WFTW Body: 

"अनि मैले तिनीहरुको बीचमा एउटा यस्तो मानिसहलाई खोजे, जसले बाटो बनाउँछ, र मैले देशलाई नाश नगरुँ भनेर त्यस देशका निम्ति मेरो सामु धाँदोमा खडा हुन्छ; तर मैले एउटै पनि पाइनँ।" (इजकिएल २२:३०)। हामीले संसारमा इस्राएल र मण्डलीको इतिहासमा, कुनै पनि विशेष कुरा पुरा गर्नको निम्ति परमेश्वरले केवल एक व्यक्तिलाई प्रयोग गर्नुभएको देख्न सक्छौँ। तर मुख्य कुरा त्यो व्यक्ति सधैँ परमेश्वरसँग हुनुपर्दथ्यो।

नूह: जब नूहको समयमा, सारा संसार नै परमेश्वरको विरोधमा दुष्टतामा डुबेको थियो, संसारमा परमेश्वरको डर मान्ने आठ व्यक्ति भए पनि, परमेश्वरको उदेश्यको पूरा हुवाई केवल एक व्यक्तिको विश्वासयोग्यतामा निर्भर थियो। त्यो व्यक्ति नूह थिए। त्यस समयमा केवल नूहले परमेश्वरको दृष्टिमा अनुग्रह पाए (उत्पत्ति ६:८)। यदि त्यो एक व्यक्ति परमेश्वरसँग अविश्वासयोग्य भएको भए, पुरै मानव जाति नै समाप्त हुनेथ्यो, र आज हामी मध्ये कोहि पनि जिवित हुने थिएनौँ!! हामीले साँच्चै परमेश्वरलाई धन्यवाद दिन सक्छौँ कि नूह विश्वासयोग्य रहे।

मोशा: जब इस्राएलीहरु मिश्रमा थिए, परमेश्वरले उनिहरुलाई तबसम्म बन्धनबाट मुक्त गर्न सक्नुभएन जबसम्म उहाँले आफ्नो प्रतिनिधित्व गर्ने व्यक्ति भेट्टाउनुभएन। र परमेश्वरले त्यो व्यक्ति तयार नभएसम्म प्रतिक्षा गर्नुपर्यो। एकपल्ट जब मोशा इस्राएलीहरुबाट केवल ४० दिनसम्म टाढा थिए, सबै बिस लाख मानिसहरुले बाटो बिराए (प्रस्थान ३२)। परमेश्वरको जन केहि समय त्यहाँबाट अलग हुँदा, पूरै देशलाई साँचो परमेश्वरबाट बाटो बिराएर मूर्तिपूजा गर्नलाई केवल केहि दिन मात्र लाग्यो।

यहोशू : हामीले यो पढ्छौँ कि " यहोशूको जिवनभरि र ती बूढा प्रधानहरुको जीवनभरि चाहिँ, जो यहोशूभन्दा बेसी बाँचे, र जसले परमप्रभुको उहाँका सबै महान् कामहरु देखेका थिए, मानिसहरुले परमप्रभुको सेवा गरे।" (न्यायकर्ता २:७)। इस्राएलीहरुप्रति यहोशूको प्रभाव यत्ति थियो कि उनको जीवनभरी र उनको सङ्गी कामदारहरुको जीवनभरी उनिहरुले मूर्तिपूजा गर्ने हिम्मत गरेनन्। तर जब यहोशू मरे, इस्राएल नराम्रो तरिकाले पछि हट्यो। परमेश्वरको एक जनको प्रभावकारिता यस्तो हुन्छ।

एलिया: एलियाको सम्बन्धमा बाइबलले बताउँछ, कि " धर्मी जनको प्रभावकारी प्रार्थनाले धेरै कुरा प्राप्त हुन्छ।" (याकूब ५:१५-१७)। केवल एउटा मान्छेले, पूरै देशलाई परमेश्वरतर्फ फिरायो र दुष्टका सेनाहरु र बालका सबै भविष्यवक्ताहरुलाई मारे।

एलीशा: एलिशाको समयमा भविष्यवक्ताहरुका "पचास शिष्यहरु" (बाइबल स्कुलका विध्यार्थीहरु) थिए जसले एक दिन इस्राएलको भविष्यवक्ता बन्ने आशा राखेका थिए। तर परमेश्वरको आत्मा ती सबैलाई छोडेर एलीशामा आउनुभयो, जो "भविष्यबक्ताका शिष्य" थिएनन्।" (२ राजा २:७-१५)। एलीशालाई इस्राएलमा केवल एक दासको रुपमा चिनिन्थ्यो - " जसले एलियाको हातमा पानि खन्याइदिने गर्थे" (२ राजा ३:११)।

दानियल: जब परमेश्वरले इस्राएलीहरुलाई बाबेलबाट छुटाएर यरुशलेममा ल्याउन चाहनुभयो, उहाँलाई एक व्यक्तिको खाँचो थियो। उहाँले दानियललाई भेट्टाउनुभयो। दानियल आफ्नो युवा अवस्थादेखि नै विश्वासयोग्य थिए र हरेक परिक्षालाई सफलतापूर्वक पार गरेका थिए। बाबेलमा एउटा जवान किशोर हुँदा नै, उनि प्रभुको निम्ति बलियो रुपमा खडा भएका थिए। "उनले आफ्नो हृदयमा आफूलाई अशुध्द नपर्ने अठोट गरेका थिएँ" (दानिएल १:८) - सबै जवानहरुले कण्ठ गर्नुपर्ने यो एक असल पद हो। जबकी अरु जवान यहूदीहरु राजाको डरले उनको टेवलमा पस्केको खाना (जुन खाना परमेश्वरले लेवीको पुस्तकमा खानलाई मनाहि गर्नुभएको थियो) सजिलैसँग खाए, केवल दानियलले त्यसलाई खान मनाहि गरे। त्यस दिन त्यो टेवलमा अरु तिन जवानहरु थिए, जसले दानियल परमेश्वरको आज्ञामा खडा भएको देखे, र उनिसँग सहमत भए। दानियल र ति तिन मानिसहरु बाबेलमा परमेश्वरको निम्ति शक्तिशाली रुपमा प्रभावकारी बनें।

पावल: पावलले अरु मण्डलीमा भन्दा बढि समय एफेससमा बिताएँ। हरेक दिन, तिन वर्षको निम्ति, उनले त्यहाँ परमेश्वरको वचनले चेतावनी दिएँ (प्रेरित २०:३१)। यो मण्डली अरुभन्दा बढि सुविधाप्राप्त मण्डली थियो। पावलको पत्रमा भएको उच्च तवरको शिक्षाले हामी यो जान्न सक्छौँ कि यो मण्डली आत्मिक सोच भएको मण्डली थियो। त्यसैले, यदि कुने मण्डलीमा धेरै मान्छेहरु नयाँ वाचाको जिवनमा पसेको हुनुपर्थ्यो भनें, त्यो एफेससको मण्डली थियो। तर दु:खको कुरा, त्यस्तो भएन। त्यहाँको प्राचिनहरुमा पनि त्यसतो जिवन थिएन। पावलले त्यहाँबाट निस्कनु अघि ति प्राचिनहरुलाई भनेका थिए, "किनभने मलाई यो थाहा छ, म गएपछि तपाईहरुको बीचमा क्रूर ब्वाँसाहरु भित्र पस्नेछन्, जसले बगाललाई छोड्नेछैनन्। तपाईहरुकै बीचबाट पनि चेलाहरुलाई आफ्नो पछि खिँच्नालाई टेढामेडा कुरा गर्ने मानिसहरु उठ्नेछन्।" (प्रेरित २०:२९,३०)। पावल स्वयं त्यस मण्डलीमा हुँदा, कुनै ब्वाँसाहरु प्रवेश गर्न सकेनन्, किनकि पावल भेडाहरुको हेरचाह गर्ने गोठालो थिए र परमेश्वरको घरको कठोर ढोके थिए।

परमेश्वरलाई हरेक पुस्तामा आफ्नो नामको शुध्द गवाहि चाहिन्छ। र हाम्रो पुस्तामा पनि उहाँले हामीलाई बिना गवाहि छोड्नुहुनेछैन। के तपाई यस पुस्ताको निम्ति परमेश्वरको गवाहि दिन पूर्ण तवरले उपलब्ध हुन चाहनुहुन्छ?

आमेन्!