जब हामी अगष्ट १९७५ मा मेरो घरमा सँगै भेट्न थाल्यौं, हाम्रो नयाँ मण्डली सुरु गर्ने कुनै मनसाय थिएन । केवल प्रेरितहरुले मण्डलीहरु रोपेका थिए - र म योग्य छु भनी निश्चित रुपमा मैले महसुस गरिन ! तर जसै समय वित्दै गयो, हामीले धेरै भन्दा धेरै मानिसहरु हामीसँग भेट्न आउँदै गरेको हामीले देख्यौं र हामीसँग भेटघाट जारी राख्नुको कुनै विकल्प थिएन । हामीले कसैलाई पनि हामीसँग सामेल हुन आमन्त्रित गरेनौं । र आफ्नो मण्डलीबाट विरक्त भएको कोहीलाई पनि हामीसँग सामेल भएको हामीले चाहेनौं - किनभने हामीलाई थाहा थियो कि त्यस्ता व्यक्ति चाँडै हामीसँग पनि विरक्त हुनेछन् ! येशूले "थाकेका र बोझले दबिएका" लाई मात्र उहाँकहाँ आउन आमन्त्रित गर्नुभयो (मत्ती ११ः२८) - अर्को शब्दमा, जो आफ्नो परास्त जीवनबाट दिक्क भएका थिए र जो विजयको खोजीमा थिए उनीहरुलाई । त्यस्ता व्यक्तिहरु मात्र हामीसँग सामेल होस् भनी हामीले चाहन्थ्यौं ।
भारतमा पहिले नै सयौं सम्प्रदायहरु थिए र हामी निश्चित थियौं कि परमेश्वरले हामी मार्फत अर्को सम्प्रदाय सुरु गर्न चाहनुहुन्न थियो । प्रोटेष्टेन्ट सुधार भएदेखि नै, प्रभु आफैंले सुरु गर्नुभएको हरेक नयाँ परिवर्तनमा नयाँ करारको जीवनका केही विशेषताहरुलाई जोड दिनको लागि सुरु गरिएका थिए जुन तिनीहरुको वरिपरी रहेका मण्डलीहरुले जोड दिइरहेका थिएनन् । अन्यथा कुनै नयाँ कुराको थालनी गर्नको लागि परमेश्वरलाई आवश्यकता पर्ने थिएन ।
अब प्रभुले हाम्रो बीचमा नयाँ मण्डली सुरु गरिरहनु भएको थियो । उहाँले हामी मार्फत जोड दिन चाहनुभएको विशिष्टताहरु के होलान् भनी हामीले विचार गर्न थाल्यौं । हामी पक्कै पनि अरुभन्दा बढी आत्मिक थिएनौं । हामी सबै पापीहरु अनुग्रहद्वारा मुक्ति पाएका थियौं र हामी धेरै क्षेत्रमा हाम्रा आफ्नै अपूर्णता बारे सचेत थियौं । तर हामी धेरै क्षेत्रहरुमा धेरै अन्य मण्डलीहरुसँग सहमत हुन सकेनौं, जहाँ हामीले महसुस गर्यौं कि तिनीहरु नयाँ नियमको शिक्षा र अभ्यासबाट टाढिएका छन् । जसै हामी भेटघाट गर्न जारी राख्यौं, हामी असहमत भएका केही क्षेत्रहरु हाम्रो मस्तिष्कमा छर्लङ्ग हुनथालेः
१. पानीको वप्तिस्माः हामीले विश्वास गर्नेहरुलाई त्रियक परमेश्वरका नाममा पानीमा डुबाएर वप्तिस्मा दिने कुराको अभ्यास गर्यौं । त्यसैले हामी बाल वप्तिस्माको अभ्यास गर्ने अग्रपंत्तिमा रहेका सम्प्रदाय भन्दा फरक थियौं ।
२. पवित्रआत्मामा वप्तिस्माः हामीले पवित्र आत्मामा वप्तिस्मा र पवित्र आत्माका सबै वरदानहरुमा विश्वास गर्यौं । त्यसैले हामी भाइहरु र ब्याप्टिष्टहरु बाट भिन्न थियौं !! तर त्यसपछि हामीले अन्य भाषाहरुमा बोल्नु भनेको आत्माको बप्तिस्माको प्रमाण हो भनेर विश्वास गरेनौं, बरु परमेश्वरको शक्ति प्राप्त गर्नु हो (प्रेरित १ः८, १०ः३८ हेर्नुहोस्) । त्यसैले हामी पेन्टिकोस्टल र क्यारिप्म्याटिक भन्दा फरक थियौं !
३. चेलापनः हामीले देख्यौं कि हाम्रा प्रभुले हामीलाई चेला बनाउन आज्ञा दिनुभएको थियो (मत्ती २८ः१९), जसले लुका १४ः२६, २७ र ३३ मा उहाँले राख्नुभएको चेलापनका सर्तहरु पूरा गरे । त्यसैले हामी धेरैजसो अन्य मण्डलीहरुसँग असहमत भयौं - जसले चेलापनलाई होइन केवल सुसमाचारवादलाई जोड दियो ।
४. पाष्टरहरुः हामीले देख्यौं कि "पाष्टर" एउटा वरदान थियो (एफिसी ४ः११) र मण्डलीमा कार्यालय होइन । नयाँ नियमले स्पष्टरुपमा सिकाएको छ कि मण्डलीहरु "एल्डरहरु" द्वारा अगुवाइ गरिनुपर्छ, पाष्टरले होइन (तीतस १ः५) । र प्रत्येक मण्डलीमा कम्तिमा दुई एल्डरहरु हुनुपथ्र्याे - एक व्यक्तिको शासनको खतराहरुबाट बच्न र नेतृत्वमा सन्तुलन ल्याउन । यो विश्वासले हामीलाई लगभग सबै मण्डलीहरुबाट अलग बनायो ।
५. पैसाः पैसामा यति ठूलो शक्ति छ, कि येशूले यसलाई परमेश्वरको वैकल्पिक मालिकको रुपमा उल्लेख गर्नुभयो (लुका १६ः१३) ! हामीले देख्यौं कि हामीलाई यस क्षेत्रमा गवाही चाहिन्छ, किनभने भारतमा धेरै ख्रीष्टियान कामहरुको खराब प्रतिष्ठा थियो, अधर्मी वित्तीय अभ्यासहरुको कारण । प्रचारकहरु र पाष्टरहरुले तिनीहरुको प्रतिवेदनहरु र तिनीहरुका प्रार्थना-पत्रहरु मार्फत पैसाको लागि बिन्ती गरे । येशू र उहाँका प्ररितहरुले कहिल्यै पनि आफ्नो कामको प्रतिवेदन कसैलाई दिएका थिएनन् (तिनीहरुका सहकर्मी बाहेक); र तिनीहरुले आफ्ना लागि वा आफ्नो सेवकाईको आर्थिक सहयोगको लागि कहिल्यै कसैसँग मागेनन् । बरु, तिनीहरुले आफ्नो कामको लागि आवश्यक पैसा दिन मानिसहरुलाई उत्प्रेरित गर्न आफ्नो स्वर्गीय पितामा भरोसा गरे । हामीले हाम्रो पितालाई पनि त्यसरी नै भरोसा गर्न सक्छौं । त्यसैले हामीले हाम्रो कामको प्रतिवेदन कसैलाई नदिने निर्णय गर्यौं (हाम्रो आफ्नै मण्डली परिवार बाहेक) र कहिल्यै कसैसँग पैसा नमाग्ने । हामीले यो पनि निर्णय गर्यौं कि हामीले हाम्रो कुनै पनि मण्डली सेवाहरुमा भेटी लिने छैनौं तर स्वैच्छिक भेटीहरुको लागि एउटा बाकस मात्र राख्नेछौं - किनकि प्रभुले भन्नुभएको थियो कि सबै भेटीहरु गोप्यरुपमा दिइनुपर्छ (मत्ती ६ः१-४) । त्यसैले हाम्रो वित्तीय नीति भारतको लगभग सबै अन्य मण्डलीहरुको भन्दा मौलिक रुपमा भिन्न भयो ।
६. आत्म-समर्थनः भारतका अधिकांश ख्रीष्टियान कामदारहरुले ख्रीष्टियान कामलाई जीविकोपार्जनको माध्यमको रुपमा हेरेका थिए न कि परमेश्वरबाट आएको बोलावटको रुपमा । तिनीहरु मध्ये धेरै तलबको लागि पश्चिमी ख्रीष्टियान संगठनहरुमा सामेल भए । ख्रीष्टियान काम तिनीहरुको लागि एक व्यापार थियो, जसबाट तिनीहरुले ठूलो नाफा कमाए ! यद्यपि प्रेरित पावलले आफ्ना दिनहरुमा आफ्नै हातले काम गरे र त्यस्ता प्रचारकबाट आफूलाई अलग देखाउन आफैंलाई समर्थन गरे (२ कोरिन्थी ११ः१२) । पूर्ण समय आवद्घ एल्डरहरुलाई तिनीहरुको मण्डलीमा विश्वासीहरुले सहयोग गरेको पक्कै पनि गलत छैन । तर भारतको व्यवस्थाको कारणले, हामीले महसुस गर्यौं कि हामी एल्डरहरुले आत्म-समर्थन गर्नुपर्छ - यी अन्य कामदारहरुबाट भिन्न हुनको लागि, जसरी पावल आफ्नो समयमा थिए । यस क्षेत्रमा पनि हामीले हाम्रो विचार भारतका अन्य सबै मण्डलीहरु भन्दा फरक रहेको पायौं ।
७. पश्चिममा निर्भरताः भारतका धेरै मण्डलीहरु पश्चिमी ख्रीष्टियानहरुमा धेरै निर्भर थिए - सेवा र पैसा दुवैका लागि । हामीले यसमा भारतका गैर-ख्रीष्टियानहरुलाई हाम्रो गवाहीमा बाधाको रुपमा देख्यौं । हामीले देख्यौं कि धेरै भारतीय प्रचारकहरुले अन्धाधुन्ध रुपमा अमेरिकी विधिहरुको नक्कल गरे र निसन्देह अमेरिकी धर्मशास्त्रलाई स्वीकार गरे । त्यसैले हामीले कुनै पनि विदेशी संस्थासँग नजोडिने र पैसा वा सेवकाईको लागि कुनै विदेशी स्रोतमा निर्भर नहुने निर्णय गर्यौं । हामीले हाम्रो सेवकाई साँच्चै भारतीय होस् भन्ने चाहन्थ्यौं, भारतीय नेतृत्वको साथ - जबकि त्यही समयमा सबै देशका विश्वासीहरुलाई स्वागत गर्न खुल्ला भएको । यस क्षेत्रमा पनि हामी भारतका धेरैजसो मण्डलीहरु भन्दा फरक थियौं ।
किन परमेश्वरले भारतमा नयाँ मण्डली सुरु गरिरहनु भएको थियो भन्ने कुरामा यी कारणहरु नै थिए । हामीले देख्न सक्थ्यौं कि परमेश्वरले हाम्रो देशमा यस्तो गवाही चाहनुहुन्थ्यो । त्यसैले हामीले परमेश्वरमा समर्पण गर्यौं र उहाँलाई हामीसँग इच्छा गरे अनुसार गर्न दियौं ।
प्रत्येक मण्डलीले सुरु गर्दा अद्भुत सिद्घान्तहरु लिएका हुन्छन् । तर समयले ती सबै सिद्घान्तहरुको परीक्षण गर्दछ । केही दशक पछिको अवस्था कस्तो छ ? ४९ वर्षपछि अहिले फर्केर हेर्दा, अन्य धेरै क्षेत्रमा हाम्रो अभाव देखिए तापनि माथिकासातक्षेत्रमाकुनैपनिसम्झौतानगरीहामीलाईजोगाउनुभएकोमाहामीपरमेश्वरलाईधन्यवाददिन्छौं ।
सारा महिमा उहाँको नामको मात्र होस् !