WFTW Body: 

"हाम्रा दिनहरुका लागि, तिनीहरु चाँडै वित्छन् र हामी उडिजान्छौं । त्यसैले हाम्रा दिनहरुलाई गन्न सिकाउनुहोस् ताकि हामी तपाई समक्ष बुद्घिको हृदय प्रस्तुत गर्न सकौं ।"

(भजनसँग्रह ९०ः२,४,१०,१२)

हामी पात्रोको अर्को वर्षको अन्तमा पुग्दैछौं । यो पृथ्वीमा हाम्रो समय कति छोटो छ, अनि प्रत्येक क्षण हाम्रो जीवनमा कति महत्वपूर्ण छ भनेर भजनसँग्रहको यो वचन द्वारा हामीले आफैंलाई सम्झाउने यो एउटा राम्रो अवसर होे ।

जसै तपाईले नयाँ वर्षमा अगाडिका मार्गहरु सोच्नुहुन्छ, जिउनको लागि यहाँ चारवटा साधारण बाटो नियमहरु छन्ः

१. रातो वत्तीमा रोकिनुहोस्

हामी सँग केवल हरियो वत्ती मात्र छ भनेर अनुमान गर्दै जीवनमा हतार गर्ने हाम्रो प्रवृत्ति छ । बदलामा, जब हामी एउटा चौबाटोमा आउँदछौं जहाँ हामीले निर्णय गर्नुपर्ने हुन्छ, रोकिऔं र परमेश्वरलाई त्यहाँ स्वीकारौं । कुनबाटो समाउने देखाउनुहोस भनी यदि हामीले उहाँसँग माग्छौं, उहाँले निर्देशन सहित जवाफ दिनुहुनेछ (यशैया ३०ः२१ पढ्नुहोस्), अनि उहाँले हाम्रो अगाडिको मार्गहरु सिधा तुल्याउनुहुनेछ (हितोपदेश ३ः६) । अकोतर्फ, यदि हरियो वत्ती बाल्नलाई परमेश्वरलाई हामीले पर्खेनौं भने हामी एउटा दुर्घटनामा टुङ्गिन्छौं ।

२. हरियो वत्तीमा नरोकिनुहोस्

आफैंलाई इन्कार गर्न र आफ्नो क्रुस बोक्न र येशूलाई पछ्याउन हामीले प्राप्त गर्ने प्रत्येक अवसर एउटा हरियो वत्ती हो जहाँ नरोकिकनै हामी सधैं अगाडि बढ्नु पर्छ । प्रत्येक अवस्था जसमा हामी कसैसँगको सम्बन्धहरु बनाउन पुल निर्माण गर्न सक्छौं, एउटा हरियो वत्ती हो, अनि त्यस द्वारा हामी नरोकि हिँड्नै पर्छ (रोमी १२ः१८) । हामी ख्रीष्टमा साँच्चै नै नयाँ सृष्टि बनाइएका छौं भन्ने कुराको एउटा प्रमाण, हामी "मेलमिलाप गराउनेहरु" तुल्याइएका छौं (२ कोरिन्थी ५ः१७-२०) । जब हामीसँग क्षमा माग्ने अवसर हुन्छ र कसैसँग कुराहरु सच्याउन पर्नेहुन्छ, यदि हामीले ढिलो गर्छौं हाम्रो घमण्डको कारणले, वा आफ्नो रक्षा गर्दै, वा अरुलाई दोष्याउँदै - त्यो हरियो वत्तीमा अगाडि नबढेको जस्तै हुनेछ । हामीले यातायात अवरुद्घ गर्नेछौं, अनि विस्तारै, हामी दुर्घटनामा फस्नेछौं । बदलामा, शान्ति कायम गर्ने हरियो वत्तीमा अगाडि बढ्न हामी सधैं छिटो होऔं (मत्ती ५ः९) ।

३. बाटो भन्दा बाहिर नहिँड्नुहोस्

जसै हामी परमेश्वरसँगको यात्राको बाटो हिँड्छौं, दियावलसले निरन्तर हामीलाई बाटो छोडेर हिँडाउन कोसिस गर्दछ । बाटोको छेउतिर अनगिन्ती फूलहरु र रुखहरु हुन्छन् (अरु मानिसहरुका विचारहरु) जसले हामीलाई विचलित तुल्याउन सक्छ । यदि हामीले अरुलाई खुशी पार्ने इच्छालाई अनुमति दियौं, वा अरुले हाम्रो बारेमा के सोच्लान् भनेर डरायौं, हामीलाई विचलित तुल्यायौं (गलाती १ः१०), त्यसपछि हामी चाँडै नै राजमार्गबाट बाहिर पुग्छौं र दुर्घटनामा टुङ्गिन्छौं । मेरो बुबाले मलाई बारम्बार भन्नुहुन्थ्यो, "तिमीसँग मानिसहरुलाई प्रभावित पार्ने वा आशिषित पार्ने छनौट हुन्छ । सधैं तिनीहरुलाई आशिषित पार्ने छनौट गर्नु ।" मानिसलाई प्रभावित पार्न, तिमी प्रतिभाशाली हुनुपर्ने हुन्छ - अनि जति तिमी धेरै हुन्छौ त्यति राम्रो । तर यदि तिमीले साँच्चै नै उनीहरुलाई सहयोग गर्न चाहन्छौ, यद्यपि, तिमीलाई पवित्रआत्माको शक्ति चाहिन्छ - अनि जति तिमी थोरै हुन्छौ, त्यति असल हुन्छ (यूहन्ना ३ः३०) !

४. आफ्ना बाटोमा रहनुहोस्

दुर्भाग्यवश, सडकमा कोरिएका धर्साहरु भित्र नरहने धेरै मानिसहरुको बानी हुन्छ, र यसले प्रायजसो दुर्घटनामा पुर्याउँदछ । हाम्रो विश्वासी जीवनमा पनि, हाम्रो सुरक्षाको लागि परमेश्वरले सडकका धर्साहरु कोर्नु भएको छ । हाम्रो बाटोका धर्साहरु भित्र रहनु भनेको सधैं हाम्रो आफ्नै धन्दाको फिक्री गर्नु हो र कहिल्यै अरुको काममा व्यर्थै हात नहाल्नु हो (२ थेसलोनिकी ४ः११-१२, १ पत्रुस ४ः१५) । जब हामीले हामीसँग सरोकार नै नभएको कुरामा हात हाल्छौं, त्यो चाहिँ कोरिएको धर्सा नाघेर अरुको बाटोमा प्रवेश गर्नु हो । यसले अन्ततः हाम्रो जीवन साथै हाम्रो वरिपरी रहेको अरुको जीवन पनि वर्वाद गर्दछ ।

अनि अन्तमाः ढिलो नचलौं र आफ्नो बाटोलाई तानौं यो यात्राको दौरान । तर बदलामा, स्वर्गीय इनाम जित्नको लागि पूरा गतिमा चलौं (१ कोरिन्थी ९ः२४) !

तपाईहरु सबैको अत्यन्तै आशिषित नयाँ वर्ष होस्, प्रत्येक दिन परमेश्वरको महान् आशिषले भरिएको ।