"धन्य शोक गर्नेहरु, किन भने तिनीहरुले सान्त्वना पाउनेछन्" (मत्ती ५ः४) । "सान्त्वना" शब्दको अर्थ "बलियो पारिएको" हो । यसको बीचमा "एफ-ओ-आर-टी" भन्ने सानो शब्द छ । "किल्ला" भनेको विशाल सैन्य संरक्षित क्षेत्रको तस्वीर हो - बलियो बनाइएको किल्ला । "धन्य शोक गर्नेहरु, किनभने तिनीहरुलाई सान्त्वना दिइनेछ ।" संसारका मानिसहरु सबै प्रकारका कुराहरुको लागि शोक गर्छन् । या त उनीहरुले पैसा गुमाए, वा उनीहरुले आफ्नो प्रियजन गुमाए, वा उनीहरुले आफ्नो प्रतिष्ठा गुमाए, वा उनीहरुले यस पृथ्वीको केही गुमाए, जस्तै उनीहरुको मर्यादा, उनीहरुको पद, उनीहरुको जागिर, वा त्यस्तै अरु केही कुरा । तर येशूले त्यस्तो शोकको बारेमा कुरा गरिरहनु भएको छैन । यो कसैले मलाई चोट पुर्यायो भनेर शोक गर्नु होइन, न त यो मेरो आफ्नै दुःखको लागि रुनु हो ।
येशू कहिल्यै आफ्नो दुःखको लागि रुनुभएन, तर उहाँ अरुको लागि रुनु भयो । हामी पढ्छौं कि उहाँ यरुशलेमको लागि रुनु भयो (लूका १९ः४१) र उहाँ लाजरसको चिहानमा रुनुभयो (यूहन्ना ११ः३५), तर मानिसहरुले उहाँलाई गरेको व्यवहारको लागि उहाँ एकचोटी पनि रुनुभएन, चाहे तिनीहरुले उहाँलाई शैतान भनुन् वा उहाँमाथि थुकुन् । उहाँ कहिल्यै आफ्नो लागि रुनुभएन । त्यति मात्र होइन, जब उहाँले कू्रस उठाउँदै क्रूसको बाटोमा ठेस खाँदै हुनुहुन्थ्यो, हामी लूका २३ः२७ मा पढ्छौं कि उहाँले क्रूस बोक्दै गर्दा मानिसहरुको ठूलो भीड उहाँलाई पछ्याउँदै थियो, र केही महिलाहरु विलाप गर्दै थिए र ठूलो स्वरमा रोइरहेका थिए जब तिनीहरुले उहाँलाई कोर्रा र पिटाइ खाएको देखे, र उहाँको टाउकोबाट र पछाडिबाट रगत बगिरहेको थियो, उहाँको टाउकोमा काँडाको मुकुट थियो । येशूले फर्केर तिनीहरुलाई के भन्नुभयो, तिमीलाई थाहा छ ? "यरुशलेमका छोरीहरु मेरो लागि रुनु बन्द गर ! म ठीक छु; हो, मेरो ढाड च्यातिएको छ, मेरो टाउकोमा काँडाको मुकुट छ, र म एउटा गह्रौं क्रूस बोकेर हिँडिरहेको छु । म केही क्षणमा मारिनेछु, तर म पूर्ण रुपमा ठीक छु किनकि म परमेश्वरको इच्छाको केन्द्रमा छु" (लूका २३ः२८) !
के तपाईं सबैभन्दा बढी पीडामा भएको बेला त्यस्तो मनोवृत्ति राख्न सक्नुहुन्छ ? "मेरो लागि नरोऊ, म ठीक छु, तर यदि तिमीहरु रुन चाहन्छौ भने, आफ्नो लागि र आफ्नो छोराछोरीहरुको लागि रोऊ - तिनीहरुको आत्मिक अवस्था हेर ।" तिनीहरु फरिसीहरु हुन्, लुगा लगाएका र धेरै भव्य देखिने । तर तिनीहरुका आत्मिक अवस्था हेर । ख्रीष्ट फर्केर आउनुहुँदा तिनीहरुलाई के हुनेछ र तिनीहरुले पहाडलाई भन्नेछन्, "हामी माथि खस र हामीलाई छोप" (लूका २३ः३०) ? येशूको मनोवृत्ति त्यही हो । गीतले भने जस्तो आफ्नै दुःखको लागि उहाँसँग आँसु थिएन, तर मेरो दुःखहरुको लागि पसिनाको थोपा बग्छ ।
येशूको साँचो चेलाले शोक गर्छ किनभने ऊ ख्रीष्ट जस्तो छैन; पाप गर्दा र गल्ती गर्दा उसले शोक गर्छ । मानिसहरुले आफूसँग गर्ने व्यवहारको लागि उसले शोक गर्दैन । उसले विश्वास गर्छ कि ख्रीष्टको लागि अपमानित हुनु यो पृथ्वीमा उसको नियुक्त भाग हो । तर पाप वा असफलताले परमप्रभुको अनादर गर्दा ऊ शोक गर्छ । जब ऊ आत्मिक रुपमा उच्चस्तरमा जान्छ, ऊ अरुको पापको लागि, अरुको असफलताको लागि पनि शोक गर्छ, जसरी येशू यरुशलेमको लागि रुनुभएको थियो । येशूले भन्नुभएको शोक यही हो । "धन्य शोक गर्नेहरु, किनभने तिनीहरुलाई बल दिइनेछ ।" सायद हामीमध्ये कतिपयलाई बलियो नबनाइनुको कारण हामी आफ्नो पापको लागि शोक गरिरहेका छैनौं ।
त्यो भन्दा माथि अरुको पापको लागि शोक गर्नु अझ उच्च स्तर हो । प्रेरित पावल त्यो उच्च तहमा पुगेका थिए । उनले कोरिन्थीहरुलाई भने, जो अति नराम्रो सँग असफल भएका थिए, "मलाई डर छ कि जब म तिमीहरुकहाँ आउँछु, मेरा परमेश्वरले मलाई तिमीहरुको सामु नम्र तुल्याउनुहुनेछ" (२ कोरिन्थी १२ः२१) । परमेश्वरले पावललाई किन नम्र बनाउनुपर्छ ? उसले यस्तो धार्मिकताको जीवन बिताएको थियो, र आफ्नो विरुद्धमा कुनै पाप नभएकोमा सचेत थियो । तर उहाँ भन्नुहुन्छ, "म तिमीहरु मध्ये धेरैको लागि शोक गर्नेछु जसले विगतमा पाप गरेका छन् र जसले आफ्नो अशुद्धता, अनैतिकता, र कामुकताको लागि पश्चाताप गरेका छैनन् ।" उनले आफ्नो मण्डलीको बीचमा भएका केही कुराहरुको सूची दिन्छन् (पद २०)ः डाहा, क्रोध, रिसको झगडा, निन्दा, कुरा कटाई, अहंकार, अशान्ति, आदि । आफूलाई परमेश्वरका जन भनेर चिनाउने मानिसहरुका सबै पापहरुका बारेमा सोच्दा उहाँ रुनुभयो, किनभने उहाँ तिनीहरुका आत्मिक पिता हुनुहुन्थ्यो । यो त ठ्याक्कै त्यस्तै हो जसरी एक संसारिक पिता आफ्नो छोरा धेरै विरामी हुँदा रुनुहुन्थ्यो । यदि बुबा आत्मिक सोच राख्ने व्यक्ति भएको भए, आफ्नो छोरा लागुपदार्थ वा खराब बानीमा फस्दै गएकोमा उनी धेरै दुःखी हुनेथिए । पावल कोरिन्थीहरुका लागि आत्मिक पिता थिए, र प्रत्येक साँचो ख्रीष्टियान गोठाला वा पास्टर आफ्नो बगालको लागि आत्मिक पिता हुनुपर्छ । आत्मिक पिताको चिन्ह यो हो कि उहाँले बगालको आलोचना मात्र गर्नुहुन्न, तर पावलले कोरिन्थीहरुका लागि रोएझैं तिनीहरुका लागि पनि रुनुहुनेछ । त्यस्तो व्यक्ति मात्र आत्मिक अगुवा हुन योग्यको हुन्छ । यशैया ४९ः१० (यशैया ४९ आत्मिक नेतृत्वको बारेमा एक महान अध्याय हो) मा भनिएको छ, "जनता माथि दया गर्नेले तिनीहरुलाई डोर्याउनेछ ।"
आत्मिक अगुवा हुन को योग्यको छ ? त्यो उही हो जसलाई मानिसहरु प्रति करुणा छ । अनि त्यसैले मत्ती ५ः४ मा भएको "शोक" ले आफ्नो लागि, आफ्नो पापको लागि, आफ्नो ख्रीष्टसँगको भिन्नता र अरुको लागि शोक गर्नुलाई जनाउँछ । यदि हामीले त्यसो गर्यौं भने हामी बलियो हुनेछौं, र यदि यस बाटोमा हिँड्यौं भने अरु मानिसहरुलाई पनि बलियो बनाउन सक्षम हुने शक्ति पाउनेछौं ।