द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   भगवानलाई चिन्ने चेलाहरू
WFTW Body: 

१. परमेश्वरले हामीलाई त्यति नै प्रेम गर्नुहुन्छ जति उहाँले येशूलाई गर्नुहुन्थ्यो

"जसरी तपाईले मलाई प्रेम गर्नुभएको छ, उसरी नै तिनीहरुलाई पनि प्रेम गर्नुभएको छ" ( यूहन्ना १७:२३)। यो मैले बाइबलमा पाएको सबैभन्दा महान् सत्यता हो। यसले मलाई एउटा असुरक्षित महसुस गर्ने र निराश विश्वासीबाट परमेश्वरमा पूर्ण रुपमा सुरक्षित महसुस गर्ने र प्रभुको आनन्दले भरिएको विश्वासी बनाएको छ। बाइबलमा परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भनि बताउने धेरै पदहरु छन् तर केवल यो पदले हामीलाई परमेश्वरले कति प्रेम गर्नुहुन्छ भनि बताएको छ - उहाँले ख्रीष्टलाई जति प्रेम गर्नुभएको थियो उति नै हामीलआई पनि गर्नुहुन्छ। हाम्रो स्वर्गीय बुबाले उहाँको सन्तानबिच गर्ने प्रेममा कुनै पक्षपात नगर्नुभएको कारणले, उहाँ हाम्रो लागी, उहाँको छोराहरुको लागी; हरेक कुरा गर्न तयार हुनुहन्छ, जुन उहाँले आफ्नो पहिलो पुत्र, अथवा येशू ख्रीष्टको लागी गर्नुभएको थियो। उहाँले येशूलाई मदत गर्नुभएझै हामीलाई पनि मदत गर्नुहुन्छ। उहाँले हामीलाई उत्तिकै वास्ता गर्नुहुन्छ जति उहाँले येशूको गर्नुहुन्थ्यो। उहाँ हाम्रो दैनिक जिवनको योजना बनाउन उत्तिकै इच्छुक हुनुहुन्छ जति उहाँ येशूको योजनामा हुनुहुन्थ्यो। हाम्रो जिवनमा घट्ने कुनै पनि घटनाले परमेश्वरलाई चकित तुल्याउदैन। उहाँले सबै घटनाहरुको योजना बनाउनुभएको छ। त्यसैले हामीले असुरक्षित महसुस गर्नुपर्दैन। हामीलाई पनि यस संसारमा केहि उदेश्यहरु दिइएको छ जसरी ख्रीष्टलाई दिइएको थियो। यो सबै तपाईको लागी पनि सत्य हो - तर यदि तपाईले विश्वास गर्नुहुन्छ भने मात्र। तर यो वाचा परमेश्वरको वचनलाई विश्वास नगर्नेहरुको लागी होइन।

१. परमेश्वर इमान्दार व्यक्तिहरुसँग प्रसन्न हुनुहुन्छ

"जसरी उहाँ ज्योतमा हुनुहुन्छ, उसरी नै हामी ज्योतिमा हिँड्छौ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ" (१ यूहन्ना १:९)। सर्वप्रथम ज्योतिमा हिँड्नुको अर्थ हामीले परमेश्वरसँग केहि पनि नलुकाउनु हो, अर्थात्, हरेक कुरा जस्तो छ त्यस्तै उहाँको सामु राख्नु हो। परमेश्वर बेइमानहरुको विरोध गर्नुहुन्छ। परमेश्वरले सबैभन्दा बढि कपटीहरुको विरोधमा बोल्नुभयो। परमेश्वरले शुरुमा हामी सिध्द वा पवित्र भएको चाहनुहुन्न तर इमान्दार भएको चाहनुहुन्छ। यो साँचो पवित्रताको पहिलो खुड्किला हो। र यसबाट अरु सबै थोकका धाराहरु बहन्छन्। र यदि हामीहरु सबैले गर्न सक्ने कुरा केहि छ भने, त्यो इमान्दार हुनुपर्ने कुरा हो। त्यसैले, परमेश्वरसँग तुरुन्तै पाप स्विकार गर्नुहोस्। पापपूर्ण विचारलाई "सभ्य" नामहरु नदिनुहोस्। तपाईले कसैलाई व्यभिचारपूर्ण दृष्टिले हेर्नुभएको छ भने "म केवल परमेश्वरको सृष्टिको शौन्दर्यको प्रशंसा गर्दै थिए" भनि नभन्नुहोस्। "रिस" लाई "धार्मिक क्रोध" को नाम नदिनुहोस्। यदि तपाई ईमान्दार हुनुहुन्न् भने तपाई कहिल्यै पनि पापबाट विजयी हुन सक्हुन्न। र कहिल्यै पनि "पाप" लाई "गल्ति" को नाम नदिनुहोस् किनकि ख्रीष्टको रगतले तपाईको सबै पापहरुलाई सफा गर्न सक्नुहुन्छ, तर तपाईको गल्तिहरुलाई सक्नुहुन्न!! उहाँले बेइमान मानिसहरुलाई धुनुहुन्न। यहाँ केवल ईमान्दार मानिसहरुको निम्ति आशा छ। "जसले आफ्ना पापहरु ढाक्छ, त्यो सफल हुँदैन" (हितोपदेश २८:१३)। येशूले किन परमेश्वरको राज्यमा प्रवेश गर्न वेश्या र चोरहरुलाई धार्मिक अगुवाहरुभन्दा पनि बढि सजिलो छ भन्नुभएको होला (मत्ती २१:३१)। किनकि वेश्या र चोरहरु आफू धर्मी छु भनि देखावट गर्दैनन्। धेरै जवान व्यक्तिहरु मण्डलीबाट टाढा जान्छन् किनकि उनिहरुलाई मण्डलीको सदस्यहरुको केहि सङ्घर्ष नै छैन भन्ने छाप पर्दछ। र ति जवान मानिसहरुले सोच्नुहुन्छ कि, "यि पवित्र मानिसहरुले हाम्रो समस्या कहिल्यै बुज्नुहुनेछैन!!" यदि यो हामीमा सत्य छ भने हामी ख्रीष्टजस्तो छैनौँ जसले पापीहरुलाई आफ्नो नजिक ल्याउनुहुन्छ।

२. परमेश्वर हर्षसाथ दिनेहरुसँग प्रसन्न हुनुहुन्छ।

"हर्षसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ" (२ कोरिन्थी ९:७) त्यसैले परमेश्वरले मानिसलाई दुवै मुक्ति पाउनुभन्दा अघि र पछि पनि, र पवित्र आत्माले भरिएपछि पनि पूर्ण स्वतन्त्रता दिनुहुन्छ। यदि हामी ख्रीष्ट जस्तै छौँ भने, हामीले अरुलाई नियन्त्रण गर्न वा दबाब दिने कोसिस गर्दैनौँ। हामी उनिहरुलाई हामीभन्दा भिन्दै हुने, अथवा हाम्रो भन्दा भिन्न विचार हुने र उनिहरुको आफ्नै गतिमा अत्मिक रुपमा बढ्ने स्वतन्त्रता दिन्छौँ। कुनै पनि कुराको बाध्यता शैतानबाटको हो। पवित्र आत्माले मानिसहरुलाई भर्नुहुन्छ, तर शैतानले मानिसहलाई वशमा पार्छ। भिन्नता यो हो: जब पवित्र आत्माले कसैलाई भर्नुहुन्छ, उहाँले त्यो व्यक्तिलाई उसले जे गर्न चाहन्छ, त्यसको स्वतन्त्रता दिनुहुन्छ। तर जब शैतानले मानिसलाई वशमा पार्छ, उसले उनिहरुको स्वतन्त्रतालाई खोस्छ र उनिहरुलाई वशमा राख्छ। पवित्र आत्माको फल संयम हो (गलाती ५:२२,२३)। शैतानको वशले आफूलाई नियन्त्रण गर्ने कुरालाई हटाउँछ। हामीले यो कुरालाई विचार्न खाँचो छ कि हामीले परमेश्वरको लागी गर्ने कुनै पनि काम हर्षसाथ, आनन्दसाथ, स्वतन्त्रतापूर्वक र स्वेच्छापूर्वक गर्दैनौँ भने त्यो काम मृत काम हो। परमेश्वरको लागी गरिएको काम कुनै इनाम वा तलबको लागी गरिन्छ भने त्यो पनि एउटा मृत काम हो। परमेश्वरको लागी अरुको दबाबमा आएर कुनै पैँसा दिइन्छ भने त्यसको कुनै मूल्य नै हुँदैन, जहाँसम्म परमेश्वरको सम्बन्ध छ!! परमेश्वले उहाँको लागी हर्षसाथ गरिएको सानो कुरा दबाबमा गरिएको ठूलो कुरा भन्दा, वा आफ्नो विवेकको खातिर गरिएको कुरा भन्दा बढि मूल्यको हुन्छ।

आमेन्!!