WFTW Body: 

सबै विश्वासीहरु भविष्यवकता हुनको लागि बोलाईएका हुँदैनन। तर सबै विश्वासीहरुलाई भविष्यवाणी गर्न उत्सुकतापूर्वक लालसा गर्नकोलागि आज्ञा गरिएको छ(१ किरिन्थी१४.१)। यो नयाँ करारको युगमा पवित्र आत्माले भरिनुको परिणाम मध्ये एक हो(प्रेरित २.१७,१८)। भविष्यवाणी गर्नु (नयाँ करारको अर्थ) भनेको मानिसहरुलाई उत्साह दिनकोलागि उनीहरुसँग बोल्नु, उनीहरुलाई चुनौती दिनु, र उनीहरुलाई बढाउनु हो। (१ कोरिन्थी १४.३) सबै आत्माले भरिएका विश्वासीहरु मण्डली सभामा यसरी भविष्यवाणी गर्न सक्छन्(१ कोरिन्थी १४.३१)। अरु विश्वासीहरुले चाहिँ बोलिएको कुराको न्याय गर्नुपर्छ, र कति परमेश्वरबाटको हो र कति चाहिँ मानिसबाटको हो भन्ने कुरा छुट्याउनुपर्छ- पवित्रशास्त्रहरु मुताबिक जाँच्ने( १ कोरिन्थी १४.२९)।

परमेश्वरले मण्डलीमा कोहिलाई भविष्यवाक्ताको रुपमा नियुक्त गर्नुभएको छ। यी ती व्यक्तिहरु हुन् जसलाई परमेश्वरले ख्रीष्टको शरीर निर्माण गर्नको लागि वरदानहरु दिनुभएको छ। भविष्यवक्ताहरु विश्वासीहरुलाई चुनौती दिन र स्थिर पार्न धेरै वचनहरु बाँड्छन्। हामी पढ्छौँ कि, " अनि यहुदा र सिलासले, आफै पनि भविष्यवक्ताहरु भएका हुनाले धेरै वचनहरुद्वारा भाइहरुलाई अर्ती दिए र तिनीहरुलाई स्थिर पारे" (प्रेरित १५.३२) तर थोरै विश्वासीहरुलाई मात्र भविष्यवक्ताहरु हुनको लागि बोलाइएको छ (१ कोरिन्थी १२.२८; एफेसी ४.११)- र यो सबैले सम्झिनै पर्छ।

मण्डली सभामा भविष्यवाणी गर्ने मानिसलाई सुन्नु भनेको केरा खानु जस्तै हो।हामीले बोक्रा(जुन मानिस हो) फाल्नु पर्छ र बोक्रा भित्रको मात्र खानुपर्छ(जुनचाहिँ परमेश्वर बाटको हो)। नयाँ विश्वासीमा बाहिरको बोक्रा चाहिँ बाक्लो हुन्छ अनि परमेश्वरबाटको बोक्राभित्रको गुदि चाहिँ थोरै हुन्छ।तर हामी त्यो थोरै लिन भए पनि खुसी छौँ। तर अनि परिपक्व विश्वासीमा चाहिँ, बोक्रा पातलो हुन्छ र परमेश्वरबाटको भित्री गुदिचाहिँ धेरै हुन्छ।बहिनीहरुले पनि भविष्यवाणी गर्न सक्छन्।(प्रेरित २.१७,१८)। तर पेन्टेकोष्टको दिनमा नयाँ करारको सुरुवात भएपछि हामी कोहि पनि स्त्री भविष्यवक्ता देख्दैनौँ।त्यहाँ कुनै स्त्री प्रेरित पनि थिएनन्।

जोकोहिले पनि भविष्यवाणी गर्छन् उनीहरुले आफ्नो विश्वासको नाप अनुसार मात्र गर्नुपर्छ(रोमी १२.६)। त्यसैले हो, पावलले "त्यसैले प्रभु भन्नुहुन्छ" भन्ने जस्तो वचन प्रयोग गर्न डराउँथे।उनले बरु यसरी भन्थे "म सोच्दछु, परमेश्वरका आत्मा मसँग हुनुहुन्छ"( १ कोरिन्थी ७.४०)। हामीले "त्यसैले प्रभु भन्नुहुन्छ" जस्तो शब्दहरु कहिल्यै प्रयोग गर्नुहुन्न, जब हामी भविष्यवाणी गर्छौँ, यर्मियाले हामीलाई यस्ता शब्दहरुको प्रयोग गर्न सचेत गराए(यर्मिया २३.२१)। जब हामी भविष्यवाणी गर्छौँ, हामीले सधै अरु विश्वासीहरुलाई हाम्रो सन्देश परमेश्वरबाटको हो कि होइन भन्ने कुरा जाँच्न र निर्णय गर्न अनुमति दिनुपर्छ।

हामीले यो कुरा पनि मनमा राख्नुपर्छ कि कुनै नयाँ-करारका भविष्यवक्ताले अरूहरूलाई कुनै खास परिस्थितिमा के गर्नुपर्दछ भनेर निर्देशन दिएका छैनन् (पुरानो करारका भविष्यवक्ताहरूले गरेको जस्तै)। प्रेरित ११.२८ मा हामी देख्छौं कि अगाबसले भविष्यमा आउनेवाला अनिकालको पूर्वानुमान गरेका थिए तर कसले यसको बारेमा के गर्नुपर्छ भन्ने कुराको बारेमा उनले कहिल्यै एउटा शब्द पनि बोलेनन् । त्यस्तै गरी, प्रेरित २१:११ मा, उनले पावल यरूशलेम गए भने कैदमा लगिनेछन् भनेर भने तर उनले पावललाई जाने कि नजाने भनेर भनेनन्। यसको कारण यो हो कि आज प्रत्येक विश्वासीसँग पवित्र आत्मा हुनुहुन्छ - र आत्मा नै हुनुहुन्छ जसले प्रत्येक विश्वासीलाई उसले के गर्नु पर्ने हो भन्ने कुरा बताउनुहुन्छ। यद्यपि पुरानो करार अन्तर्गत, मानिसहरूलाई डोर्याउनको लागि उनीहरुभित्र बास गर्ने आत्मा हुनुहुन्नथ्यो। यसकारण आत्मा भएका अगमवक्ताहरूले तिनीहरूलाई प्रभुले उनीहरुले के गरेको चाहनुहुन्छ भन्ने कुरा बताउनुपर्थ्यो।

तर यी चेतावनीहरूको बाबजुद पनि त्यहाँ धेरै अपरिपक्व विश्वासीहरू छन् जो पुरानो करारका भविष्यवक्ताहरू जस्तो व्यवहार गर्दछन् र उनीहरू आज पनि विश्वासीहरूलाई उनीहरुले के गर्नु पर्छ भनेर निर्देशन दिन्छन् । टायरमा त्यस्ता केही अहंकारी र अपरिपक्व विश्वासीहरू थिए जसले प्रेरित पावलको लागि "आफ्नै आत्माद्वारा" समेत "अगमवाणी" गरे र "यरूशलेम नजाऊ" भने (प्रेरित २१:४))। तर पावलले उनीहरूको निर्देशनलाई चुपचाप बेवास्ता गरे र गए (प्रेरित २१:१३)। पछि प्रभुले पावललाई यो पुष्टि गरिदिनुभयो कि उनी वास्तवमै यरूशलेम गएको उहाँको इच्छा थियो (प्रेरित २३:११)। त्यसकारण टायरमा रहेका ती विश्वासीहरू उनीहरूको तथाकथित "भविष्यवाणी" मा पूर्ण रूपमा गलत थिए। यो प्रभुबाट आएको थिएन। हामीले हाम्रो मण्डलीका विश्वासीहरूलाई चेताउनी दिनुपर्दछ कि कुनै पनि "निर्देशिन दिने भविष्यवाणी" (तथाकथित) सुन्नुहुन्न जसले उसलाई के गर्ने वा के नगर्ने भनेर बताउँछ - ताकि तिनीहरू धोकामा नपरुन्।

नयाँ-करार भविष्यवाणीको मुख्य उद्देश्य भनेकप (१) परमेश्वरका जनहरूलाई उनीहरूका पापहरूबाट बचाउनु र (२) मण्डली निर्माण गर्नु हो। हामीले हाम्रो मण्डलीहरूको सबै सभाहरूमा यो बताउनै पर्छ - किनकि येशू यी दुई उद्देश्यका लागि आउनुभयो: (१) आफ्ना मानिसहरूलाई सबै पापहरुबाट बचाउन (नयाँ नियममा पहिलो प्रतिज्ञा - मत्ती १:२१); र (२) उहाँको मण्डली निर्माण गर्न (मत्ती १६.१८))।

अर्कोतर्फ, यदि तपाईले पापबाटको छुटकारा र ख्रीष्टको शरीरमा सम्बन्ध गाँस्ने बारेमा भन्दा आत्माको वरदानको अभ्यास गर्ने बारेमा बढि प्रचार गर्नुभयो भने तपाईको मण्डली चाँडै कोरेन्थको मणडली जस्तो हुनेछ - आत्माका सबै वरदानहरू प्रयोग गर्ने ( १ कोरि १.१७), तर शारीरिक, अपरिपक्वता र झगडाले भरिएको। र तपाईंको मण्डली पनि लाओडिसियाको मण्डली जसरी नै अन्त हुन सक्छ - दु: खी, दयनीय, ​​गरीब, अन्धो र नाङ्गो, र थाहै नपाइकन (प्रकाश ३.१७)। त्यो विपत्ति हुनेछ।

यदि तपाईं नयाँ नियम मण्डली निर्माण गर्न चाहनुहुन्छ भने तपाईंको प्रचारको जोड येशू र प्रेरितहरूको शिक्षाको जस्तै जोड हुनुपर्दछ - अनि आजका धेरैजसो मण्डलीहरूमा हामी जे सुन्छौं त्यसमा होइन।