द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च नेता चेलाहरू
WFTW Body: 

१ राजाको पुस्तकमा, हामी इस्राएल देशको शुरुवात दाऊद, परमेश्वरको हृदय भएको व्यक्तिबाट भएर, आहाब, सबैभन्दा दुष्ट व्यक्तिमा टुङ्गिएको देख्छौँ। इस्राएल एक शक्तिशाली राष्टबाट शुरु भएर, बिभाजित राष्ट्र बन्न पुग्यो र ति दुबै देशमा धेरै दुष्ट राजाहरुले राज्य गरे - विशेष गरि इस्राएलमा।

परमेश्वरको जनहरुको अवस्थालाई अगुवामा भएको आत्मिकता वा शारीरिकपनाले धेरै प्रभाव पार्छ। जब इस्राएलमा एक आत्मिक अगुवा हुन्थ्यो, उनिहरु आत्मियतामा बढ्थे। जब उनिहरुसँग शारीरिक अगुवा हुन्थे, उनिहरु परमेश्वरबाट टाढा भई शारीरिक जिवन जिउँथे। परमेश्वरको सेवकाईमा सधैँ नै आत्मिक (ईश्वरीय) अगुवाहरुको खाँचो भएको छ।

येशूले संसारमा हुनुहुँदा भिडलाई हेर्दा उनिहरुलाई गोठाला बिनाका भेडाहरु देख्नुभयो। र आफ्ना चेलाहरुलाई परमेश्वरले खेतालाहरु पठाइदिनु भएको होओस् भनि प्रार्थना गर भनि बताउनुभयो (मत्ति ९:३६-३८)। जब परमेश्वर आजका मण्डलिहरुमा हेर्नुहुन्छ, उहाँलाई त्यहाँ पनि त्यस्तै आत्मिक (इश्वरीय) अगुवाहरुको खाँचो देख्नुहुन्छ। तब हामीलाई त्यहाँ यो चुनौति आउँछ कि हामी यस समयमा परमेश्वरले खोज्नुभएको व्यक्ति बनेर उहाँलाई प्रसन्न गराउन सकौँ।

परमेश्वरलाई हरेक पुस्तामा अत्मिक अगुवाहरु चाहिन्छ। हामी पहिलेको पुस्ताको अगुवाहरुको बुध्दिमा भर पर्न सक्दैनौँ। दाऊदले सधै इस्राएलमा राज्य गर्न सक्दैनन्। उनि मर्छन्, र अरु कसैले उनको ठाउँलाई लिन्छ। इस्राएलले कस्तो अवस्थाहरुको सामना गर्नुपर्ने हो सो अर्को शासक अनुसार भर पर्छ।

परमेश्वरले एउटा पुस्तामा काम गर्न एक आत्मिक व्यक्तिलाई खडा गर्नुहुन्छ। ऊ बुढो हुन्छ र मर्छ। यदि अर्को व्यक्तिमा पहिलेको अगुवा र सिध्दान्तहरु छन्, तर आत्मिकता र परमेश्वरको ज्ञान छैन भने? तब मानिसहरुले पक्कै पनि बाटो बिराउनेछन्। परमेश्वरलाई हाम्रो दिनहरुमा दाऊद र देबोराको खाँचो छ।