WFTW Body: 

उत्पत्ति २२ "अनि यस्तो भयो...." भन्ने वाक्यबाट अनुच्छेदको शुरुवात हुन्छ। जब हामी यो परिक्षाको घडिभन्दा अघिको परिस्थितिलाई हेर्छौँ, तब अब्राहामलाई विजयी अवस्थामा भेट्न सक्छौँ। अन्यजातिहरु उनिकहाँ आएर भन्थे, "अब्राहाम, हामीले तपाईको जिवनलाई हेरिरहेका छौँ र हामी जान्दछौँ कि तिपाई जे गर्नुहुन्छ, त्यसमा परमेश्वर तपाईको साथमा हुनुहुन्छ।" (उत्पत्ति २१:२२)। यसमा कुनै शङ्का छैन कि उनिहरुले सारा कसरी आश्चर्यपूर्ण रुपमा गर्भवति भएकी थिइन भन्ने कुरा सुनेका थिए, र उनिहरुलाई निश्चयता थियो कि परमेश्वर यस परिवारको साथमा हुनुहुन्थ्यो। इश्माएल बाहिर निकालिएको थियो। त्यसैले अब इसाहाक अब्राहामको प्यारो छोरा थिए। यस्तो समयमा अब्राहामलाई ठूलो खतरा थियो कि कहि उसले परमेश्वरप्रतिको आफ्नो पहिलो प्रेम र आफ्नो भक्तिलाई छोड्न सक्थ्यो। र त्यसैले, परमेश्वरले उनलाई फेरी जाँच्नुभयो, र उनलाई इसाहाकलाई बलिदानको रुपमा चढाउन लगाउनुभयो। तर अब्राहामसँग सुन्न सक्ने कान, र परमेश्वरले आज्ञा दिनुभएको कुरा मान्ने हृदय थियो। उनि अर्को बिहान सबेरै उठे र परमेश्वरको आज्ञा पालन गर्न अघि बढे (उत्पत्ती २२:३)। हामीलाई परमेश्वरले उनिसँग कुरा गरिसक्नु भएपछि त्यस रात उनमा के बित्यो भनि बताइएको छैन। म निश्चित छु कि उनि त्यस रात सुतेनन्। उनि जागो रहे र आफ्नो प्रिय पूत्रलाई बारम्बार हेर्न गए होलान्; र जब उनले आफ्नो छोरासँग जे गर्नुपर्छ त्यो सोच्दा उनको आँखाबाट आँसू झरेको हुन सक्छ।

आफ्नो बुढेसकालको छोरालाई अर्पण गर्न अब्राहामलाई कति गार्हो भएको हुन सक्छ। तर उनि परमेश्वरतर्फ हर तवरले आज्ञाकारी हुन तयार थिए। लगभग पचास वर्ष पूर्व, जब परमेश्वरले उनलाई ऊरमा बोलाउनुभएको थियो, तब उनले हलोमा आफ्नो राखेका थिए, र अब उनि पछाडि फर्केर हेर्ने थिएनन्। उनको आज्ञाकारितामा कुनै सिमा थिएन र आफ्नो परमेश्वरको लागी बलिदान दिनमा उनको इच्छाको कुनै अन्त्य थिएन। यो कुनै आश्चर्यको कुरा होइन कि उनि परमेश्वरको साथी बने।

जब अब्राहामले इसाहाकलाई बलिदान दिन माथी गए, तब त्यहाँ अब्राहामको हृदयमा विश्वास थियो कि परमेश्वरले कुनै न कुनै तरिकाद्वारा उनको छोरालाई मरेकाहरुबाट बिउँताउनुहुनेछ। हिब्रू ११:१९ ले हामीलाई यो बताउँछ। परमेश्वरले इसाहाकको जन्मद्वारा अब्राहाम र साराको शरिरलाई नै बौरिउठाईको पूर्व-स्वाद चखाउनुभएको थियो। पक्कै पनि त्यस बेदिमा चढाइएको इसाहाकलाई फेरी जिवित तुल्याउनु परमेश्वरलाई कुनै समस्या हुने थिएन। र त्यसैले अब्राहामले मोरियाह पहाडको फेदमा आफ्ना दासहरुलाई यसो भने, "म र यो केटोचाहिँ अलिक पर जान्छौं, र उपासना गर्नेछौ, अनि तिमीहरुकहाँ (फर्केर आउनेछौँ)" (उत्पत्ति २२:५)। त्यो विश्वासको वचन थियो। उनले यो विश्वास गरेका थिए कि इसाहाक उनिसँग फर्केर आउनेछन्।

यो कुरा पनि विचार गर्नुहोस् कि उनले आफ्नो नोकरहरुलाई "हामी परमेश्वरको उपासना गर्न जादैछौँ" भनिरहेको पाउछौँ। उनले परमेश्वरले उनिसँग एकदम धेरै मागिरहनुभएको छ भनि गुनासो गरेनन्, न ता उनले परमेश्वरलाई दिन लागेको आश्चर्यपूर्ण बलिदानको बारेमा घमण्ड नै गरे। अहँ। अब्राहाम तिनीहरुमध्ये थिएनन् जसले आफूले परमेश्वरको निम्ति गरेको बलिदानको बारेमा अरुलाई बताउँथे। अब्राहामले बताए कि उनि आफ्नो परमेश्वरलाई उपासना गर्न जादैछन्। र त्यहाँ हामी आराधनाको साँचो अर्थलाई बुझ्छौँ। याद गर्नुहोस् कसरी येशूले एकपल्ट भन्निभएको थियो, " अब्राहाम मेरो दिन देख्ने आशामा हर्षित थिए, अनि उनले देखे र आनन्दित भए।" (यूहन्ना ८:५६)। पक्कै पनि मोरियाह पहाडमा भएको दिन अब्राहामले ख्रिष्टको दिनलाई देखेको हुनुपर्छ। भविष्यको दर्शनमा, वृध्द अब्राहामले आफ्नै कार्य जस्तै एक चित्र देखे (त्यो हल्का हल्का भए तापनि), जब त्यस दिन परमेश्वर पिता स्वयंले आफ्नो एक मात्र जन्माइएको पूत्रलाई कल्वरीको डाँडामा लैजानुहुन्छ र उहाँलाई मानिसहरुको पापहरुको निम्ति बलिदानको रुपमा चढाउनुहुन्छ। र त्यस दिन मोरियाह पहाडमा, अब्राहामले यो थाहा गरे कि यस भट्केको संसारलाई बचाउनको निम्ति परमेश्वरको हृदयमा के बितिरहने थियो। त्यस बिहान उनि परमेश्वरको हृदयसँग एकदम गहिरो सङ्गति भएको स्थानमा पुगे। हो, उनले परमेश्वरको आराधना गरे - केवल मिठो शब्दहरु र भजनहरुद्वारा मात्र होइन, तर बहुमुल्य आज्ञाकारिता र बलिदानको माध्यमद्वारा।

परमेश्वरसँगको गहिरो र घनिष्ट ज्ञान केवल यस्तो आज्ञाकारिताबाट आउँछ। हामीले हाम्रो मनमा धेरै सटीक धार्मिक जानकारीहरु राख्न सक्छौँ, तर साँचो आत्मिक ज्ञान केवल तब आउँछ जब हामी परमेश्वरलाई सबै कुरा दिन्छौँ। त्यहाँ अरु कुनै बाटो छैन। अब्राहाम यहाँ जाँचिइरहेका थिए कि उनले दिनुहुनेलाई बढि प्रेम गर्थे कि उहाँको उपहारहरुलाई बढि प्रेम गर्थे। इसाहाक बिना सङ्का परमेश्वरको उपहार थिए, तर अब्राहाम आफ्नो छोरालाई धेरै बढि प्रेम गर्न सक्ने खतरामा थिए। इसाहाक एक प्रतिमा बन्दै थिए जो अब्राहामको आत्मिक दृष्टिमा बादल बन्न सक्थे। र त्यसैले परमेश्वरले अब्राहामलाई त्यसतो परिस्थितिबाट जोगाउन उनलाई हस्तक्षेप गर्नुपर्यो।

आमेन्!