द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   घर चर्च चेलाहरू
WFTW Body: 

हाम्रा सिएफसी मण्डलीहरुमा, हामी मृत्युपछि स्वर्ग कसरी जाने भन्ने बारेमा प्रचार गर्दैनौं । येशूले हामीलाई हरेक राष्ट्रमा गएर चेला बनाउनु भन्नुभयो - र उहाँले आज्ञा गर्नुभएको सबै कुरा सिकाउन भन्नुभयो - र नरकबाट कसरी उम्कने र स्वर्ग कसरी जाने भन्ने बारेमा होइन !! तर, दुर्भाग्यवश, आजको सुसमाचारको धेरैजसो प्रचार मृत्युपछि स्वर्ग कसरी जाने भन्ने बारेमा केन्द्रित हुन्छ । म त्यो सुसमाचार प्रचार गर्दिन किनभने मलाई मानिसहरुलाई स्वर्गमा लैजान रुचि छैन । त्यो परमेश्वरको काम हो । म यहाँ पृथ्वीमा येशू ख्रीष्टको लागि चेला बनाउन खोज्छु र त्यसपछि म तिनीहरुलाई येशूले आज्ञा गर्नुभएको सबै कुरा पालन गर्न सिकाउन खोज्छु । त्यो आज्ञा प्रभुले हामीलाई मत्ती २८ः१८-२० मा स्पष्ट रुपमा दिनुभएको छ । र त्यो नै हामी विगत ५० वर्षदेखि संसारका धेरै भागहरुमा रहेका हाम्रा सिएफसी मण्डलीहरुमा गर्न खोजिरहेका छौं ।

मेरो सुसमाचार भनेको पृथ्वीमा येशू ख्रीष्टको चेला कसरी बन्ने र उहाँलाई हरेक दिन कसरी पछ्याउने भन्ने हो । येशूले भन्नुभयो कि जीवनमा पुर्‍याउने एउटा सानो ढोका र साँघुरो बाटो छ (मत्ती ७ः१४) । हामी हाम्रा पापहरुको पश्चाताप गरेर र ख्रीष्टको मृत्यु र पुनरुत्थानमा विश्वास गरेर साँघुरो ढोकामा प्रवेश गर्न सक्छौं । त्यसपछि हाम्रो क्रुस उठाएर र हरेक दिन आफैंमा मरेर, र हाम्रो जीवनमा ख्रीष्टलाई पहिलो स्थानमा राखेर, र उहाँलाई पछ्याउँदै साँघुरो बाटोमा हिंड्नको लागि हामी बोलाइएका छौं । माथिको पद येशूले सिकाउनुभएको जीवन र चेलापनको बाटो यही हो, र त्यो अनन्त जीवनको बाटो हो जुन हामी हाम्रा सबै मण्डलीहरुमा सिकाउँछौं ।

चेलापनको सम्बन्धमा, येशूले लूका १४ः२६ मा भन्नुभयो, "यदि कोही मकहाँ आउँछ र आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी र आफ्नै जीवनलाई घृणा गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन" । येशूले त्यस पदमा भन्नुभएझैं आफ्ना प्रियजनहरुलाई घृणा गर्ने बारेमा कसैले प्रचार गरेको तपाईंले कति पटक सुन्नुभएको छ ? प्रभु येशूको चेला हुनको लागि त्यो पहिलो सर्त हो । र येशूले हामीलाई सबै ठाउँमा चेला बनाउन आज्ञा दिनुभयो, धर्म परिवर्तन गर्नेहरु बनाउनलाई होइन । त्यसैले, यदि हामी चेला बनाउन चाहन्छौं भने, हामीले अरु केही सिकाउनु अघि, पहिले उनीहरुलाई चेलापनको यो पहिलो सर्त सिकाउनुपर्छ ।

जब कुनै बच्चा स्कूलमा भर्ना हुन्छ, उसलाई सबैभन्दा पहिले भौतिकशास्त्र वा रसायनशास्त्र सिकाइँदैन । होइन । उसलाई सबैभन्दा पहिले वर्णमाला - ABC सिकाइन्छ । त्यसैगरी, हाम्रो मण्डलीमा सामेल हुनेहरुलाई सबैभन्दा पहिले चेलापनको वर्णमाला सिकाउनुपर्छ, येशूलाई सबैभन्दा धेरै प्रेम गर्ने । त्यो सर्त पूरा गर्न नचाहनेहरुलाई सुरुमै स्पष्ट रुपमा भन्नुपर्छ कि तिनीहरु प्रभु येशू ख्रीष्टका चेला हुन सक्दैनन् । र चेलाहरुको दोस्रो वर्ग हुँदैन । चेलाहरुको एउटा मात्र वर्ग हुन्छ, जसले "बुबा, आमा, भाइ, बहिनी, श्रीमती, छोराछोरी र आफ्नो जीवनलाई घृणा गर्छन्" (लूका १४ः२६) ।

"आफ्नो बुबा र आमाको आदर गर" र "ख्रीष्टले मण्डलीलाई प्रेम गरेझैं आफ्नी पत्नीलाई प्रेम गर" र हाम्रा छोराछोरी र हाम्रा दाजुभाइ दिदीबहिनीहरुलाई प्रेम गर भन्ने धर्मशास्त्रका अन्य आज्ञाहरुसँग येशूको यो मागलाई हामीले कसरी मिलाउन सक्छौं ?

येशूले आफ्ना सन्देशहरुमा एउटा कुरा स्पष्ट पार्नु प्रायः दृष्टान्तहरु प्रयोग गर्नुहुन्थ्यो । त्यसैले, मैले मेरो परिवारका सदस्यहरुलाई प्रेम गर्ने र घृणा गर्ने यी विपरीत आज्ञाहरु बुझ्नको लागि केही दृष्टान्त खोज्न खोजें । र यो दृष्टान्तले मलाई यो कुरा स्पष्ट पारेको छ; म मेरा बुबा, आमा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदीबहिनीहरुप्रतिको मेरो प्रेमलाई ताराहरुको प्रकाशसँग तुलना गर्छु - उज्यालो र स्पष्ट र तिनीहरुमा कुनै पनि अन्धकार बिना - हामीले हाम्रा परिवारका सदस्यहरुप्रति राख्नुपर्ने प्रेमको तस्वीर । तर बिहान, जब सूर्य उदाउँछ, ताराहरु अदृश्य हुन्छन् । तिनीहरु अझै पनि त्यहाँ छन्, तर हामी तिनीहरुलाई देख्न सक्दैनौं । तैपनि, ख्रीष्टप्रतिको मेरो प्रेम सूर्यको प्रकाश जस्तै हुनुपर्छ, जसको प्रकाशमा, मेरो परिवारका सदस्यहरुप्रतिको मेरो प्रेम तुच्छ हुन्छ । मेरो परिवारका सदस्यहरुप्रतिको मेरो प्रेम अझै पनि त्यहाँ छ (जस्तै बिहान ताराहरु अझै पनि त्यहाँ नै हुन्छन्) । तर ख्रीष्टप्रतिको मेरो प्रेम यति महान छ कि अरु सबै अब केवल ख्रीष्टप्रतिको मेरो प्रेमद्वारा मात्र प्रेम गरिन्छन् । यसको अर्थ ख्रीष्टप्रतिको मेरो प्रेम यति महान छ कि म कहिल्यै पनि मेरी श्रीमती, मेरा आमाबाबु वा मेरो नजिकका कसैलाई पनि मेरो र ख्रीष्टको बीचमा आउन दिनेछैन । अबदेखि म अरु सबैलाई केवल ख्रीष्टप्रतिको मेरो सर्वोच्च प्रेमद्वारा मात्र प्रेम गर्नेछु ।

येशूले भन्नुभयो, "म मेरो मण्डली निर्माण गर्नेछु ।" उहाँले मात्र यसलाई निर्माण गर्न सक्नुहुन्छ । हामी उहाँको शरीरका सदस्यहरु मात्र हौं - एउटा जिब्रो जस्तै छ, अर्को हात जस्तै छ र अर्को खुट्टा जस्तै छ । र केही विश्वासीहरु जो त्यति प्रमुख छैनन् तिनीहरु शरीरका लुकेका अंगहरु जस्तै हुन् । तर ख्रीष्ट उहाँको शरीर निर्माण गर्ने शिर हुनुहुन्छ । हामी उहाँको शरीरका सदस्यहरुको रुपमा उहाँद्वारा शासित, नियन्त्रित र प्रयोग हुनको लागि आफूलाई उहाँमा मात्र अर्पण गर्न सक्छौं । हात र खुट्टाले आफैंले केही गर्न सक्दैनन् । टाउकोले हातलाई के गर्ने भनेर बताउँछ र खुट्टालाई कहाँ जाने भनेर बताउँछ । हामी यसरी ख्रीष्टको अधीनमा बस्नुपर्छ । र ख्रीष्टको शरीरले कसरी काम गर्छ र निर्माण हुन्छ । हामीले त्यही कुरालाई जोड दिन खोजेका छौं ।

तर परमेश्वरले कसैलाई एकचोटी थोरै प्रयोग गर्न थाल्नुभयो र उहाँले ख्रीष्टको शरीर कुनै ठाउँमा निर्माण भएको चमत्कार देख्न थाल्नुभयो भने, आत्मिक घमण्डको ठूलो खतरा हुन्छ । जब परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ, घमण्ड कुनामा लुकेको हुन्छ । हामी कल्पना गर्न थाल्छौं कि त्यो स्थानीय मण्डली बनाउने हामी नै थियौं वा ती मानिसहरुलाई ख्रीष्टमा ल्याउने हामी नै थियौं । जब परमेश्वरको सेवक वा मण्डली घमण्डी हुन्छ, परमेश्वरले तुरुन्तै त्यो व्यक्ति र त्यो मण्डलीको विरोध गर्न थाल्नुहन्छ ।

हामी सबै परमेश्वरको भय मान्न सकौं र हरेक दिन उहाँको आत्माको शक्ति खोजी गर्न सकौं ताकि हामी हाम्रो जीवनमा परमेश्वरको महिमा गर्न सकौं र यी अन्तिम दिनहरुमा उहाँको मण्डली निर्माण गर्न सकौं ।

आमेन ।