WFTW Body: 

२ इतिहास ३:१ मा हामी पढ्छौँ, "तब सुलेमानले यरुशलेममा, मोरियाह पहाडमा, जहाँ परमप्रभु तिनका पिता दाऊदकहाँ देखा पर्नुभएको थियो अर्थात् ती यबूसी ओर्नानको खलामा दाऊदले तयार पारेको ठाउँमा परमप्रभुको भवन बनाउन शुरु गरे"। मोरियाह पहाड त्यहि पहाड थियो जहाँ अब्राहामले इसहाकलाई परमेश्वरको निम्ति अर्पण गरेका थिए (उत्पत्ति २२)। त्यस पहाडमा अब्राहामले परमेश्वरको मार्ग बलिदानको मार्ग हो भनि बुझे र त्यसअनुसार आफूलाई अर्पण गरे। परमेश्वरले त्यस ठाउँलाई पवित्र पार्नुभयो र १००० वर्ष पछि त्यो ठाउँमा उहाँको घर निर्माण गरिन्छ भनि निर्धारित गर्नुभयो। र आज पनि उहाँले जहाँ अब्राहामको जस्तै आत्मा र विश्वास भएको देख्नुहुन्छ - त्यहि ठाउँमा आफ्नो घर (मण्डली) बनाउनुहुन्छ। मोरियाह पहाडमा, अब्राहामले प्रतिकात्मक रुपमा आदम र हव्वाले परमेश्वरलाई अदनको बगैँचामा जे भनेका थिए, त्यसको ठीक विपरित भने।

अदनमा, आदम र हव्वाले नखानु भनिएको फल खाएर आफ्नो व्यवाहारद्वारा यो देखाएका थिए कि उनिहरुलाई आनन्दित तुल्याउने सृष्टि गरिएको कुरा सृष्टिकर्ता स्वयंभन्दा बढि मुल्यवान् छ। र आज पनि करोडौँ मानिसहरुले परमेश्वरलाई ठ्याक्कै यहि भन्दछन्। "तिनीहरुले परमेश्वरको स त्यतालाई झूटसँग साटे, र सृष्टिकर्ताको सट्टामा, जो साच्चै सदासर्वदा धन्य हुनुहुन्छ, तिनीहरुले सृष्टिको पूजा र सेवा गरे" (रोमी १:२५)। तर मोरियाह पर्वतमा, अब्राहामले ठिक उल्टो भने: कि उनको निम्ति आफ्नो परमेश्वर र सृष्टिकर्ता उनको संसारको सबैभन्दा प्यारो सम्पत्ति (इसाहाक) भन्दा बढि मूल्यवान हुनुहुन्छ। र उनले त्यो साबित गर्नको निम्ति इसाहाकलाई बलिदान पनि गर्न तयार थिए। परमेश्वरले ति सबैलाई आदर गर्नुहुन्छ जो यो बलिदानको आधारमा जिउँछन्। आज पनि यस मार्गलाई पक्रिएकाहरुद्वारा परमेश्वरको साँचो घरको निर्माण हुन्छ।

कलवरीको डाँडामा, येशू संसारको पापको निम्ति मर्नुभएको हो भनन् एकमात्र सत्यता होइन। त्यहाँ, येशूले बलिदानको आधारको झलक पनि दिनुभयो जसद्वारा परमेश्वरले सबै काम गर्नुहुन्छ। कसैले पनि परमेश्वरलाई अरु तरिकाद्वारा सेवा गर्न सक्दैन। कसैले यस संसारमा आनन्दको जिवन जिउन चाहन्छ, र साथै परमेश्वरको मण्डली पनि निर्माण गर्न चाहन्छ भने, उसले केवल आफूलाई धोका दिइरहेको हुन्छ। जसले दुबै तर्फको खुसीको चाह गर्छ, ऊ शैतानद्वारा पर्णरुपले ठगिएको हुन्छ। धेरैले बलिदान बिना परमेश्वरको सेवा गर्ने कोसिस गर्छन्। त्यसैले, उनिहरुको परिश्रमले असफलता माथि असफलताको मुकुट पहिरन्छ।

"ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो" (एफेसी ५:२५)। मण्डली निर्माण गर्नको निम्ति, हामीले मण्डलीलाई त्यसरी नै प्रेम गर्नुपर्छ। हाम्रो पैँसा वा समय दिनु मात्र पर्याप्त हुँदैन। हामीले आफैँलाई - हाम्रो व्यक्तिगत जिवनलाई दिनुपर्छ।

जब परमेश्वरले मानिसको निम्ति आफ्नो प्रेमको बयान गर्न खोज्नुभयो, उहाँले केवल एक सांसारिक उदाहरणसँग आफ्नो प्रेमको तुलना गर्न सक्नुभयो - एउटा नयाँ जन्मेको बालकको निम्ति एक आमाको प्रेमलाई (हेर्नुहोस्, यशैया ४९:१५)। यदि तपाईले एउटी आमालाई अवलोकन गर्नुहुन्छ भने, तपाईले देख्नुहुन्छ कि आफ्नो बच्चाको प्रेममा उनको पूरा बलिदान छ। बिहान सबेरै देखि राति ढिलासम्म र रातभरी नै, आमाले आफ्नो बच्चाको निम्ति बलिदान अनि बलिदान अनि बलिदानमात्र दिएको पाउनुहुन्छ। र उनले त्यसको बदलामा केहि पनि पाउँदिनन्। उनले आफ्नो बच्चाको निम्ति वर्षैपिच्छे हर्षसाथ त्यसको बदलामा केहि कुराको पनि आशा नगरी पिडा र असहजतालाई सहन्छिन्। एउटि आमाले उनको वरिपरि भएकाहरुले आफ्नो बच्चाको निम्ति केहि बलिदान दिएका छन् कि छैनन् भनि हेर्दिनन्। उनले सबैकुरा आफैले बलिदान गर्छिन्। त्यसैगरी, कुनै व्यक्तिले मण्डलीलाई आफ्नै बच्चाको रुपमा हेर्छ भने आफ्नो वरिपरीका कसैले बलिदान दिएका छन् कि छैनन् भनि हेर्दैन।

परमेश्वरले हामीलाई पनि त्यसरी नै प्रेम गर्नुहुन्छ। र उहाँले हामीलाई आफ्नो त्यस स्वभाव दिन चाहनुहुन्छ। तर संसारमा कहिँ पनि यस्तो सङ्गति पाउन असम्भव छ जहाँ इमान्दारपूर्वक यो भन्न सकिन्छ कि उनिहरु सबैले एकअर्कालाई त्यसरी नै प्रेम गर्छन्। धेरै जसो विश्वासीहरुले केवल उनिहरुलाई प्रेम गर्न जान्दछन् जो उनिहरुको कुरामा सहमत हुन्छन् र उनिहरुको झुण्डमा सामेल हुन्छन्। उनिहरुको प्रेम मानविय प्रेम हो र त्यो आमाको बलिदानपूर्ण प्रेमभन्दा धेरै पर छ!!

आमेन्!