द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च नेता
WFTW Body: 

तपाईंको परिश्रमको सफलता तपाईंको लोकप्रियता हो भनी कहिल्यै नठान्नुहोस् । येशूले ती सबै माथि धिक्कार भन्नुभयो जो मानिसहरुमा "लोकप्रिय" थिए, किनकि त्यो एउटा झुटो अगमवक्ताको पहिचानको चिन्ह थियो (लुका ६ः२६) । त्यसैले यदि तपाईं धेरै लोकप्रिय प्रचारक हुनुहुन्छ भने तपाईं एक झुटो अगमवक्ता पनि हुनसक्नुहुन्छ ! अर्कोतर्फ, येशूले उहाँका चेलाहरुलाई भन्नुभयो, आनन्दित होओ जब सबैजनाले तिमीहरुको विरुद्घमा बोल्दछन्, किनकि त्यो साँचो अगमवक्ताको चिन्ह हो (लुका ६ः२२,२३) ।

के तपाईंले साँच्चिकै विश्वास गर्नहुन्छ जुन येशूले भन्नुभयो ?

याद राख्नुहोस्, इस्राएलको इतिहास र मण्डलीको इतिहासमा प्रत्येक साँचो अगमवक्ता एक विवादास्पद व्यक्तित्व थियो, जो धार्मिक अगुवाहरु द्वारा उसको समयमा शिकार भएको र घृणित र झुटा आरोप लगाइएको थियो ।

यो नियमको एउटा पनि अपवाद भएको छैन - चाहे पुरानो करारको समयका एलिया र यर्मिया होस्, वा पहिलो सताब्दीका वप्तिस्मा दिने यूहन्ना र पावल होस्, वा थप आधुनिक समयका जोन वेज्ली र वाचम्यान नी होस् ।

त्यसैले, हाम्रो परिश्रमको अनन्तको सफलता हामी कति लोकप्रिय छौं भन्ने कुरा द्वारा हामीले कहिल्यै नाप्नु हुँदैन !

हाम्रो परिश्रमको सफलता हामीले तथ्याङ्कको आधारमा पनि नाप्नुहुन्न - हाम्रो सभामा कति जनाले हात उठाउनुभयो वा कति जनालाई हामीले प्रचार गर्यौं, इत्यादि ।

तथ्याङ्क अनुसार जाँदा, हामीले भन्नुपर्ने हुन्छ कि येशूको सेवकाई नितान्त असफल थियो, किनकि उहाँको सेवकाईको अन्तमा उहाँको पितालाई टक्र्याउनको लागि उहाँसँग केवल ११ जना मानिसहरु थिए (यूहन्ना १७) । तर उहाँको सेवकाईको सफलता ती ११ चेलाहरु कस्ता खाले थिए भन्ने कुरामा देखिएको थियो ! तिनीहरु आजका ११ मिलियन सुस्त(अर्ध मन भएका), पैसालाई प्रेम गर्ने, सम्झौता गर्ने, सांसारिक "विश्वासीहरु" भन्दा अझै परमेश्वरका लागि धेरै मूल्यावान, र परमेश्वरका लागि अझै धेरै काम पूरा गर्न सक्ने थिए ।

मैले महसुस गरेको छु, यदि मैले मेरो सारा जीवनमा ती पहिला प्रेरितहरुका क्षमताको ११ जना मान्छेहरु बनाउन सकेँ भने मेरो सेवकाई गौरवशाली सफलता हुनेछ । तर यस्ता मानिसहरु २ वा ३ जना पनि बनाउन सजिलो छैन । सांसारिक सम्झौता गर्नेहरुको भीड जम्मा गर्नु धेरै सजिलो छ, जसले "येशूमा विश्वास गर्नुहुन्छ", तर तिनीहरुले आफ्ना सारा हृदयले उहाँलाई प्रेम गर्दैनन् ।

विगत २० सताब्दीमा परमेश्वरले ख्रीष्टियनजगतमा सुरुवात गर्नु भएको प्रत्येक चाल, दोस्रो पुस्तामा जाने बेला सम्ममा ह्रास भयो र यसको जीवन्तता उस्तै रहेन, यसको संस्थापकले सुरुवात गर्दाको ज्वलन्त चाल रहेन । किन ?

एउटा कारण यही थियो कि दोस्रो पुस्ताले संख्याहरुलाई लिन थाले । तिनीहरुले सोचे कि तिनीहरुको बढ्दो संख्या परमेश्वरले तिनीहरुलाई दिँदै गर्नुभएको आशिषको प्रमाण थियो ।

तर सबैभन्दा छिटो संसारमा बढ्दै गरेको समूह, हालसालैका वर्षहरुमा पंथहरु र अन्य धर्मावलम्बीहरुको कट्टरपंथी समूहहरु भएका छन् । त्यसले के सावित गर्दछ ? मात्र यही - त्यो संख्याको बढोत्तरी परमेश्वरको आशिषको प्रमाण होइन ।

ख्रीष्टको शरीरमा हामीलाई उहाँले जे सेवकाई दिनुभएको छ त्यसमै ध्यान दिनसकौं भनेर परमेश्वरले हामीलाई बोलाउनु हुन्छ र त्यस सँगसँगै विभिन्न सेवकाई पाएका अरुहरुसँग सहकार्य गर्नको लागि । हाम्रो सेवकाईको फल सही तरिकाले मूल्यांकन गर्न असम्भव छ, किनकि हामी कुनै समूहका एक भाग हौं - ख्रीष्टको शरीर ।

यसैकारण हामीले केवल यही निश्चय गर्नुछ कि परमेश्वरले हामीलाई पूरा गर्न दिनु भएको काममा हामी विश्वासयोग्य छौं ।