WFTW Body: 

नम्रता

हामी एफेसी ४:१,२ मा पढ्छौँ, "यसकारण म, प्रभुको कैदी, तिमीहरुलाई विन्ती गर्दछु: जुन बोलावटले तिमीहरु बोलाइएका छौ, त्यसैको योग्य चालमा हिँड। सबै दीनता र नम्रतासाथ। सहनशीलतासित प्रेमले एकअर्कालाई सह।" म प्राय बताउँछु कि विश्वासी जिवनको तिन रहस्यहरु: नम्रता, नम्रता र नम्रता हुन्। येशू स्वयंले मत्ती ११:२९ मा भन्नुभएको छ, "मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र हृदयमा दीन छु; अनि तिमीहरुले आ-आफ्नो मनमा विश्राम पाउनेछौ।" उहाँले हामीलाई केवल दुइवटा कुरा सिक्न भन्नुभएको छ, नम्रता र दीनता। किन? किनभने आदमको सन्तान भएकोले, हामी घमण्डी र कठोर छौँ। यदि तपाई पृथ्वीमा स्वर्गीय जिवनलाई देखाउन चाहनुहुन्छ भने, यो कुनै प्रचारद्वारा, बाइबलको सिकाईद्वारा वा कुनै सामाजिक कामद्वारा हुन सक्दैन। यो सबैभन्दा पहिला नम्रता र दीनताको मनोवृत्तिद्वारा देखिन्छ। परमेश्वर नम्रता, दीनता र संयमलाई हेर्नुहुन्छ। एफेसी ४:२ मा लेखिएको छ, "सबै दीनता र नम्रतासाथ, सहनशीलतासित प्रेमले एक-अर्कालाई सह।" कुनै पनि मण्डलीमा कोहि पनि सिध्द छैन। सबैले गल्ति गर्छन्। त्यसैले हामीले मण्डलीमा एक-अर्काको गल्तिलाई क्षमा गर्नुपर्छ। हामीले एक - अर्काको गल्तीलाई ढाक्नुपर्छ किनकि हामी एक - अर्कालाई प्रेम गर्छौँ। "यदि तपाईले कुनै गल्ती गर्नुहुन्छ भनें म त्यसलाई ढाक्नेछु। यदि तपाईले कुनै कामलाई पुरा गर्नुभएको छैन भने, म त्यसलाई गर्नेछु।" ख्रिष्टको शरिरले यसरी काम गर्नुपर्छ।

एकता: हामी एफेसी ४:३ मा पढ्छौँ "मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर।" पावलको पत्रहरुमा एकता ठूलो विषय हो। र यो प्रभुले उहाँको मण्डलीमा दिनुभएको ठूलो बोझ पनि हो। जब मानव शरीर मर्छ, त्यो जलाईन वा गाँड्न दिइन्छ। हाम्रो शरीर धूलोबाट बनेको छ, यसमा थोरै धूलोहरु टाँसिएको हुन्छ किनकि यस शरिरमा जिवन छ। जिवन सकिएको क्षणमा नै, त्यसको अन्तिम रिति हुन थालछ, र केहि समय पछि, हामीलाई यो थाहा हुन्छ कि पुरै शरिर धूलो बनिसकेको हुन्छ। विश्वासीहरुमा पनि यो कुरा लागु हुन्छ। जब मण्डलीका विश्वासीहरु अलग हुन थाल्छन्, हामी यो कुरामा पक्का हुन थाल्छौ कि मृत्यु आईसकेको छ। जब पति र पत्नि छुट्टिन्छन्, उनिहरुले छोडपत्र नगरेपनि हामीलाई यो थाहा हुन्छ कि मृत्यु पसिसकेको छ। गलतफहमी, झगडा र तनाव, आदिले गर्दा विवाहकै दिनदेखी विभाजन पनि सुरु हुन सक्छ। त्यो मण्डलीमा पनि हुन सक्छ। प्राय जसो मण्डली केहि जोसिला भाईहरु सँगै मिलेर सुरु हुन्छ जुसमा प्रभुको निम्ति शुध्द कामको गर्ने जोस हुन्छ। तर धेरै छिटो त्यहाँ विभाजन आउँछ र मृत्यु पस्छ। हामीलाई पवित्र आत्माको एकतालाई जोगाउँनको निम्ति निरन्तर युध्द लड्नुपर्ने हुन्छ - दुबै विवाह र मण्डलीमा।

परमेश्वरले पवित्र व्यक्तित्वको झुण्ड बनाउँदै हुनुहुन्न। उहाँले शरीरलाई बनाउँदै हुनुहुन्छ। पावलले एफेसी ४:१-३ मा यहि कुरा बताइरहनुभएको छ। उनले हामीलाई "पवित्र आत्माको एकतालाई जोगाउने" आग्रह गर्नुहुन्छ, किनकि "त्यहाँ एउटा शरीर" छ। हामीले स्थानिय शरीरमा एकता छ भनि कसरी भन्न सक्छौँ? "आत्माको एकताद्वारा" (एफेसी ४:३)। "आत्मामा मन लगाउनु शान्ति हो" (रोमी ८:६)।

आमेन।