WFTW Body: 

गन्ती १३ मा हामी यो देख्छौँ कि इस्राएलीहरु कादेश - बर्नेअ, कनानको सिमानामा आइपुग्छन् - जुन भूमि परमेश्वरले उनिहरुलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। उनिहरु मिश्रबाट निस्किएको अब दुई वर्ष भइसकेको थियो (व्यवस्था २:१४)। र परमेश्वरले उनिहरुले भूमिलाई कब्जा गरुन् भनि आज्ञा दिनुभएको थियो। इस्राएलीहरुले त्यस देशको जासुसी गर्न बाह्र जना पठाए।

ति बाह्र जना नै फर्कि आएर यो सन्देश ल्याए कि त्यो देश साँच्चै नै अद्भुत देश थियो। तर, ति मध्ये दश जनाले यो कुरा बताए कि, "त्यहाँ ठूला दैत्यहरु छन् र हामीले तिनीहरुलाई जित्न सक्दैनौँ।" (गन्ती १३:२७-२९)

तर तिनीहरुमध्ये दुई जना, कालेब र यहोशूले जवाफ दिदैँ भनें, हामी जासुसी गर्न गएको ठाउँ अत्यन्तै राम्रो छ। यदि परमेश्वर हामीसँग प्रसन्न हुनुहुन्छ भने, उहाँले त्यो देश, दूध र मह बग्ने देश, हाम्रो हातमा दिनुहुनेछ। परमेश्वरले हामीलाई ति ठूला - ठूला दैत्यहरुलाई पराजय गर्न सहायता गर्नुहुनेछ। (गन्ती १४:६-९)। तर ति ६००,००० इज्राएलीहरुले बहुमतको कुरा सुने।

हामीले यसबाट के सिक्छौँ? पहिलो कुरा, बहुमतलाई पच्छयाउनु खतरनाक हुन सक्छ - किनकी बहुमतको चुनाव गलत नै हुन्छ। येशूले भन्नुभएको छ कि, " जिवनको बाटो साँघुरो छ र धेरै कमले यसलाई भेट्टाउछन्।" तरै पनि बहुमतहरु विनाशको ठूलो बाटो भएर जान्छन्। त्यसैले यदि तपाईले बहुमतलाई पच्छ्याउनुहुन्छ भने तपाई पक्कै पनि तिनीहरु सँगै विनाशको बाटो भएर जानुहुन्छ। कहिल्यै पनि यो कुरा कल्पना नगर्नुहोस् कि ठूलो मण्डली एक आत्मिक मण्डली हो। येशूको मण्डलीमा केवल ११ सदस्यहरु थिए। जब दश अगुवाहरुले एउटा कुरा भन्नुहुन्छ र दुई अगुवाहरुले त्यसको ठिक विपरीतको कुरा गर्नुहुन्छ तपाई कसको पक्ष लिनुहुन्छ? परमेश्वर ति दुईको, यहोशू र कालेबको, पक्षमा हुनुहुन्थ्यो।

अविश्वास र शैतान अरु दश जनाको पक्षमा थिए। तर इस्राएलीहरु मूर्खतापूर्वक बहुमतको पछि लागे - र त्यसैले अरु ३८ वर्ष उनिहरु उजाडस्थानमा भड्की हिँड्नुपर्यो। उनिहरुमा परमेश्वर कस्को पक्षमा हुनुहुन्थ्यो भनि जाँच्ने क्षमता थिएन! परमेश्वर र एक व्यक्ति मिलेर सधै सबैभन्दा असल बहुमत बन्नुहुन्छ - र म सधै त्यहि खडा रहन चाहन्छु। हामी प्रस्थान ३२ मा देख्न सक्छौँ कि परमेश्वर एक मानिसको पक्षमा हुनुहन्थ्यो, मोशाको, जब सबै इस्राएलीहरुले सुनको बाछालाई पुजिरहेका थिए। तर त्यस समयमा, सबै बाह्र कुलमध्ये, केवल एउटा कुल, लेवीको कुलले यो कुरा देख्न सके। र अहिले जब परमेश्वर यहोशू र कालेबसँग हुनुहुन्थ्यो, लेवीहरुले समेत त्यो कुरा देख्न सकेनन्!

यो सबैले आज हामीलाई केहि सिकाउदै छ। सामान्य रुपमा ईसाईजगत सम्झौता र सांसारीकपनाले भरिएको छ। परमेश्वरले यहाँ र त्यहाँ केहि व्यक्तिहरुलाई उठाउनुहुन्छ जो परमेश्वरको वचनको सत्यताको लागी बिना सम्झौता खडा रहन्छन्। यदि तपाईमा जाँच्ने क्षमता छ भने, तपाईले यो कुरा थाहा पाउनुहुनेछ कि परमेश्वर ति थोरै व्यक्तिहरुसँग हुनुहुन्छ, र तपाई तिनीहरुसँग ति बहुमतहरुको विरोधमा खडा हुनुहुनेछ। तपाई तिनीहरुसँग प्रतिज्ञाको भूमिमा प्रवेश गर्नुहुनेछ।

परमेश्वर खडा हुनुभएको व्यक्तिलाई तपाईले कसरी चिन्न सक्नुहुन्छ? उनले विश्वासको भाषा बोल्छन्। यहोशू र कालेबले विश्वासको भाषा बोलेः "हामी जित्न सक्छौँ।" हामी रिस, यौन अभिलाषा, इर्ष्या, गनगन आदि जस्ता दैत्यहरु माथी विजयी हुन सक्छौँ। हामीले शैतानलाई पराजय गर्न सक्छौँ। परमेश्वरले त्यसलाई हाम्रो खुट्टा मूनि कुल्च्याइदिनुहुनेछ। यो त्यस मानिसको भाषा हो जससँग परमेश्वर खडा रहनुहुन्छ।