, यो एउटा प्रष्ट सङकेत हो कि उसले आफूलाई महत्वपूर्ण र अरुभन्दा श्रेष्ठ सोच्न थालेको छ।त्यो शैतानको आत्मा हो। अहिलेसम्म, हामीले धेरैपटक पाएका छौँ, कि त्यस्ता भाई रिसाउने जस्तो प्राथमिक कुरामा समेत विजय छैनन्। यदि उसलाई सभापछि अलि छोटो वचन बाँड्न भनिन्छ भने पनि, ऊ रिसाउँछ। यो प्रस्ट छ कि ती भाईहरु दिनहुँ आफैँलाई जाँच्दै जिइरहेका छैनन्, यदि त्यसो गरेको भए ता, उनीहरुलाई आत्माले उनीहरुको घमण्ड र अहङ्कारको लागि दोषी ठहराइरहनुभएको महसुस गर्ने थिए।

येशुले जब आफ्ना चेलाहरुलाई आफ्नो पदहरुको प्रयोगको बारेमा चेतावनी दिनुभयो, उहाँले उनीहरुलाई यहि शैतानको आत्माको बारेमा चेतावनी दिँदै हुनुहुन्थयो जसले मण्डलीमा आफुलाई अरुभन्दा माथि उचाल्न खोज्छ। आदरणीय व्यक्ति सामान्य भाई भन्दा ठुलो हुन्छ। पास्टर पनि सामान्य भाई भन्दा ठूलो हुन्छ। तर येशुले भन्ननुभयो कि हामी सामान्य दाजुभाइ हुनुपर्छ। बेबिलोनीहरुलाइ नै उनीहरुको पद राख्न दिनुहोस्। हामी यसलाई नकारौ, आत्मामा समेत।सधै सबैभन्दा सानो भाइ बन्न खोज्नुहोस्, तपाईको आत्मामा, अनि तपाई केवल आफैँमा मात्र सुरक्षित हुनुहुनेछैन, तर तपाईँको शैतानसँगको प्रभावकारी लडाँइमा पनि।

लुसिफर पनि परमेश्वरले उ भित्र राखिदिनुभएको परिस्थितिहरुसँग सन्तुष्ट थिएन।ऊ शैतान बनेको यसरि हो।शैतान आज संसारभरिका मानिसहरुको हृदयमा यो असन्तुष्टिको आत्मा फैलाईरहेको छ। अनि धेरै,धेरै विश्वासीहरुले पनि यो सङक्रमण उठाइरहेका छन्। तपाईले संसारको सामानहरुको परिस्थिति सुधार्नुमा केहि पनि गलत छैन।तर जब तपाईले आफ्न भाईले तपाईले भन्दा धेरै पाईरहेको देख्नुहुन्छ, उसको डाह नगर्नुहोस्, उसँग भएको कुराहरुको चाह नगर्नुहोस् र ऊ बाट केहि उपहारको आशा नगर्नुहोस्। परमेश्वले तपाईलाई जे दिन खुसी लागेको छ, त्यसैमा सन्तुष्ट हुनुहोस्।तर जसले घुसलाई घृणा गर्छ, ऊ जिवित रहन्छ।(हितोपदेश १५.२७) शैतानको चालहरुको बारेमा अनभिज्ञ नहुनुहोस्। तपाई जुन बेला आफ्नो तलबमा, घरमा आफ्नो छालाको रङमा वा कुनै त्यस्ता कुराहरुमा सन्तुष्ट हुनुहुन्न भने तपाईले शैतानको लागि आफ्नो हृदयको ढोका खोल्नुभएको छ।

शैतानले थुप्रै ख्रिष्टियनहरुको जमातलाई स्तब्ध पारेको छ, उ उसको विरुद्धमा आत्मिक लडाईमा प्रभावहिन बनाएको छ, किनकि उसले उनीहरुलाई गनगन र आफ्ना भाईबहिनी, छिमेकि, आफ्नो परिस्थितिहरु र परमेश्वरको विरुद्धमा समेत गुनासो गर्ने आत्माले सङ्क्रमण गर्न सफल भएको छ। जब हामी तल दिइएका यी अर्तिहरु पालन गर्छौँ, हामी शैलानलाई जित्छौँ।(१) अनि परमेश्वरको शान्तिले तिमीहरुका हृदयहरुमा राज्य गरोस्, यसैका निम्ति तिमीहरु पनि एउटै शरीरमा बोलाईएका छौ; अनि तिमीहरु धन्यवादी होओ।(कलस्सी ३.१५) (२) यसैकारण म यो अर्ती दिन्छुः सबैभन्दा पहिले विन्ती, प्रार्थना, निवेदन र धन्यवादहरु सबै मानिसहरुका निम्ति चढाइऊन्। (१ तिमोथी २.१) (३) हाम्रा प्रभु येशु ख्रीष्टको नाममा परमेश्वर र पितालाई सबै कुराहरुला निम्ति सधैँभरि धन्यवाद चढाओ; (एफेसी ५.२०)

एकचोटि ख्रीष्टको शरीरमा हामीले हाम्रा भाइ र बहिनीहरुसँग धन्यवादी हुन सिकेपछि, त्यसपछि हामी सबै मानिसहरुको लागि र परिस्थितिहरुमा धन्यवादि हुन सिक्न सक्छौँ।हामीलाई थाह छ कि हाम्रो स्वर्गीय पिताले सबै मानिसहरुलाई र सबै परिस्थितिहरुलाई प्रभुत्वको साथ नियन्त्रण गर्नुहुन्छ।यदि हामी साँच्चै यो कुरा विश्वास गर्छोँ भने, हामी पक्कै पनि सदैव परमेश्वरको प्रशंसा गर्नेछौँ र यो सावित गर्नेछौँ कि हाम्रो राज्य स्वर्गको हो, संसारको होइन।त्यसपछि शैतानले हामीमाथि आफ्नो शक्ति गुमाउनेछ। त्यसपछि मात्र हामी उसको विरुद्धमा एक प्रभावशाली आत्मिक लडाँइ लड्न सक्छौँ।प्रकाश १२.८ मा यहाँ एउटा सुन्दर वचन लेखिएको छ, कि स्वर्गमा अब उसो शैतान त त्यसका दुतहरुको लागि कुनै ठाउँ पाइएन। हाम्रो जिवनमा पनि यस्तै हुनपर्छ- हाम्रो हृदयमा, हाम्रो घरमा, र हाम्रो मण्डलीहरुमा।यी मध्ये कुनै ठाउँमा शैतान र त्यसका दुतहरुले स्थान पाउन हुँदैन।