WFTW Body: 

पवित्र आत्मा द्वारा अभिषेक भएपछि येशूले सिकाउनुभएको सबैभन्दा पहिलो कुरा यो थियो कि यदि हामीले परमेश्वरले बोल्नुहुने वचनहरु ग्रहण गरेनौं भने हामी बाँच्न सक्दैनौं । यदि हामीले उहाँको सेवा मात्र गर्छौं भने, हामीले परमेश्वरको उद्देश्य पूरा गर्न र उहाँको हृदयलाई सन्तुष्ट पार्न सक्दैनौं । धेरै ख्रीष्टियानहरुले यसो भनेर सन्तुष्टी प्राप्त गर्छन्, "म यो प्रभुको लागि गर्दैछु," "म त्यो प्रभुको लागि गर्दैछु," "मैले अनाथालय चलाइरहेको छु," "मैले बाइबल स्कूल चलाइरहेको छु र मैले मानिसहरुलाई मद्दत गर्दैछु," "मैले खाँचोमा परेका मानिसहरुलाई पैसा दिँदैछु," र "म यहाँ जाँदैछु र त्यो गर्दैछु ।" प्रभुको लागि के गरिरहेको छु भनी तिनीहरु सधैं सोच्दछन् । म यसलाई घृणा गर्दिन । प्रभु नआउन्जेल हामीले उहाँको सेवा गर्नु आवश्यक छ, जसरी १ कोरिन्थी १५ः५८ मा भनिएको छ, "स्थिर, अचल हुँदै प्रभुको काममा सधैं भरिपूर्ण होओ ।" म त्यो मेरो जीवनको अन्त्यसम्म गर्न चाहन्छु, जबसम्म ख्रीष्ट आउनुहुन्न, "सधैं प्रभुको काममा प्रसस्त ।" म प्रभुको सेवा गर्न छोड्न चाहन्न । त्यसैले मैले यसलाई घृणा गरिरहेको छैन ।

म विश्वास गर्छु कि हामीले सेवा गर्नुपर्छ, तर म सेवा भन्दा महत्वपूर्ण कुरा, परमेश्वरको वचन ग्रहण गर्नु हो भन्छु । "मानिस केवल परमेश्वरको सेवा गरेर बाँच्नेछैन, तर परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनद्वारा बाँच्नेछ ।" यी येशूको अभिषेक पछि बोलिएका पहिलो शब्दहरु हुन्, त्यसैले यो धेरै महत्वपूर्ण हुनुपर्छ । येशूले सिकाउनु भएको सबैमध्ये, यहाँ सबैभन्दा पहिलो कुरा थियोः हरेक दिन निरन्तर परमेश्वरको वचन ग्रहण गर्न सिक्नुहोस् । वचनखण्डहरु हरेक दिन तपाईमा जीवित भएर आउनुपर्छ ।

प्रारम्भिक दिनहरुमा, मानिसहरुसँग आजको जस्तो बाइबल थिएन । हामीसँग बाइबल हुनु विशेष अवसर हो । यदि हामीले हरेक दिन परमेश्वरको वचन प्राप्त गर्नु छ भने, हामीले हरेक दिन बाइबल पढ्नुपर्छ । प्रारम्भिक दिनहरुमा, जब तिनीहरु सँग बाइबल थिएन, तिनीहरुले अझै पनि तिनीहरुले प्रेरितहरुबाट सुनेका कुराहरुको सम्झना दिलाएर पवित्र आत्मा प्राप्त गर्न सक्थे । एक ख्रीष्टियान जोसँग बाइबल छैन, जो आफ्नो विश्वासको कारण कैदमा परेको छ, उसले आफ्नो बाइबल अगाडि खुला नभए पनि हरेक दिन परमेश्वरको वचन प्राप्त गर्न सक्छ, किनकि जेलमा नपरेको दिनमा उसले यसलाई पढेको छ । यसैले परमेश्वरको वचन पढ्नु र मनन गर्नु धेरै महत्वपूर्ण छ, किनकि हाम्रो आवश्यकताको घडीमा, परमेश्वरले पवित्र आत्माद्वारा हामीलाई त्यो विशेष वचन दिनुहुनेछ जुन हाम्रो समस्याको समाधान हुनेछ, र त्यो हाम्रो आवश्यकताको जवाफ हुनेछ र हामीले दाबी गर्न सक्ने प्रतिज्ञा ।

यो लूका १०ः३८-४२ मा एउटा कथामा चित्रण गरिएको छ । त्यहाँ हामी मरियम र मार्थाको घरमा येशू प्रवेश गर्ने बारे पढ्छौं । मार्थाले उहाँलाई घरमा स्वागत गरिन्, र उहाँको लागि केही खाना तयार गर्न गइन्, जबकि उनकी बहिनी मरियम येशूको पाउनेर बसेर उहाँको वचन सुनिरहिन् । अब सम्झनुहोस्, यसलाई हामीले पहिले पढेको कुरासँग जोड्नुहोस्, "मानिस खानाले मात्र बाँच्नेछैन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्नेछ ।" यहाँ दुई बिकल्पहरु छन्, खाना र येशूको पाउदानमा बस्ने । के खाना महत्वपूर्ण छ ? हो, यो छ । तर सबैभन्दा महत्वपूर्ण कुरा भनेको परमेश्वरको मुखबाट निस्कने वचन ग्रहण गर्नु हो । यहाँ यी दुई दिदी बहिनीहरुमा यो धेरै स्पष्ट रुपमा चित्रण गरिएको छ ।

मार्था खाना पकाउँदा विचलित भइन् । कसको लागि ? आफ्नो लागि होइन । उनी धेरै नै निस्वार्थी थिइन् । १३ जना भोका मानिसहरु (येशू र उहाँका बाह्र चेलाहरु) को लागि खाना पकाउन कति श्रम लाग्छ, के तपाईंलाई थाहा छ ? उनी भान्साकोठामा परिश्रम गर्दै थिइन्, आफ्नो लागि होइन, तर प्रभुको लागि कडा परिश्रम गरिरहेकी थिइन् । उनी आफ्नो पैसा खर्च गरिरहेकी थिइन्, बजार गएर र प्रभुको लागि खाना तयार गर्न चीजहरु ल्याउँदै । हुनसक्छ तपाईं उनी जस्तै हुनुहुन्छ । सायद तपाईंले समय, पैसा र शक्तिको त्याग गरिरहनु भएको छ प्रभुको लागि यहाँ र त्यहाँ धेरै कुराहरु गर्नलाई । राम्रो । तपाईंले सोच्नुहोला, जसरी मार्थाले सोचकी हुनसक्छ, "ठीक छ, जब मैले यी सबै गरिसक्छु र प्रभुको अगाडि आउँछु, उहाँले भन्नुहुनेछ, 'राम्रो गर्यौ, असल र विश्वासयोग्य सेवक । तिमीले असल काम गर्यौ!'" तर उनीले सुनेकी त्यो थिएन । जब उनी येशूकहाँ आइन्, उनी आफ्नी बहिनी मरियमसँग भित्रभित्रै रिसाएकी थिइन् । जब एक व्यक्ति आफ्नो हृदयमा विश्राममा छैन, यसको मतलब केही गलत छ । उनी विश्राममा थिइनन् । उनी सोचिरहेकी थिइन्, "मरियम किन आएर मलाई मद्दत गर्दिनन् ?" अनि येशूले तिनीलाई हप्काउनुहुन्छ । उहाँ भन्नुहुन्छ, "मार्था, खाना सबैभन्दा महत्वपूर्ण कुरा होइन । मेरो वचन सुन्नु धेरै महत्वपूर्ण छ, र यो मरियमले रोजेकी छिन्, र यो उनीबाट खोसिने छैन" (लूका १०ः४२) । के तपाईंले देख्नुभयो कि येशूले, "मानिस खानाले मात्र बाँच्न सक्दैन" भन्नुको अर्थ के हो ? येशूले मार्थाबाट प्रथमत के चाहनुहुन्थ्यो ? त्यो सबै सेवा ? येशूले तपाईंबाट के चाहनुहुन्छ ? सेवा असल हो । हामी पछि पढ्छौं कि मरियमले येशूको सेवा गरिन् उहाँको खुट्टामा अत्तर खन्याएर, र यसैले हामी जान्दछौं कि सेवा महत्वपूर्ण छ । तर पहिलो, सबैभन्दा महत्वपूर्ण कुरा परमेश्वरको वचन ग्रहण गर्नु थियो । येशूले सिकाउनु भएको कुरा त्यही हो ।

हामीलेसबैभन्दापहिलेयोपाठसिक्नुपर्छ,त्योएउटाकुराआवश्यक । २५ वटा कुरा होइन । लूका १०ः४२ ले हामीलाई हरेकदिनयेशूकोपाउमाबस्न, सधैं त्यो मनोवृत्ति राख्न, र उहाँले हामीलाई व्यक्तिगतरुपमा के भन्नुहुन्छ त्यो ग्रहण गर्न बताउँदछ ।

तपाईंको नयाँ वर्ष धेरै आषिशित रहोस् ।