WFTW Body: 

यद्यपि यो सत्य हो कि येशूले विश्वासयोग्यहरुलाई इनाम दिनुहुनेछ (प्रकाश २२ः१२) र जबकि यो पनि साँचो हो कि हाम्रो जीवनको अन्तिम इच्छा प्रभुलाई खुशी पार्नु हो (२ को. ५ः९) ताकि हामीले एक दिन वचनहरु सुन्नसकौं, "स्यावास, असल र विश्वासी नोकर" । यद्यपि येशू आफैंले हामीलाई स्वर्गीय इनामको लागि आत्म केन्द्रित इच्छाको विरुद्धमा चेतावनी दिनुभयो, उहाँको लागि हाम्रो बलिदान र हाम्रो सेवामा हामीलाई उत्प्रेरित गर्दै ।

जब पत्रुसले आफैंलाई धनी जवान शासक (जो येशू देखि भर्खरै टाढिएको थियो) सँग अनुकूल रुपमा तुलना गर्दै प्रश्न गरे, "सारा थोक त्यागेर तपाईंको पछि लागेकोमा हामीले के पाउँदछौं ?"(मत्ती १९ः२७), येशूले खेतालाहरुको दृष्टान्त भन्दै जवाफ दिनुभयो (मत्ती २०ः१-१६) । त्यसैले हामीले पाउँछौं, जो ज्याला(इनाम) को लागि काम गरे अन्तिम हुन पुगे, जबकि इनामको सोचै नराखी काम गर्नेहरु पहिला हुन पुगे (यद्यपि तिनीहरुले पहिला काम गर्नेहरुको थोरै प्रतिशत मात्रै काम गरेका थिए) ।

मात्राको विरुद्ध गुणस्तर - त्यहाँ हामीले मृत काम र जीवित कामको भिन्नता देख्दछौं । अन्ततः अन्य विश्वासीहरु भन्दा माथि बढाइने र ख्रीष्टको दुलहीमा स्थान पाउने आशामा गरिएका हाम्रा कामहरु अन्तिम दिनमा मृत कामहरुको रुपमा प्रकट हुनेछन् ।

यदि तपाईंले सोचको जीवन शुद्ध पार्नुहुन्छ, अरुको लागि राम्रो गर्नुहुन्छ, र तपाईंको श्रीमतीलाई प्रेम गर्ने वा तपाईंको श्रीमानमा समर्पित हुनुहुन्छ, सबै भविष्यमा एक दिन प्रशंसा पाउने सोचमा, त्यसपछि आत्म अझै पनि तपाईंको जीवनको केन्द्रमा छ, र तपाईंका सबै आत्म केन्द्रित कामहरु मृत कामहरु हुन् !

महिमाको मुकुट पाउनेहरुले तिनीहरुलाई प्रभुको पाउमा फालिदिनमा हतार गर्छन् र भन्दछन्, "तपाईं एक्लै योग्यको हुनुहुन्छ" (प्रकाश ४ः१०) । जब हामीले आफूलाई परमेश्वरको महिमा गर्ने इच्छा बाहेक अन्य उदेश्यहरुबाट शुद्ध पार्छौं तब मात्र हामी मृत कामहरुबाट मुक्त हुन सक्छौं । हामीले गरेका सबै राम्रा कामहरुको अभिलेख राख्यौं भने ती राम्रा कामहरु मृत काम हुन्छन् ।

अन्तिम न्यायको बारेमा येशूले हामीलाई दुई तस्विरहरु दिनुभयो, एउटा जहाँ मानिसहरुले प्रभुको सामु तिनीहरुले आफ्नो पार्थिव जीवनमा गरेका सबै असल कामहरुको सूचीबद्ध गरे, "हे प्रभु, हामीले तपाईंको नाममा अगमवाणी गर्यौं, हामीले तपाईंंको नाममा विरामीहरुलाई निको पार्यौं, आदि" (मत्ती ७ः२२,२३) । ती मानिसहरु प्रभु द्वारा इन्कार गरिएका थिए । अर्को तस्विरमा हामीले धर्मीहरुलाई आश्चर्यचकित पाउँदछौं जब पार्थिव जीवनमा उनीहरुले गरेका असल कामहरुको सम्झना उनीहरुलाई प्रभुुद्वारा गराइन्छ । "प्रभु हामीले कहिले त्यसो गर्यौं ?" तिनीहरुको अचम्मको रुवाई हो (मत्ती २५ः३४-४०) । तिनीहरुले आफूले गरेका असल कामहरु बिर्सेका थिए किनकि तिनीहरुले ती कामहरु इनामको लागि गरेका थिएनन् । त्यहाँ हामी मृत कामहरु र जीवित कामहरु बीचको स्पष्ट भिन्नता देख्छौं । हामी कुन वर्गको लायक हुन्छौं ?