WFTW Body: 

१ पत्रुसमा, प्रेरित पत्रुसले समर्पणको बारेमा धेरै कुरा गर्छन् । परमेश्वरको साँचो अनुग्रह अनुभव गर्ने मानिस जहाँ गए पनि सधैं अख्तियारको अधीनमा बस्नेछ । समर्पणमा उसलाई कुनै समस्या हुनेछैन । पापको उत्पत्ति आदमको सृष्टि हुनुभन्दा धेरै अघि बिद्रोहबाट भएको थियो । सर्वोच्च प्रधान दूतले परमेश्वरको अधिकारको विरुद्धमा विरोध गरे र तुरुन्तै शैतान बने । त्यसैले “विद्राह बोक्सी विद्याको पाप जस्तै हो” (१ शमूएल १५ः२३) – किनकि विद्रोही आत्माले दुष्टआत्मासँग सम्पर्कमा ल्याउँछ, जसरी बोक्सी विद्याले गर्छ । येशूले ठीक विपरीत तरिकाले जीवन बिताएर शैतानलाई जित्नुभयो । उहाँले आफूलाई नम्र बनाउनु भयो र आफ्नो पिताको पूर्ण अधीनमा आउनुभयो र यहाँ पृथ्वीमा उहाँ ३० वर्षसम्म असिद्ध योसेफ र मरियमको अधीनमा बस्नुभयो, किनकि ती मानव अख्तियारहरु थिए जुन उहाँको स्वर्गीय पिताले उहाँमाथि राख्नुभएको थियो । जसले परमेश्वरको साँचो अनुग्रह अनुभव गरेको छ, उसले आत्मामा विद्रोहको भावनाबाट मुक्ति अनुभव गर्नेछ । यदि तपाईंलाई अख्तियारको अधीनमा बस्न समस्या छ भने, तपाईंले आफ्नो आत्मामा मुक्ति पाउनु आवश्यक छ ।

ख्रीष्टियानहरुलाई सबै मानव अधिकारीहरु, राजाहरु, राज्यपालहरु, आदिको अधीनमा बस्न आह्वान गरिएको छ (१ पत्रुस २ः१३) । त्यस समयमा रोमको सम्राट फारो थिए, जो रोममा शासन गर्ने सबैभन्दा दुष्ट राजाहरु मध्ये एक थिए, र जसले ख्रीष्टियानहरुलाई सताउँथे र मार्थे । तैपनि पत्रुसले ख्रीष्टियानहरुलाई उहाँको अधीनमा मात्र बस्नलाई होइन, तर “राजाको आदर” गर्न पनि भन्छन् (१ पत्रुस २ः१३, १४) । उहाँले यो पनि भन्नुहुन्छ कि हामीले “सबै मानिसहरुको आदर गर्नुपर्छ” (१ पत्रुस २ः१७) । पुरानो करार अन्तर्गत, बृद्ध मानिसहरुलाई सम्मान गर्नुपर्ने व्यवस्था थियो (लेवी १९ः३२) । तर नयाँ करार अन्तर्गत हामीले सबै मानिसहरुलाई सम्मान गर्नुपर्छ । नयाँ करार अन्तर्गत हरेक क्षेत्रमा स्तर उच्च छ । पुरानो करार अन्तर्गत, मानिसहरुले परमेश्वरलाई १०% दिनुपथ्र्यो । नयाँ करारमा हामीले सबैथोक दिनुपर्छ (लूका १४ः३३) । पुरानो करार अन्तर्गत, एक दिन पवित्र मानिन्थ्यो (शबाथ) । नयाँ करारमा हरेक दिन पवित्र हुनुपर्छ । पुरानो करार अन्तर्गत, जेठो छोरो परमेश्वरलाई समर्पित गर्नुपथ्र्यो । नयाँ करारमा, हाम्रा सबै छोराछोरी परमेश्वरलाई समर्पित गरिनुपर्छ । परमेश्वरको अनुग्रह अनुभव गरेको मानिसहरुलाई सम्मान गर्न कुनै कठिनाई हुँदैन । हामी येशू जस्तै सेवक हुनुपर्छ, र त्यसैले हामी सबैलाई सम्मान गर्नलाई र “सबैलाई आफूभन्दा महत्वपूर्ण ठान्न” मा खुशी हुन्छौं (फिलिप्पी २ः३) ।

त्यसपछि उहाँ विशेष गरी नोकरहरुसँग बोल्नुहुन्छ र तिनीहरुलाई आफ्ना मालिकहरुको अधीनमा बस्न भन्नुहुन्छ । सबै प्रेरितहरुले नोकरहरुलाई आफ्ना मालिकहरुको अधीनमा बस्न सिकाए । आफ्नो कार्यालय वा कारखानामा आफ्ना अधिकारीहरुको विरुद्ध विद्रोहको भावना भएको ख्रीष्टियान ख्रीष्टको लागि धेरै कमजोर साक्षी हो । स्कूल वा कलेजमा आफ्ना शिक्षकहरु विरुद्ध विद्रोह गर्ने ख्रीष्टियान विद्यार्थी पनि ख्रीष्टको लागि धेरै कमजोर साक्षी हो । त्यस्तो ख्रीष्टियानले “परमेश्वरको साँचो अनुग्रह” लाई विल्कुलै बुझेको छैन । येशू आउनुभयो र ३० वर्षसम्म असिद्ध पार्थिव आमाबाबुमा समर्पित हुनुभयो भन्ने कुरा उसले बुझेको छैन । यो हामी सबैले सिक्नुपर्ने पाठ हो । नोकरहरु पूर्ण सम्मानका साथ आफ्ना मालिकहरुको अधीनमा बस्नुहोस् । यदि तपाईं कुनै कार्यालय, कारखाना, स्कूल, अस्पताल वा अन्य कुनै ठाउँमा काम गर्नुहुन्छ भने, तपाईंले त्यस स्थानमा आफूभन्दा माथिकाहरुलाई सम्मान गर्नैपर्छ ।

हामीले हाम्रा बच्चाहरुलाई आफ्ना शिक्षकहरुको आदर गर्न सिकाउनु पर्छ, र अरु बच्चाहरुसँग समूह बनाएर शिक्षकहरुको मजाक उडाउन होइन । नोकरहरुले असल र कोमल मालिकहरुलाई मात्र होइन तर अव्यवहारिक मालिकहरुलाई पनि आदर देखाउन सिक्नुपर्छ । असल मालिकको अधीनमा बस्न सजिलो छ, तर “परमेश्वरको साँचो अनुग्रह” अनुभव गरेको ख्रीष्टियानले अव्यवहारिक मालिकको अधीनमा पनि बस्नेछ (१ पत्रुस २ः१८) । जब तपाईं एक अव्यवहारिक मालिकको अधीनमा बस्नुहुन्छ तब एक ख्रीष्टियानको रुपमा तपाईंको ज्योति चम्किन्छ । बलिरहेको मैनबत्ती सूर्यको प्रकाशमा सजिलै देखिँदैन । तर रातमा सबैले यसको ज्योति देख्न सक्छन् । त्यसरी नै, एक ख्रीष्टियानको ज्योति अँध्यारो परिस्थितिमा हुँदा सबैभन्दा चम्किलो देखिन्छ ।

केही गलत गरेकोमा सजाय पाउँदा धैर्यपूर्वक समर्पण गर्नु कुनै सद्गुण होइन । तर जब तपाईंले सही काम गर्दा पनि धैर्यपूर्वक दुःख सहनुहुन्छ, तब परमेश्वर तपाईंसँग प्रसन्न हुनुहुन्छ (१ पत्रुस २ः२०) । अन्यायपूर्ण रुपमा दुःख भोग्नु पत्रुसको पत्रको एउटा प्रमुख विषयवस्तु हो । उनी अगाडि भन्छन् कि येशूले पनि यस्तै दुःख भोग्नुभयो । उहाँले अन्यायपूर्ण रुपमा दुःख भोग्नुभयो र हामीलाई उहाँको पाइलामा पछ्याउन एउटा उदाहरण छोड्नुभएको छ । हामीलाई यहाँ “उहाँको पाइलामा हिँड्न बोलाइएको छ जसले कहिल्यै पाप गर्नुभएन, जसले कहिल्यै झुटो बोल्नु भएन, जसले अपमानित हुँदा कहिल्यै जवाफ दिनुभएन; र जसले दुःख भोग्दा पनि बदला लिने धम्की दिनुभएन; तर आफ्नो मुद्दा धार्मिक रुपमा न्याय गर्नुहुने परमेश्वरलाई सुम्पिरहनुभयो” (१ पत्रुस २ः२१–२३) । “परमेश्वरको साँचो अनुग्रह” बुझेको ख्रीष्टियानले पनि यसरी नै व्यवहार गर्छ ।