WFTW Body: 

ख्रिष्टको मृत्युको ३०० वर्षसम्म, प्राय सबै ख्रिष्टियनहरु अविश्वासी शासकहरुको अधिनमा हुन्थे जसले उनिहरुलाई सताउथे र धेरैजसोलाई मार्दथे। परमेश्वरले आफ्नो महान् बुध्दिमा, आफ्नो महिमाको निम्ति मानिसहरुलाई आफ्नो सन्तानलाई सताउने अनुमति दिनुभयो। आज पनि, परमेश्वरले आफ्नो विश्वासयोग्य सन्तानलाई उनिहरुलाई सताउने सरकारको अधिनतामा राख्नुभएको छ। हामीले मण्डलिमा सतावट आएको समयमा झन धेरै फलहरु फलेको देख्न सक्छौ। तर जब मण्डलिमा सजिलो हुन्छ, सुख हुन्छ र भौतिक कुराको परिपुर्णता हुन्छ, त्यो झन् बढि सांसारिक बन्न पुग्छ। जबसम्म हामी यस संसारमा छौ, हामीले सङ्कष्ट, सतावट र परिक्षाहरुको सामना गर्नुपर्ने हुन्छ। त्यसैले, जसै हामी यो अन्तको युगमा आइपुगेका छौ, हामीले पनि कहिल्यै सजिलो समयको आशा राख्नुहुन्न - न हाम्रो कामको क्षेत्रमा न ता हाम्रो व्यक्तिगत जिवनमा।

आर्थिक कठिनाइहरुको दिन आउनेछन्। त्यसैले हामीले अहिले पनि सरल तरिकाले जिउन सिक्नुपर्छ। अब आउने दिनहरुमा सुख बिलासमा बस्ने व्यक्तिहरुलाई धेरै कठिन हुनेछ। हामी भविष्यको लागि पैसा जोगाउने कुरामा बुध्दिमान् हुनुपर्छ, ता कि हामीले कसैमा भर पर्न नपरोस्। तर हाम्रो भरोसा हाम्रो बचतमा हुनुहुदैनँ, तर केवल परमेश्वरमा हुनुपर्छ। परमेश्वर जलन राख्नुहुने परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई कुनै पनि सृष्टि गरिएका थोकहरुमा भर पर्ने अधिकार दिनुहुन्न। परमेश्वरले विश्वको आर्थिक अवस्थाहरुलाई हल्लाउनुहुन्छ, ता कि तिनीहरु पनि हल्लिउन् जस्ले सृष्टि गरिएका थोकहरुमा भरोसा राख्दछन्। जसरी येशूले भन्नुभयो, हामीले दाजुभाईले एक-अर्कालाई धोका दिएको देख्नेछौ र हाम्रो परिवारको सदस्य हाम्रो दुश्मन बन्नेछन् (मत्ती १०:२१)। विश्वासीहरुलाई आफू काम गर्ने अफिस र फ्याक्ट्रिहरुमा सक्रिय रुपमा सतावटहरु हुनेछ। यि सबैले हामीलाई शुध्द पार्छ र हामीलाई झन् राम्रो विश्वासी बनाउछ। १ पत्रुस ३:१३ ले बताउँछ कि यदि हामीले भलाई गर्न खोज्छौ भने कसैले पनि हामीलाई हानि पुर्याउन सक्दैन। त्यसैले हामीले अडिग निर्णय गर्नुपर्छ कि, परमेश्वरको अनुग्रहद्वारा, हामीले सबैलाई भलाई गर्नुपर्छ। हामीले उनिहरुलाई प्रेम गर्नुपर्छ जसले हामीलाई घृणा गर्छन्, श्राप दिनेलाई आशिष दिनुपर्छ, र हामीलाई सताउनेहरुलाई क्षमाको निम्ति प्रार्थना गर्नुपर्छ। तब कसैले हामीलाई हानि गर्न सक्दैन। शैतान र उसका साथिहरुले हामीलाई धोका दिन सक्छ, सताउन सक्छ, पिडा दिन सक्छ, चोर्न सक्छ, चोट पुर्याउन सक्छ, कैद गर्न सक्छ र हाम्रो शरीरलाई मार्न पनि सक्छ। तर तिनीहरुले हामीलाई आत्मिक रुपमा हानि गर्न सक्दैनन्।

त्यसैले हामीले यस सारा संसारका विश्वासीहरुलाई आउने दिनको सतावटको समयको निम्ति तयार पार्नुपर्छ। हाम्रो प्रभुले हामीलाई त्यस्ता दिनहरुका निम्ति चार आज्ञाहरु दिनुभएको छ:

१. "साँपहरुजस्तै चतुर र ढुकुरहरुजस्तै सोझा होओ" (मत्ती १०:१६)।

हामी हाम्रो गवाहिहरुमा मूर्ख हुनु हुदैँन। हामी जहाँ बस्छौ र जहाँ काम गर्छौ, त्यहाँ हाम्रो जिवनले ख्रिष्टको बारेमा बोल्नुपर्छ। जब हामी परमेश्वरको लागि बोल्दछौ, तब हामीले यो कुरा ध्यानमा राख्नु पर्छ कि हामी एउटा व्यक्तिको - येशू ख्रिष्टको - बारेमा बोल्दैछौँ भन्ने कुरा प्रष्ट गर्नुपर्छ, र यो होइन कि ख्रिष्टियन धर्म अरु धर्मभन्दा राम्रो छ। यदि हाम्रो गबाहिमा येशू उचालिनुहुन्छ भने उहाँ आफैले मानिसलाई आफुकहाँ खिँच्नुहुन्छ (यूहन्ना १२:३२)। हामीले यस्ता अविश्वासी गुप्तचरहरुलाई बुझ्न र छुट्याउन सक्नुपर्छ जो ख्रीष्टमा आउने बारेमा इच्छुक भएको जस्तो नाटक देखाउछन्, जबकि उनिहरुको साँचो मनसाय हामीले प्रयोग गरिएको कुनै एउटा शब्दलाई लिएर "उनिहरुले मलाई जबरजस्ति ख्रीष्टमा बदल्ने प्रयास गरे" भन्दै हामीलाई अदालतमा लगेर दोष लाउने हुन्छ। त्यसैले हामी प्रेमी हुनुको साथसाथै बुध्दिमान् पनि हुनुपर्छ - जसरी येशू हुनुहुन्थ्यो: (क) " येशूले आफैलाई मानिसहरुको भरोसामा छोड्नुभएन, किनभने उहाँ तिनीहरुको हृदयमा के थियो सो जान्नुहुन्थ्यो " (यूहन्ना २:२३-२५)। सबैको बारेमा बुझ्नुहोस्। (ख) " येशू यहूदियामा घुम्न चाहनुभएन किनभने यहूदिहरुले उहाँलाई मार्न खोजिरहेका थिए" (यूहन्ना ७:१)। नचिँदो खतराहरुलाई वास्ता नगर्नुहोस्। (ग)" तिमीहरुलाई सताउनेहरुका निम्ति प्रार्थना गर" (मत्ती ५:४४) असल हुनुहोस् - र अरु खराब भएको कारणले आफू खराब नहुनुहोस्।

२. "परमेश्वरको मुखबाट निस्कने हरेक वचनबाट जिउनुहोस्" (मत्ती ४:४)।

सतावटको समयमा, सबैभन्दा बहुमुल्य आवश्यक्ता परमेश्वरले हाम्रो हृदयमा बोलिरहनुभएको वचनमा संवेदनशील हुनु हो। हामीले पुरै दिन परमेश्वरलाई सुन्ने भाव राख्नुपर्छ। तब हामीले परमेश्वरले भन्नुभएको कुरालाई सुनेर विश्वास र आज्ञापालन गर्नुपर्छ। नत्र ता त्यसको कुनै महत्व हुदैँन। त्यसैले हामीले परमेश्वरको वचनमा बढि मनन गर्नुपर्छ (विशेष गरि नयाँ नियमलाई) - किनकी यसैद्वारा हामीले परमेश्वरको आवाज सुन्न सक्छौ। र तब हामीले "विश्वास र आज्ञापालन" गर्नैपर्छ।

३. "जसरी मैले तिमीहरुलाई प्रेम गरेको छु, उसरी नै तिमीहरुले पनि एक-अर्कालाई प्रेम गर। तिमीहरुको आपसमा प्रेम छ भने यसैबाट सबैले तिमीहरु मेरा चेला रहेछौ भनी थाहा पाउनेछन्" (यूहन्ना १३:३४, ३५)।

दुबै हाम्रो मण्डली र हाम्रो घरमा, हामी सबैले एक-अर्काको न्याय गर्ने, सबैले एक-अर्काको बिरोधमा कुरा काट्ने, सबैले एक-अर्कासँग झगडा गर्ने, र सबैले एक-अर्कालाई शंका गर्ने जस्ता कुराहरुलाई छोड्नुपर्छ। विवेकशील हुनु अलौकिक गुण हो, तर शंकालु हुनु शैतानिक गुण हो। अहिलेको समय हाम्रो जिवनमा पाप र शैतानसँग लड्ने बारेमा ध्यान दिनुपर्ने समय हो। अहिलेको समय सक्रिय रुपमा हाम्रो जिवन साथीलाई प्रेम गर्ने र हाम्रो सङ्गी विश्वासीहरुलाई प्रेम गर्ने समय हो।

४. "संसारमा तिमीहरुलाई सङ्कष्ट हुनेछ; तर साहस गर, मैले संसारलाई जितेको छु" (यूहन्ना १६:३३)।

परमेश्वर सिंहासनमा हुनुहुन्छ र उहाँले कहिल्यै पनि आफ्नालाई त्याग्नुहुन्न्। शैतान २००० वर्ष अगाडि हारेको थियो। हामी परमेश्वरको आँखाको नानी हौँ, त्यसैले उहाँ हाम्रो वरिपरि एउटा आगोको पर्खाल बनेर बस्नुहुन्छ (जकरिया २:५,८)। हाम्रो विरोधमा रचिएको कुनै पनि हतियार सफल हुनेछैन (यशैया ५४:१७)। त्यसैले "हामीसँग जे कुराहरु छन्, तिनैमा सन्तोष गरौँ; किनकि उहाँ आफैले भन्नुभएको छ: 'म तिमीलाई कुनै रीतिले छोड्नेछैनँ, न ता तिमीलाई कुनै रीतिले त्याग्नेछु।' यसकारण हामी हिम्मतसँग भन्न सक्छौ: 'प्रभु मेरा सहायक हुनुहुन्छ, अनि म डराउनेछैनँ, मान्छेले मलाई के गर्न सक्छ र?' (हिब्रू १३:५,६)।

हामी पनि यसरी प्रार्थना गरौँ, "ज्यू, आउनुहोस्! हे प्रभु येशू!" (प्रकाश २२:२०)।