WFTW Body: 

बप्तिस्मा दिने यूहन्ना इस्राएल राष्ट्रका अन्तिम अगमवक्ता थिए । मत्ती ३ः२ मा वर्णन गरिएको उनको प्राथमिक सन्देश थियो, "पश्चाताप गर, किनकि स्वर्गको राज्य नजिकै आएको छ ।" उहाँ यी मानिसहरुकहाँ यो सन्देश लिएर आउनुभयो, एउटा धेरै महत्वपूर्ण कारणले ।

पश्चाताप गर्नु भनेको फर्कनु हो । यसको लागि मैले सोच्न सक्ने सबैभन्दा राम्रो उपमा "अबाउट-टर्न" सैन्य कमाण्डबाट हुनसक्छ । जब एक सिपाही अगाडि फर्किरहेको हुन्छ र परेड ग्राउण्डमा सार्जेन्ट मेजरले "अबाउट-टर्न" भन्छन्, तब सिपाहीले तुरुन्तै आफ्नो ढाड आफू फर्केको दिशातिर फर्काउँछ र पहिले आफ्नो ढाड जहाँ थियो त्यही दिशातिर हेर्छ । यसले हामीलाई पश्चाताप शब्दको स्पष्ट तस्वीर दिन्छ - फर्कनु । हामीले हाम्रो दिमागमा फर्कनु पर्छ । अंग्रेजी र धेरैजसो भाषाहरुमा, पश्चाताप शब्द धेरै स्पष्ट रुपमा अनुवाद गरिएको छैन, तर तामिल भाषामा यो धेरै स्पष्ट छ । तामिलमा, पश्चातापलाई "मनम् तिरुम्बधुल" को रुपमा अनुवाद गरिएको छ, जसको अर्थ मनको मोड हो । बप्तिस्मा दिने यूहन्नाले इस्राएल राष्ट्रलाई प्रचार गरिरहेको कुरा दिमागको मोड नै थियो ।

इस्राएल राष्ट्रलाई धेरै पार्थिव कुराहरुको प्रतिज्ञा गरिएको थियो । पुरानो करारभरि, तिनीहरुले परमेश्वरको इश्वरीय स्वभावमा भाग लिनसक्ने, वा स्वर्गमा धन राख्नसक्ने, वा पृथ्वीमा स्वर्गिय जीवनको बारेमा, आदि, कुनै प्रतिज्ञा गरिएको छैन । यो सबै पार्थिव थियो ।

व्यवस्था २८ मा, हामी स्पष्ट रुपमा देख्छौं कि उनीहरुलाई भौतिक सम्पत्ति, भौतिक समृद्धि, शारिरीक स्वास्थ्य, धेरै सन्तानहरु, र उनीहरुको व्यवसाय, बालीनाली र गाईवस्तुमा आशिष दिने वाचा गरिएको थियो । उनीहरुलाई प्रतिज्ञा गरिएको थियो कि उनीहरु धेरै समृद्ध हुनेछन्, उनीहरु कहिल्यै ऋणमा डुब्ने छैनन्, उनीहरुका पार्थिव शत्रुहरु सबै नष्ट हुनेछन्, उनीहरु एक महान राष्ट्र हुनेछन्, र उनीहरुको एउटा भूमि हुनेछ, कनान भूमि, जसलाई इस्राएल भनिन्थ्यो ।

त्यस समयसम्म इस्राएललाई प्रतिज्ञा गरिएका सबै आशिषहरु पार्थिव थिए, र तिनीहरुको मुहार सधैं पृथ्वीका चीजहरुतिर पूर्णरुपमा केन्द्रित थियो । तर बप्तिस्मा दिने यूहन्ना आए र भने, "अब फर्क, यसबाट फर्क । पृथ्वीका कुराहरुतिर हेर्न छोड्नुहोस् र फर्कनुहोस् किनकि अब नयाँ राज्य आउँदैछ । त्यो स्वर्गको राज्य हो, जहाँ सांसारिक आवश्यकताहरु गौण हुन्छन्, शारिरीक स्वास्थ्य पनि गौण हुन्छ । भौतिक समृद्धि महत्वहीन हुन्छ किनकि परमेश्वरले हामीलाई भौतिक आवश्यकताहरु प्रदान गर्नुहुन्छ । फर्कनुहोस्, किनकि अब परमेश्वरले तपाईंलाई आत्मिक धन, अर्थात् स्वर्गीय धन दिनुहुनेछ । परमेश्वरले तपाईंलाई आत्मिक सन्तानहरु दिनुहुनेछ, शारिरीक सन्तान नै हुनुपर्छ भन्ने छैन । तपाईंसँग मुख्यतया पार्थिव भूमि नभएर स्वामित्वको लागि एउटा आत्मिक, स्वर्गीय भूमि हुनेछ ।" उहाँले तिनीहरुलाई फर्कन भन्दै हुनुहुन्थ्यो किनकि स्वर्गको राज्य अझै आएको थिएन, र नजिकै थियो । यो पेन्तिकोसको दिनमा आउनेवाला थियो ।

बप्तिस्मा दिने यूहन्ना येशू ख्रीष्टका अग्रदुत थिए, जसले परेमश्वरले मानिससँग स्थापित गर्नुहुने नयाँ करारको बाटो खोल्न लागेका थिए, जसले सबै राष्ट्रका मानिसहरुलाई परमेश्वरसँगको सम्बन्धमा ल्याउनेछ र उहाँ तिनीहरुका पिताको रुपमा हुनुहुनेछ । मत्ती ४ः१२-१३ मा हामी पढ्छौं कि यूहन्नालाई हेरोदले कैदी बनाएका थिए । जब येशूले यो सुन्नुभयो, उहाँ गालीलबाट निस्कनुभयो र नासरत छोड्नुभयो, जहाँ उहाँ हर्कनुभएको थियो र तीस वर्षसम्म बस्नुभएको थियो, र समुद्रको किनारमा रहेको कफर्नहुमको एउटा घरमा आएर बस्नुभयो । त्यसपछि, त्यस क्षण देखि, येशूले बप्तिस्मा दिने यूहन्नाले प्रचार गरे जस्तै सन्देश प्रचार गर्न थाल्नुभयो । "पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिकै आएको छ" (मत्ती ४ः१७) । यूहन्नाले जसरी रिले दौडको पहिलो चरण दौडेका थिए र येशूलाई लौरो सुम्पेका थिए र उनले त्यही सन्देश लिएका थिए - "पश्चाताप गर", जब येशू स्वर्गमा उक्लनुभयो, हामी पढ्छौं कि प्रेरित पत्रुसले येशूको हातबाट लौरो लिए र त्यही सन्देश प्रचार गरे - "पश्चाताप गर" (प्रेरित २ः३८) । उहाँले पेन्तिकोसको दिनमा मानिसहरुलाई प्रचार गर्नुभयो, "पश्चाताप गर अनि तिमीहरुले पवित्र आत्माको वरदान पाउनेछौ, जुन हामी भित्र परमेश्वरको राज्य हो ।" त्यसपछि, अन्ततः यो आयो ।

जब बप्तिस्मा दिने यूहन्ना र येशूले परमेश्वरको राज्यको बारेमा कुरा गर्नुभयो, उहाँहरुले भन्नुभयो कि यो आउनेछ, वा यो नजिकै छ । येशूले एक पटक भन्नुभयो कि परमेश्वरको राज्य तिमीहरुको बीचमा छ, उहाँले यो तथ्यलाई संकेत गर्दै भन्नुभएको थियो कि, ख्रीष्ट भित्र आफैंमा, परमेश्वरको राज्य पहिले नै उपस्थित थियो । तर उहाँ वरपरका मानिसहरु भित्र यो उपस्थित थिएन । त्यो केवल पेन्तिकोसको दिनमा मात्र हुने थियो, जुनबेला ती १२० चेलाहरुले पवित्र आत्माको लागि पर्खिरहेका थिए । तब परमेश्वरको आत्माले उनीहरुलाई भर्नुभयो र परमेश्वरको राज्य उनीहरु भित्र बास गर्न आयो । त्यही राज्य तिनीहरुले घोषणा गरे - स्वर्गको राज्य (वा परमेश्वरको राज्य) - जहाँ पवित्र आत्मा हामी भित्र बास गर्नुहुन्छ । यो शारिरीक चंगाई र भौतिक समृद्धिको बाह्य राज्य होइन, जस्तो कि दुर्भाग्यवस, आज धेरै ख्रीष्टियान प्रचारकहरुले प्रचार गरिरहेका छन् । स्पष्टरुपमा भन्नुपर्दा, त्यो छल हो, र परमेश्वरको राज्य होइन ।

तर यो वास्तवमा के हो ? रोमी १४ः१७ मा भनिएको छ, परमेश्वरको राज्य खानु र पिउनु होइन । यो समृद्धि वा चंगाई जस्तो पार्थिव कुरा होइन - यो कुनै पार्थिव आशिर्वाद हुँदै होइन ।

रोमी १४ः१७ अनुसार, परमेश्वरको राज्य पवित्र आत्मामा धार्मिकता, आनन्द र शान्ति होः

धार्मिकताः हामीले ख्रीष्टलाई हाम्रो मुक्तिदाता र प्रभुको रुपमा ग्रहण गर्दा पहिले हामीलाई परमेश्वरको धार्मिकता दिइयो, र त्यसपछि पवित्र आत्माद्वारा हामीलाई भित्रबाट दिइयो, जहाँ परमेश्वरको धार्मिकता हाम्रो जीवनमा प्रकट हुन्छ ।

आनन्दः एउटा भित्री आनन्द जसले हामीलाई पवित्र आत्मामा नैराश्यता र उदासीपनबाट पूर्णरुपमा मुक्त गर्छ ।

शान्तिः मुख्यतया पवित्र आत्माद्वारा दिइएको आन्तरिक शान्ति, चिन्ता, डर, तनाव, निराशा, उदासीनता, खराब अनुभव आदिबाट मुक्ति र सबै मानिसहरु सँगको बाहिरी शान्ति, जहाँ हामी मानिसहरु वा कुनै पनि कुरासँग लड्न अस्वीकार गर्छौं ।

त्यसैले यो परमेश्वरको राज्य हो । यो भित्री कुरा हो । परमेश्वरकोराज्यहामीभित्रयोपवित्रआत्मामार्फतख्रीष्टकोजीवनभित्रबाटकोहो यो स्वर्गको जीवन हो, यही पृथ्वीमा, हाम्रो हृदय भित्र ।

अगाडि हेर्दै जाँदा, बप्तिस्मा दिने यूहन्नाको शब्दहरुलाई ध्यान दिऔंः "पृथ्वीका कुराहरुतिर हेर्न छोड्नुहोस् र फर्कनुहोस् किनकि अब एउटा नयाँ राज्य आउँदैछ, जहाँ संसारिक आवश्यकताहरु गौण हुन्छन्, शारिरीक स्वास्थ्य पनि गौण हुन्छ । भौतिक समृद्धि महत्वहीन हुन्छ किनकि परमेश्वरले हामीलाई भौतिक आवश्यकताहरु प्रदान गर्नुहुन्छ । फर्कनुहोस् - यस संसारतिर हेर्नबाट पश्चाताप गर्नुहोस् - किनकि अब परमेश्वरले तपाईंलाई आत्मिक सम्पत्ति दिनुहुनेछ ।"

आउनहोस् हामी स्वर्गको राज्यमा प्रवेश गरौं ।