जब हामी पहिलो पटक मण्डलीको रुपमा भेला हुन थाल्यौं, हामीलाई विजय थाहा थिएन - या त हाम्रो व्यक्तिगत जीवनमा वा हाम्रो गृह जीवनमा । जब हामीले अन्य विश्वासीहरुलाई हेर्यौं, हामीले तिनीहरु पनि त्यस्तै अवस्थामा भएको पायौं । त्यसैले हामी मदतको लागि तिनीहरु मध्ये कसैतिर फर्कन सकेनौं । त्यसैले हामी उपवास बस्यौं र मण्डलीको रुपमा बारम्बार प्रार्थना गर्यौं र जवाफको लागि परमेश्वरलाई खोज्यौं । हामीले धेरैजसो सार्वजनिक बिदाहरु उपवास र प्रार्थनामा बितायौं । बिस्तारै परमेश्वरले हामीलाई उहाँको वचनबाट नयाँ करारको बारेमा सत्यहरु प्रकट गर्न थाल्नुभयो जुन हामीले पहिले कहिल्यै जानेका थिएनौं । जसै हामीले यी सत्यहरुलाई बुझ्न थाल्यौं, हामी झन् झन् मुक्त हुँदै गयौं - अनि हाम्रो जीवन र हाम्रा घरहरु विस्तारै परिवर्तन भए ।
अनि मैले अरुलाई यी सत्यहरु घोषणा गर्ने जिम्मेवारी महसुस गरें । यो कुरा मलाई स्पष्ट भयो कि परमेश्वरले मलाई बाइबलका ती सत्यहरुलाई जोड दिन बोलाउनु भएको थियो जुन अरु ख्रीष्टियानहरुले प्रचार गरिरहेका थिएनन् । त्यसैले मेरो वरिपरी अरुले के सिकाउँदै थिए मैले ध्यान दिएर सुनें । यसरी मैले मेरो शिक्षण सेवकाईमा जोड दिन बोलाइएको कुरा पत्ता लगाए ।
पूर्ण सुसमाचार
मैले केही प्रचारकहरुले "पूर्ण सुसमाचार" भन्ने अभिव्यक्ति प्रयोग गरेको सुनेको छु । तर जब मैले उनीहरुले सिकाएका कुरालाई पवित्रशास्त्र सँग तुलना गरें, मैले उनीहरुले पूर्ण सुसमाचार कत्तिपनि प्रचार नगरेको फेला पारें । हिब्रू ४ मा पवित्र आत्माले "मिश्रबाट बाहिर आउने" कुरामात्र होइन, "सुसमाचार पद(२)" लाई "कनानमा प्रवेश" भनेर व्याख्या गर्नुहुन्छ । मैले त्यहाँ यो पनि पढें कि परमेश्वरका जनहरु विजयको "शबाथ विश्राम" मा प्रवेश गर्ने थिए (पद ९) । त्यसैले मैले पापहरुको क्षमा सन्देश आधा सुसमाचार मात्र भएको देखेँ । पूर्ण सुसमाचारमा पाप माथि विजय हुनु पनि समावेश थियो (हाम्रो शरीरमा राक्षसहरुलाई मार्ने) । यस्तो जीवन बिस्तारै मेरो लागि वास्तविकता बन्न थालेपछि, मैले पूर्ण सुसमाचार प्रचार गर्न थालें ।
पश्चाताप
धेरै जसो प्रचारकहरुले ख्रीष्टमा विश्वासलाई पापको क्षमाको लागि एक मात्र आवश्यकताको रुपमा प्रचार गरिरहेका थिए । पापबाट पश्चातापको बारेमा विरलै प्रचार भइरहेको थियो । र जहाँ पश्चाताप उल्लेख गरिएको थियो, पापको जरा स्वार्थ, आत्मकेन्द्रितता र आफ्नै मार्ग चाहनु हो भनेर स्पष्ट रुपमा परिभाषित गरिएको थिएन । त्यसैले मानिसहरुलाई थाहा थिएन कि तिनीहरुले के घृणा गर्नुपर्छ र के देखि टाढा रहनु पर्छ । मैले देखें कि मेरो आह्वान पापको जरालाई स्पष्ट रुपमा व्याख्या गर्नु थियो ताकि सबैले थाहा पाउन् कि उनीहरुले के पश्चाताप गर्नुपर्छ ।
चेलापन
धेरैजसो धर्म परिवर्तन भएकाहरुलाई उनीहरुले ख्रीष्टको चेला पनि बन्नुपर्छ भनेर सिकाइएको थिएन । चेला बन्ने तीन सर्तहरु (येशूले राख्नुभएको) व्याख्या गरिएनः येशूलाई सबैभन्दा माथि माया गर्ने (परिवारका सबै सदस्यहरु भन्दा माथि), दैनिक आफ्नो क्रुस उठाउने (आत्ममा मर्ने), र हामी सँग भएका सबै चीजहरु त्याग्ने (भौतिक सम्पत्तिहरुमा मोह नभएको) (लूका १४ः२६-३३) । त्यसैले यो मेरो प्रचारमा एक प्रमुख जोड भयो ।
पवित्रआत्मामा वप्तिस्मा
पवित्र आत्मामा वप्तिस्माको प्रचार गर्ने लगभग हरेक समूहले यसको प्रारम्भिक प्रमाण "अन्यभाषामा बोल्ने" थियो भनेर सिकाएको थियो । तर मैले देखें कि यो सिकाउनेहरु मध्ये धेरैजसो सांसारिक विचारधारा र पैसाको प्रेमी थिए । अर्को चरममा, मैले केही विश्वासीहरुलाई देखें जो अन्यभाषा बोल्ने कुरा शैतानबाटको हो भनेर विश्वस्त थिए ! तर येशूले सिकाउनु भयो कि पवित्र आत्मामा बप्तिस्माको प्रमाण शक्ति हुनेछ - उहाँको साक्षी बन्ने शक्ति (हामीले जीउने तरीकालाई उल्लेख गर्दै) र साक्षी दिने कुरा मात्र होइन (हामीले बोलेका कुराले) (प्रेरित १ः८) । र त्यसैले, मैले त्यो घोषणा गरें । अन्यभाषामा बोल्न उहाँले कसैलाई दिनुभएको आत्माको वरदानहरु मध्येकोे एउटा मात्र थियो । यस मुद्दामा मेरो अडानका कारण, 'पेन्टिकोस्टल' मानिसहरुले मलाई 'भाइहरु' भनेर संज्ञा दिए । र 'भाइहरु' मान्छेहरुले मलाई 'पेन्टिकोस्टल' भनेर संज्ञा दिए ! यी दुबै परकाष्टाबाट समान दूरीमा रहन पाउँदा म एकदमै खुशी थिएँ ।
(जारी रहनेछ ........)