WFTW Body: 

गत हप्ता, हामीले महान् आज्ञालाई पूर्ण रुपमा पूरा गर्नुको अर्थ के हो भनेर विचार गर्न थाल्यौंः पहुँच नपुगेका मानिसहरुलाईमा पुग्नलाई मात्र होइन, तर येशूले आज्ञा गर्नुभएका सबै कुराहरु होसियारीपूर्वक पालनगर्न चेलाहरु बनाउनु हो ।

हामीले देख्यौं कि जब येशूले मानिसहरुको ठूलो भीड आफूसँगै आउँदै गरेको देख्नुभयो, उहाँ पछाडि फर्कनुभयो र उहाँले कसैलाई बोल्नुभएको सबैभन्दा कठिन शब्दहरु भन्नुभयो ।

धेरैजसो प्रचारकहरु र पाष्टरहरु, यदि उनीहरुले ठूलो भीडलाई सुन्न आउँदै गरेको देख्छन् भने, त्यस्ता शब्दहरु बोल्ने सपना कहिल्यै देख्दैनन्, र यसले हामीलाई देखाउँछ कि येशू कसरी फरक हुनुहुन्थ्यो । उहाँलाई संख्यामा चासो थिएन । संख्यामा चासोे नदेखाउने आज धेरै थोरै ख्रीष्टियान प्रचारहरु छन् । तर हामीले लुका १४ को अन्त्यमा के देख्छौं भने येशूले गुणस्तरमा जोड दिनुभएको हो ।

उहाँ चेलाहरु चाहनुहुन्थ्यो, र त्यसैले उहाँ पछाडि फर्कनुहुन्छ र तिनीहरुलाई भन्नुहुन्छ, "यदि तिमीहरु मध्ये कोही म कहाँ आयो र उसले आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ र दिदीबहिनीहरु र आफ्नै जीवनलाई पनि घृणा गरेनभने, ऊ मेरो चेला हुनसक्दैन" । यो होइन कि तपाईं दोस्रोस्तरको चेला हुन सक्नुहुन्छ, तपाईं चेला हुन सक्नुहुन्न, समाप्ति ।

यहाँ हामीले चेलापनको पहिलो सर्त देख्छौं । बाइबलले बताउँछ कि हामीले हाम्रा बुबा र आमालाई आदर गर्नुपर्छ । त्यसोभए येशूले भन्न खोज्नुभएको के थियो जब उहाँले भन्नुभयो हामीले "घृणा" गर्नुपर्छ ? यो सापेक्ष भनाइ हो ।

येशूले कहिलेकाहीं केही कडा भाषा प्रयोग गर्नुभयो, उदाहरणका लागिः "यदि तिम्रो दाहिने आँखाले पाप गर्न लगाउँछ भने, त्यसलाई निकालिदेऊ ।" "यदि तिम्रो दाहिने हातले पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ ।" "धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा ऊँटलाई सियोको आँखाबाट छिर्न सजिलो छ ।" "यदि तिमीले मेरो मासु र रगत खाएनौ भने, तिमी सँग अनन्त जीवन छैन" । उहाँले धेरै कडा शब्दहरु बोल्नुभयो । तर उहाँले बोलेका शब्दहरु आत्मा र जीवन थिए । त्यसैले उहाँले वास्तवमा यहाँ के भन्न खोज्नुभएको थियो भने, उहाँ प्रतिको हाम्रो प्रेमको तुलनामा हाम्रा पार्थिव आफन्तहरु प्रतिको हाम्रो प्रेम उज्यालोको दाँजोमा अन्धकार जस्तै हुनुपर्दछ ।

दृष्टान्त प्रयोग गर्नको लागि, यदि तपाईंको आमाबाबु, पत्नी, छोराछोरी, दाजुभाइ र दिदीबहिनीहरु प्रतिको तपाईंको प्रेम ताराहरुको ज्योति जस्तै छ भने, ख्रीष्टको लागि तपाईंको प्रेम सूर्यको जस्तै हुनुपर्छ । घाम उदाएपछि ताराहरु अँध्यारो भएजस्तो लाग्छ । तिनीहरु अझै पनि त्यहाँ छन्, तर तपाईंले तिनीहरुलाई सूर्यको उज्यालोमा देख्न सक्नुहुन्न । त्यसैले यहाँ "घृणा" शब्दको अर्थ हो कि तपाईंको बुबा र आमाको लागि तपाईंको प्रेम लगभग अदृष्य छः तपाईं अझै पनि उहाँहरुलाई प्रेम गर्नुहुन्छ, तर ख्रीष्टको लागि तपाईंको प्रेमको प्रकाशमा, जुन उज्यालो चम्किलो सूर्य जस्तै छ, यो प्रेम तुलना गर्दा अन्धकार जस्तै छ ।

हाम्रो परिवारका सदस्यहरु प्रतिको प्रेम ख्रीष्टप्रतिको हाम्रो प्रेमसँग तुलना गर्दा घृणा जस्तै हो । यसको मतलव यो पनि हो कि हामीले परिवारको कुनै सदस्यलाई प्रभुले हामीलाई जे गर्न बोलाउनुहुन्छ त्यसलाई पछ्याउनबाट बन्चित गराउन दिनु हुँदैन ।

त्यसैलेचेलाबन्नेपहिलोसर्तख्रीष्टकोलागिसर्वोच्चप्रेमहो, जहाँ हामी ख्रीष्टलाई हाम्रा आमाबाबु भन्दा, हाम्रा पत्नीहरुभन्दा, हाम्रा छोराछोरीहरु भन्दा बढी, हाम्रा रगतको सम्बन्धमा वा मण्डली भित्रका हरेक दाजुभाइ र दिदीबहिनीलाई भन्दा बढी, र हाम्रा आफ्ना जीवनभन्दा अधिक प्रेम गर्दछौं । के तपाईंले मिशिनरी कार्य र सुसमाचार प्रचारकले ख्रीष्टियानहरुलाई यो ठाउँमा ल्याएको हो भन्न सक्नुहुन्छ ?

के आफूलाई पुनः जन्मेको ख्रीष्टियान भएको दाबी गर्ने हरेक व्यक्ति यस ठाउँमा आएका छन् ? के तपाईं आफैं, यदि तपाईं पुनः जन्मेको ख्रीष्टियान भएको दाबी गर्नुहुन्छ भने, यो ठाउँमा आउनुभयो ? के तपाईंले इमानदारीपूर्वक भन्न सक्नुहुन्छ कि तपाईं ख्रीष्टलाई यस पृथ्वीमा सबैभन्दा बढी माया गर्नुहुन्छ ? पछिल्लो आधा सताब्दीमा धेरै देशहरुमा विश्वासीहरुको मेरो अवलोकनमा, मैले यो सत्य रहेको फेला पार्दिन । धेरैले ख्रीष्टलाई स्वीकार गरेका छन् र गाउँछन्, "मेरा सबै पापहरु क्षमा भएका छन् र म स्वर्ग जाने बाटोमा छु", तर तिनीहरु चेला बनेका छैनन् ।

अर्को हप्ता हामीले चेलापनको दोस्रो सर्तलाई विचार गर्नेछौं ।