जब हामी कमजोर हुन्छौं तब हामी साँच्चै बलियो हुन्छौं (२ कोरिन्थी १२ः१०) ।
अब्राहामले इश्माएललाई आफ्नो प्राकृतिक शक्तिको बलमा जन्माए, तर परमेश्वरले इश्माएललाई स्वीकार गर्नुभएन, र अब्राहामलाई उसलाई निकालिदिन भन्नुभयो (उत्पत्ति १७ः१८-२१, २१ः१०-१४) । ख्रीष्टको न्यायआसनमा, जब हामी हाम्रा मानवीय क्षमताहरु द्वारा उत्पन्न गरिएका असल प्रयासहरु प्रयोग गर्दछौं, परमेश्वरमा निर्भर नभई, उहाँले हामीलाई पनि भन्नुहुनेछ कि तिमीहरु अस्वीकार्य छौ । ती सबै काठ, घाँस र परालहरु खरानीमा परिणत हुनेछन् ।
"परमेश्वरद्वारा" गरिएको काम मात्र बाँकी रहनेछ ।
जब अब्राहाम नपुंसकताको स्थानमा आए - जब उनको बच्चाहरु जन्माउने प्राकृतिक क्षमता बन्द भयो - तब इसहाकको जन्म भयो, ईश्वरीय शक्तिद्वारा, र यो छोरा परमेश्वरलाई स्वीकार्य थियो ।
जहाँसम्म परमेश्वरको सवाल छ, एक इसहाकको मूल्य हजार इश्माएलहरुको मूल्य भन्दा बढी छ । एक ग्राम सुनको मूल्य एक किलोग्राम दाउराको मूल्य भन्दा बढी हुन्छ - आगोले ती दुबैलाई परिक्षण गरेपछि । पवित्रआत्माको शक्तिले गरिएको थोरै काम हाम्रो आफ्ना कामहरु भन्दा धेरै मूल्यमान हुँदछन् ।
हाम्रा असल कामहरु र प्रभुको सेवा गर्ने हाम्रा आफ्नै प्रयासहरु परिवर्तन हुनुअघि र पछि दुबै सधैं फोहोर कपडाहरु हुनेछन् । तर त्यो धार्मिकता जुन विश्वास द्वारा उत्पन्न हुँदछ, र त्यो सेवा जुन पवित्र आत्मामा निर्भर भएर गरिएको छ - थुमाको विवाहको दिनमा हाम्रो विवाहको पोशाक बन्नेछ (प्रकाश १९ः८) । कत्ति फरक छ - या त मैलो कपडाहरु वा विवाहको सुन्दर पोशाक ! यो सबै हामी हाम्रो जीवन हाम्रो आफ्नै आत्म-शक्ति वा परमेश्वरको शक्तिमा बाँचेको छौं भन्ने कुरामा भर पर्दछ ।
येशू आफ्नो सेवाको लागि पनि पवित्र आत्माको शक्तिमा भर पर्नुभयो । उहाँले पवित्र आत्मा द्वारा पहिले अभिषेक नभई प्रचार सेवकाईमा जान हिम्मत गर्नुभएन । तीस वर्ष सम्म उहाँ आत्माको शक्तिद्वारा पूर्ण पवित्रतामा बाँच्नु भएको थियो, ताकि पिताले "यिनी मेरा प्रिय पुत्र हुन् जसमा म प्रसन्न छु" (मत्ती ३ः१७) भनी गवाही दिन सक्नुभएको होस् । यद्यपि उहाँलाई सेवाको लागि आत्मा द्वारा अभिषेक हुनु आवश्यक थियो । र त्यसैले उहाँले अभिषेक हुनको लागि प्रार्थना गर्नुभयो, र उहाँ हुनुभयो (लूका ३ः२१) । किनभने उहाँले धार्मिकतालाई प्रेम गर्नुहुन्थ्यो र बाँचेको कुनै पनि मानिसले भन्दा बढी पापलाई घृणा गर्नुभयो, र उहाँ कुनै पनि अरु मानिस भन्दा धेरै प्रसस्त मात्रामा अभिषेक पनि हुनुभयो (हिब्रू १ः९) । फलस्वरुप, उहाँको सेवकाई मार्फत मानिसहरु शैतानको बन्धनबाट छुटकारा पाएका थिए । यो अभिषेकको मुख्य उद्देश्य र प्राथमिक अभिव्यक्ति थियो (लूका ४ः१८ र प्रेरित १०ः३८ हेर्नुहोस्) ।
परमेश्वरको काम मानवीय प्रतिभा र क्षमता द्वारा गरिएको हुँदैन । मानिसहरु जो स्वभाविक रुपमा उच्च प्रभावशाली छन्, जब परिवर्तन हुँदछन्, अक्सर सोच्दछन् कि उनीहरुले अब आफ्नो बौद्घिक र भावनात्मक शक्तिहरु प्रयोग गरेर अरुलाई परमेश्वरको लागि प्रभाव पार्न सक्छन् ।
धेरै ख्रीष्टियानहरुले पवित्रआत्माको शक्तिलाई उनीहरुको वाक्पटुता, तर्क र उच्चारणको स्पष्टता हो भनी ठानेर गल्ती गर्दछन् । तर यी प्राणका शक्ति मात्र हुन्, र यिनीहरुमाथिको कुनै निर्भरता रह्यो भने तिनीहरु परमेश्वरको सेवामा अवरोध हुनेछन् । मानिसको प्राणको शक्ति द्वारा गरिएको काम कहिल्यै शास्वत हुन सक्दैन । यो नाश हुनेछ, यदि समयमा भएन भने, ख्रीष्टको न्याय आसनमा हुनेछ ।
मानिसहरुलाई परमेश्वर तर्फ लैैजान येशूले वाक्पटुता वा भावनाको शक्तिमा भर पर्नु भएन । उहाँलाई थाहा थियो कि त्यस्तो प्राण-शक्तिद्वारा गरिने कुनै पनि कामले उहाँका श्रोताहरुको प्राणमा मात्र पुग्छ, र तिनीहरुलाई आत्मिक रुपमा कहिल्यै मद्दत गर्दैन । त्यसै कारणले गर्दा उहाँले मानिसहरुलाई परमेश्वरतिर आकर्षित गर्न कुनै पनि प्रकारको सांगीतिक मनोरञ्जन प्रयोग गर्नुभएन ।
उहाँले आफ्ना श्रोताहरुको भावनामा खेलवाड गर्नुभएन र उनीहरुलाई उन्माद उत्साह दिएर परमेश्वरमा समर्पण गर्नको लागि काम गर्नुभएन । वास्तवमा, उहाँले यी मध्ये कुनै पनि प्रयोग गर्नुभएन, र आजका प्रचारकहरु र वक्ताहरुका लागि सामान्य भएको अन्य प्राणजन्य विधिहरु पनि प्रयोग गर्नुभएन । उहाँले मानिसहरुलाई प्रभाव पार्न भावनात्मक जोश र प्राणको जोश प्रयोग गर्नुभएन । यी त राजनीतिज्ञ र बिक्रेताका तरिकाहरु हुन्, तर उहाँ दुईमध्ये कोही हुनुहुन्थेन ।
यहोवाको सेवकको रुपमा, येशू आफ्ना सबै कामहरुमा पूर्ण रुपमा पवित्रआत्मामा निर्भर हुनुहुन्थ्यो । नतिजा यो भयो कि उहाँलाई पछ्याउनेहरु स्वयम् परमेश्वरमा गहिरो जीवनमा आए ।
येशूलेआफ्नोसोच्नेतरिकामाअरुलाईबदल्नप्राण-शक्तिप्रयोगगर्नुभएन।उहाँलेआफूलाईअरुमाथिकहिल्यैलाद्नुभएन । उहाँले सधैं अरुलाई उहाँलाई अस्वीकार गर्ने स्वतन्त्रता दिनुभयो, यदि तिनीहरुले त्यस्तो छनौट गरेभने । प्राणमा सिमित ख्रीष्टियान अगुवाहरुले तिनीहरुको बलियो व्यक्तित्व द्वारा तिनीहरुको बगाल र तिनीहरुका सहकर्मीहरु माथि हावी हुँदछन् । मानिसहरु यस्ता अगुवाहरुको अधीनतामा रहन विस्मित छन् र उनीहरुलाई पुज्छन् र उनीहरुको प्रत्येक वचन पालन गर्छन् ।
यस्तो अगुवाको वरिपरि भीडहरु भेला हुन सक्छन्, र तिनीहरु सबै एकजुट हुन सक्छन्, तर यो केवल अगुवाको भक्तिको एकता हो । त्यस्ता अगुवाहरुले आफूसँग भएको कुरा पवित्र आत्माको शक्ति हो भनी सोचेर पनि भ्रममा पर्न सक्छन्, किनभने तिनीहरु प्राण र आत्मालाई छुट्याउन सक्षम छैनन् । तिनीहरुका अनुयायीहरु पनि त्यसरी ठगिएका छन् । तर न्याय आसनको स्पष्ट ज्योतिले प्रकट गर्नेछ कि यो सबै मानव प्राण-शक्ति थियो र यसले परमेश्वरको काममा बाधा पुर्यायो ।
येशू त्यस्तो अगुवा हुनुहुन्थेन । न कुनै ख्रीष्टियान हुनुपर्छ । हामीले हाम्रो प्राण-शक्ति प्रयोग गर्न भय मान्नुपर्छ, किनकि यो मानिसको लागि परमेश्वरको नियमहरुको उलङ्घघन हो, र उहाँको सेवामा बाधा हुनुहुन्न ।
एक साँचो आत्मिक कार्य मानव प्राणको शक्तिले कहिल्यै गर्न सकिंदैन, तर केवल पवित्र आत्माको शक्तिले । येशूलाई यो थाहा थियो, र त्यसैले उहाँले आफ्नो प्राण-शक्तिलाई निरन्तर मृत्यमा राख्नुभयो । यसरी उहाँले धेरै छोटो समयमा उहाँलाई पछ्याउनेहरुमा गहिरो र स्थायी काम गर्न सक्षम हुनुभयो ।