WFTW Body: 

रोमी ८ ले आत्मामा जिउँने जिवनको बारेमा बताउँछ। जब हामी पवित्र आत्माको अधिन्तामा जिउँने जिवनमा आउँछौ, तब हाम्रो पिताले हाम्रो अनन्तको भलाइको निम्ति हाम्रो जिवनको हरेक परिस्थितिमा काम गर्न शुरु गर्नुहुन्छ। अरुले हामीलाई हानि गर्न खोजे तापनि, परमेश्वरले त्यसलाई हाम्रो भलाइको निम्ति चलाउनुहुन्छ, र हामी यो जान्दछौं कि परमेश्वरलाई प्रेम गर्नेहरुका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् - उनीहरुका निम्ति, जो उहाँकै मनसायअनुसार बोलाइएका छन् (रोमी ८:२८)। किनभने जसलाई उहाँले पहिल्यै नै जान्नुभएको थियो, उनीहरुचाहिँ आफ्नै पुत्रको रुपमा ढालिऊन् भनेर उहाँले उनीहरुलाई पहिल्यै नै ठहराउनु पनि भयो, यसैले कि उहाँचाहिँ अनेकौं भाइहरुका बीचमा जेठा होऊन् (रोमी ८:२९)। यो साँच्चै उदेकको सुसमाचार हो! रोमी ८:२८ नयाँ नियममा भएको सबैभन्दा उदेकको वाचाहरुमध्ये एक हो र यसले हामीले भोग्न सक्ने हरेक परिस्थितिलाई पूर्ण तवरले समष्ठिगत रुपमा देखाउँछ। त्यसैले तपाईले परमेश्वरलाई यो भन्नुहोस् - "प्रभु, यस संसारमा तपाई स्वयं जसरी जिउँनुभयो त्यसरी जिउँने अभिलाषा बाहेक मेरो अरु कुनै अभिलाषा छैन। म पैँसा, वा आदर, वा पहिचान, वा कुनै सुख विलास चाहदिनँ। म संसारमा मेरो आफ्नै लागी केहि पनि चाहिँदैन। म हरेक दिन केवल तपाईलाई खुसी पार्न चाहन्छु। र म यि कुराहरुमा आफूलाई बारम्बार जाँचिरहनेछु।" तब हरेक कुरा तपाईको भलाईको लागि काम गर्नेछन्। र त्यो भलाई अर्को पदमा लेखिएको छ - रोमी ८:२९ - हामी ख्रीष्टको रुपमा ढालिनेछौँ। यो तपाईको लागी सर्वशक्तिमान् परमेश्वरले गर्नुहुने कामहरुमा सबैभन्दा महान् काम हो।

हामी एफेसी १:४,५ मा पढ्छौँ "परमेश्वरले हामीलाई ख्रीष्टमा पहिल्यै चुन्नुभयो।" "पहिल्यै चुन्नुभयो" भन्ने शब्दलाई धेरै मानिसहरुले गलत अर्थ लगाएका छन्। परमेश्वरले हाम्रो लागी के चुन्नुभयो? के उहाँले हामी स्वर्ग जाने वा नरक जाने भन्ने विषयमा चुन्नुभयो? होइन! परमेश्वरले कसैलाई पनि स्वर्ग जाने वा नरक जाने विषयमा चुन्नुहुन्न। यहाँ यसरी बताइएको छ, "उहाँले आफ्नो इच्छाको शुभ अभिप्रायअनुसार ख्रीष्ट येशूद्वारा हामीलाई आफ्ना निम्ति धर्म-पुत्रहरु ठहराउनुभयो।" उहाँले हामीलाई बालक बन्नको निम्ति होइन, तर ख्रिष्टमा परिपक्व सन्तान बनाउन ठहराउनुभयो। तपाई एउटा जिम्मेवार छोरा हुनुपर्छ जो आफ्नो स्वर्गीय बुबाको काममा इच्छुक छ। त्यसैले आफुलाई आफ्नो बुबाको काममा जिम्मेदार महसुस भएको छोराको रुपमा उपस्थित गर्नुहोस्।

कलस्सी १:२८ मा पावल बताउँछन्, "हरेक मानिसलाई ख्रीष्ट येशूमा सिध्द भएको अवस्थामा उपस्थित गराउनका निम्ति हरेक मानिसलाई चेताउनी दिँदै र हरेक मानिसलाई सम्पूर्ण बुध्दिसित शिक्षा दिँदै हामी उहाँलाई प्रचार गर्दछौं।" यो दुबै पूर्ण ज्ञानसाथ लेखिएको भविष्यवाणी र शिक्षा हो। पावलको अन्तिम लक्ष्य "ख्रिष्टको सामु हरेक मानिसलाई शिध्द रुपमा उपस्थित गर्नु" थियो। यदि पावलसँग १०० मानिसहरु भएको मण्डली थियो भने, उनले त्यस मण्डलीमा हुनुभएको १०० व्यक्ति - हरेक भाइबहिनीलाई नै - ख्रिष्टमा शिध्द बनाउन हरेक कुरा गर्न तयार थिए। उनले उनिहरुलाई उत्साह दिनेथिए, चेतावनी दिनेथिए, र सबै ज्ञानद्वारा सिकाउने थिए, किनकि एकदिन उनले तिनीहरुलाई परमेश्वरकहाँ उपस्थित गर्नुपर्ने थियो। यस्तो बोझ भएका कम पास्टर र गोठाला हुन्छन्। उनिहरुले केवल प्रचार गर्छन्। केवल त्यति मात्र। तर पावललाई हरेक व्यक्तिलाई आत्मिक परिपक्वतामा डोर्याउने बोझ थियो। तपाईले मण्डलीमा एल्डर हुने जिम्मेवारीलाई हल्का रुपमा लिनुहुँदैन। जब म २५ वर्षसम्म बैँग्लोरमा भएको हाम्रो मण्डलीमा एल्डर थिए, मैले हाम्रो मण्डलीमा हुनुभएको हरेक वयस्क व्यक्तिहरुको आत्मिक अवस्था जान्ने कोसिस गर्दथे, ताकि म उहाँहरुलाई सुधार्न सकुँ, हप्काउन सकुँ, उहाँहरुलाई ज्ञान दिन सकुँ, उहाँहरुका निम्ति उत्साहका वचनहरु र कडा वचनहरु बोल्न। ताकि एकदिन म उहाँहरुलाई ख्रिष्टको सामु सिध्द भएको अवस्थामा उपस्थित गर्न सकुँ। म उहाँहरुबाट आफ्नो निम्ति केहि पनि चाहन्नथिए। उहाँहरुको निम्ति, ख्रिष्टको शरिरको निम्ति, म मेरो व्यक्तिगत जिवनमा धेरै चुर्ण हुनुपरेको थियो। परमेश्वरले मसँग धेरै परिस्थितिहरुद्वारा काम गर्नुभयो ताकि मबाट ख्रिष्टको वास्ना आउन सकोस् र अरु आशिषित होउन्। यो साँचो ख्रिष्टियन सेवाकाई हो। कलस्सी १:२९, पावल बताउँछन्, "यसैका निम्ति म पनि उहाँको प्रभावकारी कार्यअनुसार, जसले ममा सामर्थ्यसाथ काम गर्छ, संघर्ष गर्दै परिश्रम गर्दछु।" परमेश्वरले सधैँ पहिला हामीसँग पवित्र आत्माद्वारा हामीभित्र भएर काम गर्नुपर्छ र तब मात्र उहाँले हामीभित्र रहेर हामीद्वारा अरुलाई आशिषित तुल्याउन सक्नुहुन्छ। तपाईहरुमध्ये जसले मण्डलीमा सेवाकाई गर्नुहुन्छ, यि दुई पदलाई आफ्नो लक्ष्य बनाउनुहोस्, हरेक मानिसलाई ख्रिष्ट येशूमा सिध्द भएको अवस्थामा उपस्थित गराउनु (कलस्सी १:२८) र पवित्र आत्माको पूर्णता जसद्वारा तपाई त्यस लक्ष्यमा पुग्न सक्नुहुन्छ (कलस्सी १:२९)।

एफेसी ४:१३ मा, प्रेरित पावल बताउँछन् कि जबसम्म हामी "पूरा बढेको मानिस बन्दैनौं, ख्रीष्टको परिपूर्णतारुपी कदको नापसम्म आइपुग्दैनौं" हामी बढ्दै जानुपर्छ। हाम्रो लक्ष्य आफू स्वयं बढ्नु र अरुलाई यो नापसम्म बढ्न मदत गर्नु हो। "र अब उसो हामी बालक नरहौं, जो मानिसहरुका चलाकी र छलपूर्ण धूर्ततामा हरेक शिक्षारुपी बतासद्वारा यता र उता पारिँदछन् अनि वर र पर हुत्याइँदछन्; यस्ता कुराहरुद्वारा धोका दिनालाई तिनीहरु ढुकेर बस्छन्।" (एफेसी ४:१४)।

एफेसी ४:१५ मा, हामीलाई "ख्रिष्टसम्म बढ्नको निम्ति प्रेममा साँचो बोल्न" आग्रह गरिएको छ। याद गर्नुहोस्, यहाँ सत्यता र प्रेमको सन्तुलन देखाइएको छ। के हामीले साँचो बोल्नुपर्छ? पर्छ। सधैँ। तर के यसले हामीलाई जसरी नि बोल्न मिल्छ भनेर अनुमति दिन्छ? दिदैँन। हामीले प्रेममा सत्य बोल्नुपर्छ। यदि तपाई प्रेममा साँचो बोल्नुहुन्न भनें, तपाईले ति व्यक्तिहरुसँग साँचो बोल्नको लागी तपाईसँग पर्याप्त प्रेम नहोउन्जेल पर्खनुपर्छ। प्रेम त्यो पत्र हो जहाँ तपाईले प्रेमको कलम चलाउँन सक्नुहुन्छ। यदि तपाई पत्र नभएको ठाउँमा सत्यता लेख्न चाहनुहुन्छ भनें, तपाईले हावामा लेखिरहनुभएको हुन्छ। कसैले पनि तपाईले के लेख्न चाहनुभएको छ भनि बुझ्न सक्दैनन्। सधैँ प्रेममा सत्य बोल्नुपर्छ - पुल्पिटमा वा व्यक्तिगत वार्तालापमा - र तबमात्र हामी "सबै कुराहरुमा उहाँसम्म, जो शिर हुनुहुन्छ अर्थात् ख्रीष्टसम्म" बढ्नसक्छौँ।

हिब्रू ६:१ मा, परिपक्वतामा अडिग रहन उत्साह दिइएको छ। हिब्रू ५ मा हामीलाई दूध पिउने र खँदिलो खानेकुरा खाने बारेमा उदाहरण दिइएको छ। पहिलो, प्रार्थमिक शिक्षा र उच्च शिक्षाको उदाहरण छ; र त्यसपछि भवनको जग र त्यसको रचनाको बारेमा उदाहरण दिइएको छ। यि सबै शब्द-उदाहरणहरु बालक र परिपक्व विश्वासीहरुको भिन्नतालाई देखाउनको लागी हो। यि दुई बिचको भिन्नता परिक्षाको समयमा देखिन्छ। परिपक्व सन्तले परिक्षाको समयमा ख्रिष्टको जस्तो प्रतिक्रिया दिन्छन्, तर बालकहरुले मानिसहरु जस्तो प्रितक्रिया दिन्छन्। अर्को उदाहरणको लागी: परिपक्वतामा अडिग रहनुलाई पहाड (मानौँ १०,००० मिटर) चढ्नु जसरी सोच्नुहोस्। येशू पहिल्यै माथि टुप्पोमा पुगिसक्नुभएको छ। जब हामी नयाँ जन्म लिन्छौँ हामी पहाडको फेदबाट शुरु गर्छौँ। हाम्रो उदेश्य येशूलाई पच्छ्याउनु र जति समय लागे तापनि माथि पुग्नु हो। तब हामीले १०० मिटर मात्र किन नचढेका हौँ, हामीले आफूभन्दा साना भाइबहिनिलाई भन्न सक्छौँ, "जसरी म ख्रीष्टको देखासिकी गर्दछु, उसरी नै तिमीहरु पनि मेरो दिखासिकी गर्ने होओ" (१ कोरिन्थी ११:१)।

आमेन्!