WFTW Body: 

भजनसंग्रह ५० - भजनसंग्रह ५०:२३ मा आफ्नो जिब्रोलाई कुरा काट्न होइन तर परमेश्वरको प्रशंसा गर्न प्रयोग गर्ने मानिसहरुकोलागि एउटा अद्भूत प्रतिज्ञा पाइन्छ: " जसले प्रशंसारुपी बलिदान चढाउँछ, उसैले मेरो महिमा गर्छ; अनि जसले आफ्नो चाल सुधार्छ, उसैलाई म परमेश्वरको उध्दार देखाउनेछु।" जब हामी परमेश्वरको प्रशंसा गर्छौ, तब हामी उहाँमा हाम्रो विश्वासलाई सार्वभौम परमेश्वर भनि व्यक्त गर्दछौ र विश्वासको यस अभिव्यक्तिले उहाँलाई उहाँको उध्दारता देखाउन सक्षम तुल्याउँदछ।

भजनसंग्रह ६५:१ले बताउँछ, "परमेश्वर, सियोनमा (मण्डलिमा) तपाईको प्रशंसाले तपाईको प्रतिक्षा गरिरहेको छ।" हाम्रो मण्डलि यसतो ठाउँ हुनुपर्छ जहाँ सधै प्रशंसाले परमेश्वरको प्रतिक्षा गरोस्। जब परमेश्वर हाम्रो मध्यमा आउनुहुन्छ, उहाँले प्रशंसाले उहाँको प्रतिक्षा गरिएको भेट्टाउनुपर्छ। भजनसंग्रह ६५:४ले बताउँछ कि परमेश्वरले त्यस्ता किसिमका मानिसहरुलाई आफ्नो नजिक ल्याउनुहुन्छ, "धन्य हो त्यो मानिस, जसलाई तपाईले चुन्नुहुन्छ, र तपाईंकै चोकहरुमा वास गरोस् भनी आफ्नो नजिकै ल्याउनुहुन्छ..." यस पुरै भजनले पृथ्वीमा परमेश्वरको भलाईको बारेमा बताउदैँ अघि बढ्छ।

भजनसंग्रह १०० अध्याय परमेश्वरको महिमा गर्न र उहाँको सेवा गर्न दिईएको निमन्त्रणा हो। हामीले "आनन्दसाथ परमप्रभुको सेवा गर्नुपर्छ" (भजनसंग्रह १००:२)। मैले यसतो व्यक्तिहरुलाई भेटेको छु जसले भन्छन् कि उनिहरु परमेश्वरको सेवा गर्दैछन्, तर उनिहरुले प्राय जसतो केहि न केहि कुराको बारेमा गुनासो गर्ने हुन्छन्। परमेश्वरले आनन्दसाथ उहाँको सेवा नगर्नेहरुको माग गर्नुहुन्न।

भजनसंग्रह १०६ अध्याय परमेश्वरको इस्राएलप्रतिको भलाईको इतिहासलाई लिएर अघि बढ्छ। भजनसंग्रह १०६:११,१२ मा हामी पढ्छौ, "अनि पानीले उनीहरुका शत्रुहरुलाई पुरिदियो; तिनीहरुमध्ये एउटै पनि उम्केन् तब उनीहरुले उहाँका वचनहरुमा विश्वास गरे; उनीहरुले उहाँको स्तुति गाए।" हामी त्यहाँ दुईवटा कुरा देख्छौ। पहिलो, विश्वासको प्रमाण प्रशंसा गर्नु हो। मुखले हृदयको प्रशस्तताबाट बोल्छ। हृदयमा भएको कुरालाई मुखले बताउँछ। यदि हाम्रो हृदयमा विश्वास छ भनें, त्यो प्रशंसाले बाहिर निस्कन्छ। जब प्रेरितहरु पवित्र आत्माले भरिएका थिए, उनिहरुले परमेश्वरको प्रशंसा गर्न थाले (प्रेरित २)। यदि हामी परमेश्वरको प्रशंसा गर्दैनौँ भनें, यसले यो साबित गर्छ कि हामीमा विश्वास छैन। दोस्रो कुरा, पुरानो नियम अनुसार, तिनीहरु आँखाले देखेका कुराहरुद्वारा जिउँथे र विश्वासद्वारा होइन। उनिहरुले तबमात्र परमेश्वरको प्रशंसा गर्न सक्थे यदि उनिहरुले आफ्नो शत्रूहरुलाई डुबेको देख्थे। आज, हाम्रो शत्रु हार्नुभन्दा अघि नै हामी परमेश्वरको प्रशंसा गर्न सक्छौ। त्यो विश्वासअनुसार हिँड्नु हो र हेराईद्वारा होइन।

भजनसंग्रह १४९ अध्यायले हामीलाई सधै परमेश्वरको प्रशंसा गर्न निमन्त्रणा दिन्छ। "... उहाँले नम्रहरुलाई उध्दारको शृङ्गारले सिँगार्नुहुन्छ" (भजनसंग्रह १४९:४)। यदि तपाई परमेश्वरले तपाईलाई शृङ्गार्नुभएको चाहनुहुन्छ भनें, तपाई नम्र हुनै पर्छ। हामी हाम्रो ओच्छ्यानमा हुँदा पनि आनन्दको गित गाउन बोलाइएका छौँ र शैतानको शक्ति र चालचलनलाई बाँध्नको निम्ति हाम्रो ओठमा सधैँ परमेश्वरको प्रशंसा र हातमा परमेश्वरको वचन हुन जरुरी छ (भजनसंग्रह १४९:५-८)। परमेश्वरलाई प्रशंसा गर्नु र शैतानको शक्तिलाई बाँध्नु सँग-सँगै जान्छन्।

भजनसंग्रह १५०: हामी यस भजनमा तेह्र पटक "प्रशंसा" शब्द पाउदछौँ, "सास हुने हरेक थोकले याहको स्तुति गरोस्!" भनेर समापन गर्दा पनि। परमेश्वरको प्रशंसा गर्न नपर्ने एक किसिमको मान्छे हुन्छ - जसले सास फेर्न सक्दैन - अथवा, मरेकाहरु। ति बाहेक हरेकले हरेक समय परमेश्वरको प्रशंसा गर्नुपर्छ। यो हाम्रो जिवनमा पुरा भएको होस्। आमेन।