WFTW Body: 

यशैया ५०ः४ मा प्रभु येशूको अगमवाणीको सन्दर्भमा, हामी पढ्छौं, "बिहान बिहान, उहाँले (पिता) मलाई ब्युझाउनुहुन्छ र उहाँको इच्छामा मेरो समझ खोलिदिनुहुन्छ ।" । त्यो येशूको बानी थियो । उहाँले बिहानैदेखि र दिनभरि आफ्नो पिताको आवाज सुन्नुभयो, र उहाँका पिताले उहाँलाई भन्नुभए जस्तै गर्नुभयो । के गर्ने भनेर निर्णय गर्न उहाँले मानिसहरुसँग छलफल गर्नुभएन, तर आफ्नो पितासँग प्रार्थना सभाहरु गर्नुभयो । प्राणमा सिमित ख्रीष्टियानहरु मानिसहरु सँग छलफल गरेर योजना बनाउँछन् । आत्मिक ख्रीष्टियानहरु परमेश्वरबाट सुन्न पर्खन्छन् ।

येशूले आफ्नो जीवनमा प्रार्थनालाई उच्च प्राथमिकता दिनुभयो । उहाँ प्रायः उजाडस्थानमा जानुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो (लुका ५ः१६) । एक पटक उहाँले बाह्र चेलाहरुको छनौटको बारेमा पिताको इच्छा जान्न प्रार्थनामा सारा रात बिताउनुभयो (लुका ५ः१२, १३) । प्राणमा सिमित ख्रीष्टियानले परमेश्वरको प्रतिक्षामा बिताएको समयलाई व्यर्थको समयको रुपमा लिन्छ, र केवल आफ्नो विवेकलाई सहज बनाउन प्रार्थना गर्दछ । प्रार्थना उसको जीवनमा अत्यावश्यक आवश्यकता होइन, किनकि ऊ आफैंमा विश्वस्त छ । आत्मिक मानिस, तथापि, सबै कुराको लागि सधैं परमेश्वरमा निर्भर हुँदछ, र यसैले पूर्ण आवश्यकता बाहिर, प्रार्थनाको लागि प्रचालित हुन्छ ।

येशू उहाँको पिता द्वारा जिउनुभयो (यूहन्ना ६ः५७) । येशूको लागि परमेश्वरको वचन खानाभन्दा महत्वपूर्ण थियो (मत्ती ४ः४) । उहाँले यो सिधै पिताबाट दिनको धेरै पटक लिनु पर्दथ्यो । प्राप्त गरेपछि, उहाँले पालन गर्नुभयो । आज्ञाकारिता पनि उहाँको दैनिक भोजन भन्दा महत्वपूर्ण थियो (यूहन्ना ४ः३४) । येशू, पितामा निर्भर रहनुभयो । दिनभरि उहाँको मनोवृत्ति रहन्थ्यो, "बोल्नुहोस्, पिता, म सुन्दैछु" ।

उहाँले पैसा साट्नेहरुलाई मन्दिरबाट बाहिर खेदेको कुरालाई विचार गर्नुहोस् । पैसा साट्नेहरुसँग येशू रहनुभएको धेरै अवसरहरु हुनसक्छ, जुनबेला उहाँले तिनीहरुलाई खेद्नु भएन । उहाँले त्यसबेला मात्रै त्यो गर्नुभयो जब उहाँको पिताले त्यसो गर्ने अगुवाइ गर्नुभयो । प्राणमा सिमित ख्रीष्टियानहरुले पैसा साट्नेहरुलाई सदा वा कहिल्यै पनि खेद्नेछैनन् । तर परमेश्वर द्वारा डोर्याइएकोले जबकि, कहिले भनेर जान्दछ, कहाँ र कसरी काम गर्ने जान्दछ ।

प्रभु येशूले गर्नसक्ने धेरै असल कुराहरु थिए होलान्, तर त्यो उहाँले कहिल्यै गर्नु भएन, किनकि तिनीहरु उहाँको लागि उहाँका पिताको इच्छाको दायरा बाहिरका थिए । उहाँ एकदमै असल कुराहरु गर्नमा सधैं व्यस्त रहनुहुन्थ्यो । र ती प्रसस्त थिए । उहाँ असल गर्नको लागि यो पृथ्वीमा आउनुभएको थिएन, तर उहाँको पिताको इच्छा पुरा गर्न ।

"के तपाईंलाई थाहा छैन कि म पिताको कुराहरुमा हुनुपर्दछ," उहाँले योसेफ र मरियमलाई बाह्र वर्षको उमेरमा सोध्नुभयो (लुका २ः४९ - वाइएलटी) । केवल ती कुराहरु मात्र थिए जुन उहाँ पुरा गर्न इच्छुक हुनुहुन्थ्यो । जब उहाँ पृथ्वीमा ३३½ वर्षको अन्त्यमा पुग्नुभयो, उहाँले साँचो सन्तुष्टीको साथ भन्न सक्नुभयो, "पिता, तपाईंले मलाई गर्न भन्नुभएको सबै कुरा मैले गरेको छु" (यूहन्ना १७ः४) ।

उहाँले संसारभर भ्रमण गर्नु भएको थिएन, उहाँले कुनै पुस्तक लेख्नुभएको थिएन, उहाँका अनुयायीहरु थोरै थिए, संसारका धेरै भागहरुमा अझै पनि धेरै अपरिचित आवश्यकताहरु थिए, इत्यादि । तर पिताले उहाँको निम्ति नियुक्त गर्नुभएको काम उहाँले पुरा गर्नु भएको थियो । त्यो, र केवल त्यो, अन्ततः महत्वपूर्ण हुन्छ ।

येशू प्रभु यहोवाको सेवक हुनुहुन्थ्यो । र "नोकरको बारेमा सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि उसले उसको मालिकले जे भन्यो त्यही गर्छ" (१ कोरिन्थी ४ः२ - टीएलबी) ।

उहाँले आफ्नो जीवन उहाँको पिताको कुरा सुन्नमा बिताउनुभयो, र यसरी उहाँको सबै इच्छा पुरा गर्नुभयो

, विना थकान वा निराश 'व्यस्तता' । उहाँले आफ्नो मानवीय इच्छालाई मार्नुभयो