WFTW Body: 

अय्यूबको कथाबाट, हामी यो देख्न सक्छौ कि परमेश्वरले कसरी उनलाई उनको सम्पति, छोराछोरीहरु, र उनको स्वस्थ्य गुमाउन दिएर पुरै तलसम्म खस्न दिनुभयो। एक अर्थमा उनले आफ्नो पत्निलाई (जसले उनलाई बारम्बार कराईरहन्थी) र आफ्नो तिन असल साथीहरुलाई (जसले उनलाई गलत सम्झे र उनको आलोचना गरे) समेत गुमाउनु पर्यो। उनको साथीहरु स्व-धर्मी प्रचारकहरु बन्न पुगे जो "उनि कठिन अवस्थामा हुँदा उनलाई आलोचना गर्न" खुसी भए। जबसम्म परमेश्वरले उहाँको कृपाद्वारा उनिहरुको आलोचनाको अन्त्य गर्नुभएन, उनिहरुले अय्यूबको "आलोचना" गरिरहे। यि सबै दबाबहरुको बिचमा अय्यूबले आफूलाई बारम्बार धर्मी ठहराए। जब प्रभु अन्त्यमा उनिसँग बोल्नुभयो, अय्यूबले आफ्नो स्व-धार्मीकतामा भ्रष्टता देखे, र उनले पश्चाताप गरे। उनि धर्मी व्यक्ति थिए। त्यो असल थियो। तर उनि आफू धर्मी भएको कुरामा घमण्डी भए, जुन खराब कुरा थियो। तर जब परमेश्वरले उनिसँग व्यवहार गर्नुभयो, उनि एक टुटेको व्यक्ति बने। त्यस समय देखि, उनले केवल परमेश्वरलाई महिमा दिए। त्यसैले अय्यूबको लागी परमेश्वरको उदेश्य पुरा भयो।

अय्यूब टुटेपछि उनले परमेश्वरलाई भनेको कुरालाई विचार गर्नुहोस्, "मैले तपाईको विषयमा कानले सुनेको थिएँ, तर अहिले मेरो आँखाले तपाईलाई देख्दैछ" (अय्यूब ४२:५)। उनले परमेश्वरको चेहरा देखै र उनको जिवन बाँच्यो। र त्यसको प्रतिफल के थियो? उनले धूलो र खरानीमा बसेर पश्चाताप गरे (पद ६)। ति चार प्रचारकले त्यत्रो समयमा प्रचार गरेर जुन कुरा प्राप्त गर्न सकेका थिएनन्, परमेश्वरले एक क्षणमा आफ्नो दयाको प्रकाशद्वारा अय्यूबमा त्यो कुरा पूरा गर्नुभयो। परमेश्वरको दयाले गर्दा नै अय्युब तोडिए र पश्चाताप तिर डोर्याइए।

हामीले विभिन्न सवाहरुमा प्रचारकहरुद्वारा परमेश्वरको बारेमा सुन्छौँ। तर हामीलाई परमेश्वरसँग आमने-सामने भेट हुन जरुरी छ, जहाँ हामीले हामीप्रति उहाँको दयालाई देख्छौ र त्यसको कारणले टुट्छौँ। पत्रुसलाई पनि त्यहि नै भएको थियो। तपाईलाई याद छ, पत्रुसले प्रभुलाई इन्कार गरेपछि र भाले दुई पल्ट बाँस्ने बित्तिकै के भयो? उनले प्रभुको चेहरा देखे। पत्रुसले पनि आफ्नो पनिएल पाए! हामी यो पढ्छौँ कि "प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो" (लूका २२:६१)। र त्यसको प्रतिफल के थियो: "पत्रुस बाहिर गए, र धुरु-धरु रोए" (पद ६२)। येशूको त्यस दयापूर्ण र क्षमाशील हेराईले त्यस कठोर मछुवाको हृदयलाई तोड्यो। पुरानो करारमनि, परमेश्वरले इस्राएललाई स्वस्थ्य, धन र अन्य थुप्रै भौतिक आशिषहरुको प्रतिज्ञा गर्नुभएको थियो। तर ति सबैमा एउटा आशिष सबैभन्दा ठूलो थियो - जुन गन्ती ६:२२ देखि २६ मा बताइएको छ। त्यहाँ हामी हारुनलाई मानिसहरुलाई यसरी आशिष देऊ भनि आज्ञा गरिएको पढ्छौः "परमप्रभुले तिमीलाई आशिष दिऊन्, र तिमीलाई रक्षा गरुन्; परमप्रभुले आफ्नो चेहरा तिमीमाथि चम्काऊन्, र तिमीप्रति अनुग्रही होऊन्; परमप्रभुले आफ्नो चेहरा तिमीमाथि लगाइदिऊन्, र तिमीलाई शान्ति दिऊन्!"

के यो दुःख लाग्दो कुरा होइन कि आज धेरै विश्वासीहरु सबैभन्दा ठूलो आशिष - जहाँ उनिहरुले परमेश्वरलाई आमने-सामने सेख्न सक्छन्, जसले उनिहरुको जिवन पृर्ण रुपमा बदल्न सक्नुहुन्छ, त्यसको सट्टामा स्वस्थ्य र धन (जसलाई अविश्वासीहरुले पनि बिना प्रार्थना प्राप्त गर्छन्) र भावनात्मक अनुभवहरु (जुसमा धेरै नक्कली हुन्छन्) जस्ता निम्न आशिषहरु खोज्दछन्? यद्धपी हामी कहिल्यै धनि नहोऔँला, वा कहिल्यै चङ्गाई नपाऔँला, हामीले परमेश्वरको चेहरा देख्यौँ भने, त्यसले हाम्रो सबै आवश्यकताहरु पूरा गर्दछ।

जब अय्यूबले परमेश्वरलाई भेटे, उनको पूरा शरिरमा खटेराहरु थिए, तर उनले परमेश्वरलाई चङ्गाईको माग गरेनन्। उनले भने, "मैले परमेश्वरको चेहरा देखेको छु र त्यो मेरो लागी पर्याप्त छ।" ति तिन प्रचारक जसले आफूसँग "ज्ञान" र "परमेश्वरको वचन" छ भनि ढोङ्ग गरेका थिए, अय्युबलाई यो बताएका थिए कि उनको कुनै गुप्त पापले गर्दा उनले यो सजाय पाईरहेका छन्। आज पनि त्यहाँ यस्ता अभिषिक्त प्रचारकहरु छन् जसले "परमेश्वर यस्तो भन्नुहुन्छ" भन्ने झुटो सन्देशको प्रचार गर्दछन्, जसले परमेश्वरका जनहरुलाई निन्दामा ल्याउँछन्। तर परमेश्वरले अय्यूबलाई ति तिन प्रचारकले जस्तो न्यायको धम्की दिनुभएन।

परमेश्वरले अय्यूबलाई उनको असफलता को बारेमा बताउनुभएन, न ता उनले (परमेश्वरको विरोधमा) गरेको गुनासोहरुको सम्झना गराउनुभयो। परमेश्वरले अय्यूबलाई केवल आफ्नो दया प्रकट गर्नुभयो - उहाँको दयाले मानिसको आनन्दको निम्ति यस सुन्दर भ्रमाण्ड सृष्टि गर्नुभयो र जनावरहरुमा मानिसहरुप्रति समर्पणता हालिदिनुभयो। परमेश्वरको त्यस दयाको प्रकाशले अय्यूबलाई पश्चातापतर्फ डोर्यायो। धेरैले परमेश्वरको दयाको गलत फाइदा उठाउछन् र त्यसको दुरुपयोग गर्छन्। तर अय्यूबलाई त्यसले पश्चातापतर्फ डोर्यायो। र तब प्रभुले अय्यूबलाई शुरुमा उनिसँग जति थियो त्योभन्दा दोब्बर दिएर आशिषित गर्नुभयो।

परमेश्वरले हामीलाई टुट्न दिनुको अन्तिम उदेश्य हामीलाई प्रशस्त रुपमा आशिषित पार्नु हो, हामीले याकूब ५:११ मा यो कुरा पढ्न सक्छौ। अय्यूबको लागी परमेश्वरको मनमा भएको उदेश्य उनको स्व-धार्मिकतालाई र उनको घमण्डलाई नष्ट गर्नुथियो र उनलाई एउटा टुटेको व्यक्ति बनाउनु थियो, ताकि प्रभुले उनलाई आफ्नो चेहरा देखाउनुभएको होस् र उनलाई प्रशस्त रुपमा आशिष दिनुभएको होस्। यदि हामीले परमेश्वरले हामीलाई दिनुभएको भौतिक र शारिरिक आशिषहरुमा उहाँको चेहरा देख्दैनौँ भने त्यसले पनि हामीलाई उहाँदेखि टाढा लगेर हामीलाई बिगार्न सक्छ। आज कति धेरै विश्वासीहरु छन्, जो भौतिक सम्पन्नताको कारणले परमेश्वरदेखि टाढा भएका छन्।

परमेश्वरको चेहराको एक झलकले हामीलाई यस संसारले दिन सक्ने हरेक कुराको चाहना गर्नदेखि छुटाउन सक्छ।

आमेन!!