द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   घर चर्च चेलाहरू
WFTW Body: 

चेलापनको तेस्रो सर्त लूका १४ः३३ मा छः "तिमीहरु मध्ये कोही पनि (अर्को पूर्ण कथन) मेरो चेला हुनसक्दैन जसले आफ्नो सबै सम्पत्ति त्याग्दैन" ।

यसको व्यावहारिक अर्थ के हो ? हामीले बुझ्नुपर्छ । के यसको मतलब हामीले सबै कुरा त्यागेर जंगलमा गएर जोगी वा सन्यासी भएर बस्नुपर्छ ? होइन । "सम्पत्ति" ले ती चीजहरुलाई बुझाउँदछ जसले हामीलाई नियन्त्रणमा राख्दछ । मेरो सम्पत्ति त्यो हो जसले मलाई नियन्त्रणमा राख्दछ । यदि मेरो घर मेरो सम्पत्ति हो भने, म यसमा हावी हुन्छु किनभने यो मेरो हो । यो तपाईं सँग भएको महँगो कार वा धेरै मूल्यवान स्टक र सेयर हुनसक्छ; तपाईंले तिनीहरुलाई स्वामित्वमा राख्नुहुन्छ, र तिनीहरुले तपाईंलाई नियन्त्रणमा राख्दछन्, किनभने तपाईंको मन ती चीजहरुमा धेरै छ । तपाईंको मन तपाईंको घरमा भएको बेकार चीजहरुमा होइन, तर ती धेरै बहुमूल्य चीजहरुमा छ ।

त्यसोभए, यदि हामी उहाँको चेला बन्नु छ भने हामीले "आफ्ना सबै सम्पत्ति त्याग्नुपर्छ" भनी बताउँदा यसको अर्थ के हो ? के मैले मसँग भएका सबै बेच्नुपर्छ ? मर्कुश १० मा येशूकहाँ आएका एक जना जवान मानिस थिए, जसलाई येशूले आफूसँग भएका सबै बेच्न भन्नुभयो, तर येशूले सबैलाई त्यो आज्ञा कहिल्यै दिनुभएन । उदाहरणका लागि, जख्खैले लूका १९ मा येशूलाई भन्यो कि उसले आफ्नो आधा सामान गरिबहरुलाई दिनेछ र जसलाई उसले धोका दिएको छ तिनीहरुलाई फिर्ता गर्नेछ, र येशूले भन्नुभयो कि यो ठीक छ । उहाँले भन्नुभयो , "यस घरमा मुक्ति आएको छ ।" उहाँले जख्खैलाई धनी युवा शासकले जस्तै सबै कुरा त्याग्नुपर्ने माग गर्नुभएन । मरियम, मार्था र लाजरसको घरमा, येशूले तिनीहरुले केही त्याग्नुपर्छ भन्ने कुराको माग पनि गर्नुभएन । त्यसैले उहाँले सबैलाई सबै थोक बेच्नु पर्छ भनी भन्नुभएन ।

पैसाको मोह क्यान्सर जस्तै होः कतिपय अवस्थामा क्यान्सर यति व्यापक हुन्छ कि डाक्टरले भन्छन् कि तपाईं निको हुनसक्ने एक मात्र तरिका सम्पूर्ण अंग काटेर फाल्नु हो । यो कुनै आन्तरिक अंगको क्यान्सर हुनसक्छ, डाक्टर भन्छन्, "अरु कुनै उपाय छैन । तपाईंले पूरै अंग निकाल्नुपर्छ, नत्रता तपाईं मर्नुहुनेछ ।" तर अन्य अवस्थामा क्यान्सर यति धेरै फैलिएको हुँदैन, र तिनीहरुले थोरै मात्र काट्न आवश्यक हुन्छ । पैसाको मोह एक क्यान्सर जस्तै हो । त्यो जवान धनी शासकको मामलामा, यो यति धेरै फैलिएको थियो कि प्रभुले उसलाई भन्नु पर्यो, "तिमीसँग भएका सबै तिमीले बेच्नुपर्छ, र यो तिमीले गरिबहरुलाई दिनु" । तर अरुहरुको मामलामा, जस्तो कि जख्खै, यो कम छ । र मरियम र मार्थामा, यो धेरै कम थियो । त्यसैले उहाँले सबैलाई एउटै आज्ञा दिनुभएन । तपाईंको जीवनमा क्यान्सर कत्तिको फैलिएको छ भन्ने कुरा पैसाको मोहले तपाईंलाई कति समातेको छ मा निर्भर गर्दछ, त्यसले निक्र्योल गर्दछ कि प्रभुले तपाईंलाई वास्तवमा आफ्नो सम्पत्ति त्याग्न र बेच्न कति भन्नुहुन्छ ।

हामीसँग भएको कुरा त्याग्ने कुराको मनोवृत्ति सायद अब्राहाम र इसहाकको कथालाई विचार गर्दा राम्रो सँग बुझिन्छ । अब्राहामले इसहाकलाई आफ्नै समान राखेका थिए । उहाँले उनलाई माया गरे, र उहाँले उनलाई स्वामित्वमा राखे । इसहास उनको हृदयको प्रिय थियो, र उनले आफ्नी पत्नीको भन्दा पनि उनको बढी ख्याल गरे । परमेश्वरले देख्नुभयो कि इसहाक अब्राहामको हृदयमा सानो मूर्ति थियो, कि इसहाक वास्तवमा अब्राहामको देवता थियो । उनले उसलाई औधी माया गरे, र परमेश्वरले उनलाई इसहाकको स्वामित्वको मूर्तिपूजाबाट अलग गर्न चाहनुभयो । त्यसैले उहाँले अब्राहामलाई इसहाकलाई मोरिया डाँडामा लैजान र मार्न भने, र अब्राहामले आज्ञा पालन गरे । परमेश्वरले तिनलाई यसबारे सोच्नको लागि तीन दिन दिनुभयो, त्यसैले तिनले तीन दिनसम्म हिँडेर मोरिया पर्वतमा पुगे, र त्यसपछि तिनले भने, "हो प्रभु, म तपाईंलाई आराधना गर्छु । म तपाईंलाई इसहाक दिनेछु ।" तर जसै उसले इसहाकलाई मार्न चक्कु उठाए, परमेश्वरले उसलाई रोकिन आदेश दिनुभयो, र इसहाकलाई घर लैजान भनी उसलाई भन्नुभयो । त्यसदिन देखि, अब्राहामले इसहाकलाई स्वामित्वमा राखेनन्, तर ऊ उहाँसँग थियो । इसहाक अझैपनि आफ्नै घरमा थिए, र ऊ अझै पनि उहाँको छोरो थियो, तर अब्राहामले उसलाई फेरि कहिल्यै स्वामित्वमा राखेनन्, र यो हाम्रो सम्पत्ति त्याग्नुको अर्थ के हो भन्ने कुराको धेरै सुन्दर तस्वीर हो ।

तपाईंको जीवनको लागि सबैभन्दा मूल्यवान चीजहरु (पृथ्वीका चीजहरु, भौतिक चीजहरु) को बारेमा सोच्नुहोस् । तपाईंले मान्यता दिने चीजहरु के हुन्, जुन तपाईंको लागि धेरै, धेरै, धेरै महत्वपूर्ण छन् ? सायद तपाईंले तिनीहरुको सूची बनाउनु पर्छ । ती तपाईंको सम्पत्तिहरु हुन्, र यदि तपाईं वास्तवमै चेला बन्न चाहनुहुन्छ भने तपाईं धेरै इमानदार हुनुपर्छ । तपाईं आफ्नो सम्पत्ति वास्तवमा के हो भन्ने बारे इमानदार हुनुपर्छ, र त्यसपछि तपाईंले निर्णय गर्नुपर्छ कि तपाईं यी चीजहरुमा हावीको मनोवृत्ति रोक्न इच्छुक हुनुहुन्छ कि हुनुहुन्न ।

जब तपाईंले कुनै चीजलाई बलियो गरी समात्नु हुन्छ तब तपाईंलाई एक नियन्त्रण थाहा हुन्छ । उदाहरणका लागि, यदि मैले मेरो हातमा कलम बलियोसँग समातें भने, मैले त्यसलाई नियन्त्रणमा राखेको छु । यो तपाईंको घर हुनसक्छ, यो तपाईंको बैंक खाता हुनसक्छ, यो तपाईंको स्टक र सेयरहरु हुनसक्छ, यो तपाईंको कार हुनसक्छ, यो तपाईंको सम्पत्ति वा घरजग्गा जस्तै कुनै पनि थोक हुनसक्छ । यो राख्नु भनेको तपाईंले आफ्नो हत्केला खोल्नु हो । यो अझै त्यहीँ छ - तपाईंले यो अरु कसैलाई दिनुभएको छैन - तर अब तपाईं भन्नुहुन्छ, "प्रभु म चिन्छु, यो मेरो होइन । यो तपाईंको हो । तपाईंले मलाई यो दिनु भएको छ, र म एक भण्डारे हुँ । म यसलाई इमानदारीपूर्वक प्रयोग गर्न चाहन्छु, तर म यसको लागि डाही हुने छैन । यसले मलाई नियन्त्रण गर्दैन । मसँग यो छ, र मलाई यो राख्न अनुमति दिनुभएकोमा म तपाईंलाई धन्यवाद दिँदछु ।"

यो हावी हुनु र राख्नु बीचको भिन्नता हो, र येशूले भन्नुहुन्छ कि मैले मेरा सबै सम्पत्ति त्याग्नुपर्छ । मैले अझै पनि धेरै चीजहरु राख्नसक्छु जुन प्रभुले मलाई फिर्ता दिनुहुन्छ र म तिनीहरुलाई प्रयोग गर्न सक्छु, तर मेरो नियन्त्रणमा ती अब छैनन् ।

योचेलापनकोतेस्रोसर्तहोःमैलेयेशूलाईसबैपार्थिवचीजहरुभन्दाबढीमायागर्नुपर्छ