द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च भगवानलाई चिन्ने
WFTW Body: 

पुरानो करारमा, परमेश्वरले मानिसहरुलाई नीजि जीवनमा अनैतिक हुँदा पनि प्रयोग गर्नु भयो । शिम्शोनले इस्राइएलीहरुलाई वचाउन सक्यो ऊ पापमा जिइरहेको अवश्थामा पनि । उसले व्यभिचार गर्दा पनि परमेश्वरको आत्माले उसलाई छोडेन । परमेश्वरको अभिषेकले त्यतिखेर मात्र छोड्यो जब उसले कपाल खौर्यो र परमेश्वर सँगको करार तोड्यो । दाउदका धेरै श्रीमतीहरु थिए । यद्यपि परमेश्वरको अभिषेक उसमाथि रहिरह्यो र उसले धर्मशास्त्र पनि लेख्यो ।

तर, नयाँ करारको सेवकाई नितान्त फरक छ । २ कोरिन्थी ३ ले पुरानो करार र नयाँ करारमा भएको सेवकाईको भिन्नताहरु देखाउँदछ । भिन्नता मुख्यतया यो होः पुरानो करारमा, पुजाहारीहरुले सावधानी पूर्वक व्यवस्था पढे र मानिसहरुलाई परमेश्वरले उहाँको वचनमा के भन्नुभएको थियो त्यो सिकाए । तर नयाँ करारमा, हामीले येशूलाई पछ्याउँदछौँ जसले परमेश्वरको वचन उहाँको भित्री जीवनबाट नै बोल्नुभयो र आफ्नो पितासँग हिड्नुहुन्छ । जीवनबाट नै सेवकाई गर्नु र ज्ञान द्वारा प्रचार गर्नुमा धेरै फरक छ ।

जानकारी मात्रै वताउने जो कोही प्रचारक पनि पुरानो करारको एक प्रचारक हो । उसले दिने सबै जानकारीहरु सही हुन पनि सक्दछ । तर यदि उसले जीवन संचार गरेको छैन भने ऊ नयाँ करारको सेवक होइन । पुरानो करार लिखित अक्षरको एउटा करार थियो जब कि नयाँ करार जीवनको करार हो । लिखित अक्षरले मार्छ तर आत्माले जीवन दिनुहुन्छ ।

पुरानो करार भित्र, परमेश्वरले पालन गर्नको लागि इस्राइएलीहरुलाई व्यवस्था दिनुभयो । तर नयाँ करार भित्र, परमेश्वरले एउटा उदाहरण दिनुभएको छ - येशूको व्यक्तिमा । उहाँको जीवन मानिसको निम्ति ज्योति हो । ज्योति आज एउटा सिद्धान्त वा सिकाइ होइन, तर हामी द्वारा प्रकट भएको येशूको आफ्नै जीवन हो । यो बाहेक अरु सबै अन्धकार हो - यो प्रचारकको सिद्धान्त किन नहोस् ।

पुरानो करार भित्र, परमेश्वरको लिखित व्यवस्था ज्योति थियो, जसै हामीले भजन संग्रह ११९ः१०५ मा पढ्दछौं । तर पछि वचन देहधारी हुनुभयो र येशू आफै संसारको ज्योति हुनुभयो (यूहन्ना ८ः१२) । उहाँको जीवन संसारको निम्ति ज्योति थियो (यूहन्ना १ः४) । तर येशूले उहाँका चेलाहरुलाई भन्नुभयो, म संसारमा हुन्जेल म नै संसारको ज्योति हुँ (यूहन्ना ९ः५) । उहाँ अहिले स्वर्गमा गइसक्नुभएको छ, उहाँले हामीलाई संसारको ज्योति हुनको लागि संसारमा छोड्नुभएको छ (मत्ती ९ः५) । त्यसैले हाम्रो जिम्मेवारी धेरै ठूलो छ, त्यो ज्योतिलाई अगाडि देखाउने - हाम्रो जीवन द्वारा ।

पुरानो करारमा पवित्रस्थान मण्डलीको एउटा तस्वीर थियो । त्यो पवित्रस्थानमा, जसरी तपाईले जान्नुहुन्छ, तीनवटा भागहरु थिए - एउटा बाहिरी भाग, एक पवित्रस्थान र एउटा अति पवित्रस्थान (जहाँ परमेश्वर वस्नुहुन्थ्यो) । बाहिरी भागका मानिसहरुले ती विश्वासीहरुको संकेत गर्दछन् जसका पापहरु मात्र क्षमा भएका छन् । तिनीहरुले स्थानीय मण्डलीमा कुनै जिम्मेवारी वहन गर्दैनन् । तिनीहरु सँगतीमा आउँदछन्, सन्देश सुन्दछन्, तिनीहरुका भेटी दिन्छन्, रोटी भाँच्दछन् र घर जान्छन् । पवित्रस्थानका मानिसहरु ती हुन् जो केही तरीकाले मण्डलीमा सेवा गर्ने कोसिस गर्दछन् - लेवीहरुले जस्तै जसले सामदानमा वत्ती बाल्दथे र वेदीमा धूप राख्दथे । तर अति पवित्रस्थान भित्रकाहरु ती हुन् जसले नयाँ करारमा प्रवेश गर्दछन्, परमेश्वर सँगको सँगती खोज्दछन् र अरु चेलाहरु सँग एउटै शरीर झैं एक भएका हुन्छन् । तिनीहरुले आफ्नो जीवनबाट सेवकाई गर्दछन् र वास्तविक मण्डली निर्माण गर्दछन्, कार्यारत मण्डली, त्यो जो शैतान सँग लड्दछ र ख्रीष्टको शरीरलाई पवित्र राख्दछ । यद्यपि धेरै मण्डलीहरुमा, त्यस्तो केन्द्रीय भाग हुँदैन ।

प्रत्येक मण्डलीमा - सबैभन्दा राम्रोमा र सबैभन्दा नराम्रोमा - बाहिरी भागमा बस्नेहरु एउटै प्रकारका हुनेछन् - उदासीन, संसारिक, आफ्नो खोज्ने, पैसा प्रेमी र सजिलो र आनन्द प्रेमी । तर एउटा असल मण्डलीमा ईश्वरीय अगुवाहरुको बलियो केन्द्रीय भाग हुुनेछ । यसले मण्डली कुन दिशामा जाने निक्र्योल गर्दछ ।

केन्द्रीय भाग प्रायः दुुई जना मानिसबाट सुरुवात हुँदछ, जो एक अर्कामा एक भएका छन् । परमेश्वर उहाँहरु सँग हुनहुनेछ र भित्री भाग आकार र एकतामा बढ्न थाल्नेछ । एउटा मानव शरीर पनि दुई वटा भिन्न इकाई बाट सुरु भएर आमाको गर्भमा एक हुँदछ । जब त्यो सुक्ष्म भु्रण बढ्न थाल्दछ, कोशिकाहरु सबै एकतामा रहिरहन्छन् । तर यदि कुनै समय ती कोशिकाहरु एकअर्काबाट अलग हुँदछन्, त्यो क्षण शिशुको अन्त हुँदछ !

विल्कल त्यस्तै स्थानीय मण्डली निर्माण ख्रीष्टको शरीरको अभिव्यक्ति हो । यदि केन्द्रीय भाग विभाजित हुँदछ, त्यो वास्तविक मण्डलीको अन्त्य हुनेछ, वाहिरी संरचना संस्थागतरुपमा जारी रहेता पनि !

(अर्को हप्ता जारी रहनेछ)