द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   युवा घर मूल सत्य चेलाहरू
WFTW Body: 

१ कोरिन्थी ६:१२ मा प्रेरित पावल तीन किसिमको स्तरहरूका बारेमा कुरा गर्छन्
जसमा मानिसहरू जिउन सक्छन्।

"सबै कुराहरु मेरा निम्ति उचित ता छन्, तर सबै कुरा फाइदा दिने हुँदैनन्"।
अनुचित (वा अधर्मी) स्तर त्यो स्थान हो जहाँ प्रायः अविश्वासीहरू जिउँछन्।
कुनै पनि विश्वासी यस स्तरसम्म कहिल्यै तल झर्नु हुँदैन - तर दुर्भाग्यवस केहि
झर्छन्। यदि तिनीहरू त्यस स्तरमा जिइरहन्छन् भने, तिनीहरूले आफ्नो मुक्ति
गुमाउनेछन्। एक विश्वासीको लागि जिउनुपर्ने न्यूनतम स्तर अर्कै स्तर हो - उचित
(वा धर्मी)। तर त्यहाँ अझै उच्च स्तर छ - फाइदा दिने। १०० चीजहरू मध्ये ७० वटा
चीज अनुचित हुन सक्छ। त्यसैले हामीले तीमध्ये कुनै पनि कुरा गर्नु हुँदैन। तर
हामी बाँकी ३० वटा कुराहरु गर्न सक्छौं जुन उचित हो। तर ती ३० वटा
कुराहरूमध्ये केवल १० आत्मिक रुपमा फाइदा दिने हुन सक्छ। पूरा हृदय सुम्पेका
ख्रीष्टियनले ती १० कार्यहरू मात्र गर्छ।

तर आधा हृदय सुमपेका ख्रीष्टियनहरुले ३० वटा उचित कुराहरु मध्येबाट छनौट
गर्नेछन्। यदि तपाईं सम्पूर्ण हृदयले, परमेश्वरको प्रभावकारी सेवक बन्न
चाहनुहुन्छ भने, तपाईंले उचित कुराहरूबाट फाइदा दिने कुराहरू छान्नुपर्नेछ।

समयको उदाहरणलाई विचार गर्नुहोस्। हामी सबैको लागि दिनमा २४ घण्टा छ। यदि
तपाईं त्यो समय अश्लील चलचित्रहरू हेरेर वा अश्लील किताबहरू पढेर बिताउनुहुन्छ
भने, यो तपाईंको समय बिताउने गर्ने अनुचित तरिका हुनेछ। अर्कोतर्फ, त्यहाँ
धेरै उचित तरिकाहरू छन् जसद्वारा तपाईं आफ्नो दिन बिताउन सक्नुहुन्छ। तीमध्ये
केहि कुराहरू आवश्यक हुन्छन् र हामीले त्यो गर्नुपर्दछ। तर तपाईले पत्रिका
पढेरै धेरै घण्टा खर्च गर्न सक्नुहुन्छ - जुन उचित भएपनि सबै भन्दा फाइदा दिने
तरिका नहुन सक्छ।

यदि तपाईं परमेश्वरको कामलाग्दो सेवक बन्न चाहनुहुन्छ भने, तपाईं अनुशासित
हुनु आवश्यक छ र तपाईको दैनिकि बाट ती अनावश्यक कुराहरू हटाउनुर्छ र
परमेश्वरको कुराहरूमा बढी समय खर्च गर्नुपर्छ। तपाईं धेरै घण्टा इन्टरनेट (असल
साइटहरूमा) हेर्न वा धेरै ख्रीष्टियन टिभी कार्यक्रमहरू हेर्ने छनौट गर्न
सक्नुहुन्छ र बाइबल अध्ययन गर्न धेरै समय नै बाँकि राख्न सक्नुहुन्छ। वा
वैकल्पिक रूपमा, तपाईं इन्टरनेट हेर्दा छोटो समय खर्च गर्न सक्नुहुनेछ (विश्व
समाचार, आदिमा) र बाइबल अध्ययन गर्न अझ धेरै समय राख्न सक्नुहुन्छ। यदि तपाईं
असल टिभी कार्यक्रम हेर्न वा असल इन्टरनेट साइटको हेर्न दुई घण्टा खर्च
गर्नुहुन्छ भने तपाईं पाप गर्दै हुनुहुन्न; तर यो समयको खेर फालिएको हुन सक्छ
जुन अझै फाइदा दिने कुराको रूपमा परमेश्वरको वचनको अध्ययन गर्न वा खाँचोमा
परेका मानिसहरूलाई सहयोग गर्न प्रयोग सकिन्छ।

यसैगरि त्यहाँ पैसा खर्च गर्ने अनुचित तरिकाहरू, उचित तरिकाहरू र फाइदा दिने
तरिकाहरू छन्। पूरा हृदयल सुम्पेका ख्रीष्टियनले आफ्नो समय र पैसालाई फाइदा
दिने तरीकामा प्रयोग गर्दछ। हामीले सही छनौट गर्न सिक्नुपर्दछ।

ईश्वरीय जीवनको रहस्य हामीले गर्ने छनौटहरूमा रहन्छ। हामीले हाम्रो समयमा गर्न
सक्ने सबै उचित कुराहरू मध्ये, हामीले यसलाई बिताउने गर्ने उत्तम तरिका
रोज्नुपर्दछ। सबै उचित तरिकाहरुद्वारा जुन हामी हाम्रो पैसा खर्च गर्न
सक्दछौं, हामीले सबै भन्दा राम्रो तरीका चयन गर्नुपर्छ। त्यस्ता व्यक्तिले
परमेश्वरको लागि गणना गर्नेछ।