द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   घर चर्च भगवानलाई चिन्ने
WFTW Body: 

ख्रीष्टको शरीरलाई अस्पतालसँग तुलना गर्न सकिन्छ । जब मानिस बिरामी भएर अस्पताल जान्छ, अस्पतालमा उसलाई मद्दत गर्न विभिन्न विभागहरु हुन्छन् । सायद उसलाई इन्जेक्सन, वा फिजियोथेरापी, वा शल्यक्रिया चाहिन्छ । उसले आँखाको डाक्टर वा कानको डाक्टरलाई भेट गर्नुपर्ने हुनसक्छ । त्यसैले अस्पतालमा विभिन्न विभाग छन् । आखाँको डाक्टरले आफ्नो सबै समय मानिसका आँखा हेरेर मात्रै बिताउँछन् अरु केही होइन । मानव शरीरका अन्य अङ्गहरु महत्वहीन छन् भनी उसले महसुस गरेको कारणले होइन, तर उसको विशेषता आँखा हो ।

ख्रीष्टको शरीरमा पनि, प्रत्येक विश्वासीसँग फरक वरदान र बोलावट हुन्छ । प्रत्येक आफैंमा असन्तुलित छ । यस पृथ्वीमा हिड्ने एक मात्र पूर्ण सन्तुलित व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्थ्यो । हामी सबै बाँकी - हामी मध्ये सबैभन्दा राम्रो पनि - असन्तुलित छन् । हामीले अरु दाजुभाई र दिदीबहिनीहरु सँग मिलेर काम गर्दा मात्र हाम्रो सन्तुलन पाउन सक्छौं - प्रभुका अस्पतालको अरु विभागहरुसँग । त्यसैले यो अस्पतालमा व्यक्तिवादको लागि कुनै ठाउँ छैन !

एक राम्रो अस्पतालमा मानिसहरुको विभिन्न आवश्यकताहरु पूरा गर्न धेरै विभागहरु हुनेछन् । त्यसैगरी ख्रीष्टको शरीरमा पनि मानिसहरुलाई मद्दत गर्न विभिन्न प्रकारका सेवकाईहरु र धेरै आत्मिक वरदानहरु छन् । कुनै पनि मण्डली वा समूहसँग आत्माका सबै वरदानहरु छैनन् । तर ख्रीष्टको पूर्ण शरीरमा, तिनीहरु सबै त्यहाँ छन् ।

शरीरमाहाम्रोआफ्नोविशिष्टबोलावटकेहोभनेरहामीलेजान्नुपर्छ

संसार आत्मिक रुपमा बिरामी मानिसहरुले भरिएको छ । र कसैको मामला आशाहीन छैन । सबै प्रभुद्वारा पूर्णरुपमा निको हुन सक्छन् । यो हामीले घोषणा गरेको असल खबरको सुसमाचार हो । सबैभन्दा खराब पापी र सबैभन्दा विकृत व्यक्तिले प्रभुको अस्पतालमा उपचार पाउन सक्छ । एक असल अस्पतालले गम्भीर विरामी व्यक्तिलाई कहिल्यै फर्काउँदैन । निम्नस्तरका अस्पतालहरुले त्यसो गर्छन् किनभने तिनीहरु गम्भीर विरामीहरु उपचार गर्न सुसज्जित हुँदैनन् । त्यसैगरी, एउटा असल मण्डलीले संसारको सबैभन्दा ठूलो पापीलाई पनि उसको अवस्था आशाहीन छ भनेर कहिल्यै बताउँदैन ! राम्रो मण्डलीले सबैभन्दा खराब पापीहरुलाई सबैभन्दा ठूलो सन्तहरुमा परिवर्तन गर्न सक्षम हुनेछ - यदि पापीले दिएको उपचार लिन इच्छुक छ भने ।

हामी मण्डलीलाई मानव शरीरसँग पनि तुलना गर्न सक्छौं । मानव शरीरमा, प्रत्येक अंगको एक काम हुन्छ; र त्यो भाग केवल आफ्नै काम पूरा गर्नमा केन्द्रित हुन्छ । तर यसले विभिन्न कार्यहरु भएका अन्य भागहरुलाई प्रशंसा, आदर र सहयोग गर्दछ । हामीले ख्रीष्टको शरीरमा पनि अन्य सेवकाईहरुसँग मिलेर काम गर्दा यस्तै हुनुपर्छ ।

१ कोरिन्थी १२ मा, पवित्र आत्माले ख्रीष्टको शरीरमा आत्माका वरदानहरु कसरी प्रयोग गरिएको छ भनेर चित्रण गर्न आँखा, कान, हात र खुट्टाको उदारण प्रयोग गर्नुहुन्छ ।

पेटले हातलाई धेरै महत्व दिन्छ, तर हातले गर्ने काम गर्ने प्रयास कहिल्यै गर्दैन । उदाहरणका लागि यसले कहिल्यै प्लेटबाट खाना उठाउने प्रयास गर्दैन । यसले हातलाई त्यसो गर्न अनुमति दिन्छ र हातले उठाएको खाना पचाउने आफ्नो काम गर्छ र आफूभन्दा तल पठाउँछ ! यो हामी ख्रीष्टको शरीरमा एक अर्कालाई कसरी पूरक बनाउँछौं भन्ने कुराको चित्रण हो ।

धेरै विश्वासीहरुले शरीरमा विभिन्न प्रकारका सेवकाईहरुको यो सत्यता देखेका छैनन् । तर यदि तपाईंले यो सत्य देख्नुभएन भने, तपाईंले परमेश्वरले पूरा गर्न चाहनुभएको सबै कुराहरु पूरा गर्न कहिल्यै सक्षम हुनुहुने छैन ।

पुरानो नियमका कुनै पनि अगमवक्ता आफ्नो सेवकाईमा सन्तुलित थिएनन् । कूटनीतिक प्रचारकहरु मात्र "सन्तुलित" हुन खोज्छन् । अगमवक्ताहरु सबै असन्तुलित थिए । तिनीहरुले एउटै कुरालाई बारम्बार जोड दिइरहेका थिए - किनभने तिनीहरुको पुस्तामा इस्राएल वा यहूदाको आवश्यकता थियो - र यो परमेश्वरले तिनीहरुको हृदयमा एक बोझको रुपमा राख्नुभयो ।

परमेश्वरले हामीलाई केको लागि बोलाउनु भएको छ भनी हामी आ-आफ्नो मनमा स्पष्ट हुनु हामी सबैको लागि असल हो ।

प्रभुले हामीलाई हाम्रो हृदयमा दिनुभएको बोझ सामान्यतया उहाँले हाम्रो लागि उहाँको शरीरमा राखिदिनुभएको सेवकाईको सङ्केत हो ।

हामीले प्रभुको सेवा सुरु गर्ने वित्तिकै, हाम्रो वरदान र बोलावट के हो भनेर हामी सबैले थाहा पाउन सक्छौं भनेर मैले भनेको होइन । मेरो सेवकाई के हो भनी स्पष्ट हुनलाई, म नयाँ गरी जन्मिए पश्चातको १५ वर्ष लाग्यो । तपाईंको लागि त्यति धेरै समय नलाग्न सक्छ । धेरै कम लाग्न सक्छ । तपाईंले समयलाई परमेश्वरसँग छोड्नुपर्छ । तर तपाईंले यो स्पष्ट रुपमा बुझ्नुपर्छ कि ख्रीष्टको शरीरमा तपाईंको छुट्टै र अद्वितीय सेवकाई छ जुन अरु कसैले पूरा गर्न सक्दैन । र त्यो सेवकाई कहिल्यै सन्तुलित हुनेछैन । यो असन्तुलित हुनेछ । शरीरमा विभिन्न सेवकाईहरु भएका अरुहरुसँग सहकार्यमा काम गरेर तपाईंले आफ्नो सन्तुलन पत्ता लगाउनु पर्छ । यसरी नै परमेश्वरले हामीलाई नम्र राख्नुहुन्छ - हामीलाई अरुमा निर्भर बनाएर । परमप्रभुलाई प्रशंसा !