प्रभु येशू यहोवाको सेवक हुनुहुन्थ्यो । अनि "उसको मालिकले जे भन्छ त्यही गर्नु नोकरको सबैभन्दा महत्वपूर्ण कुरा हो" (१ कोरिन्थी ४ः२ - टिएलबी बाइबल) । उहाँले आफ्नो जीवन आफ्नो पिताको कुरा सुन्दै बिताउनुभयो, र यसरी थकान वा निराशा 'व्यस्तता' बिना आफ्ना पिताको सबै इच्छा पूरा गर्नुभयो । उहाँले आफ्नो मानवीय रुचिहरुलाई मार्नुभयो । उहाँ प्राणमा सिमित हुनुहुन्थेन । उहाँ आत्मिक हुनुहुन्थ्यो ।
येशूले आफ्नो जीवनमा प्रार्थनालाई उच्च प्राथमिकता दिनुभयो । उहाँ प्रायः उजाडस्थानमा गएर प्रार्थना गर्नुहुन्थ्यो (लूका ५ः१६) । एक पटक उहाँले बाह्र चेलाहरुको छनौटको बारेमा पिताको इच्छा जान्नको लागि पूरै रात प्रार्थनामा बिताउनुभयो (लूका ६ः१२, १३) । प्राणमा सिमित ख्रीष्टियानले परमेश्वरको प्रतीक्षामा बिताएको समयलाई समयको बर्बादी ठान्छन्, र आफ्नो विवेकलाई शान्त पार्न मात्र प्रार्थना गर्छन् । प्रार्थना उसको जीवनमा असाध्य आवश्यकता होइन, किनकि ऊ आफैंमा विश्वस्त छ । यद्यपि, आत्मिक मानिस सबै कुराको लागि सधैं परमेश्वरमा निर्भर रहन्छ, र यसरी, पूर्ण आवश्यकता सहित प्रार्थनामा रहन्छ ।
येशूले भन्नुभयो कि उहाँको वचन सुन्नु नै एउटै आवश्यकता थियो (लूका १०ः४२) । बेथानिकी मरियम यसको उदाहरण थिइन् । अर्कोतर्फ, मार्था, निःस्वार्थ सेवामा व्यस्त भए पनि, मरियमको आलोचना गर्ने र बेचैन थिइन् । ती दुई बहिनीहरुमा, हामी प्राणमा सिमित र आत्मिक गतिविधि बीचको भिन्नता देख्छौं । मार्थाले प्रभु र उहाँका चेलाहरुको सेवा गर्दा कुनै पाप गरिरहेकी थिइनन् । तैपनि उनी मरियमको आलोचना गर्ने र बेचैन थिइन् । यो आत्मिक सेवाको स्पष्ट चित्र हो । प्राणमा सिमित ख्रीष्टियान अशान्त र चिढिने हुन्छ । ऊ आफ्नै कामहरु बाट रोकिएको हुँदैन, र परमेश्वरको विश्राममा प्रवेश गरेको हुँदैन (हिब्रू ४ः१०) । उसको मनसाय राम्रो छ, तर उसले महसुस गरेको छैन कि उसको आफ्नै कामहरु जतिसुकै राम्रा भए पनि, परिवर्तन पछि पनि परमेश्वरको नजरमा "फोहोर झुत्रा" समान हुन् (यशैया ६४ः६) ।
अमालेकका असल भेडाहरु (शरीर) खराब भेडाहरु जत्तिकै परमेश्वरलाई अस्वीकार्य छन् (१ शमूएल १५ः३, ९-१९) । तर मानव तर्कले यो बुझ्न सक्दैन । असल भेडाहरु परमेश्वरलाई दिन सकिने बेलामा फ्याँक्नु मूर्खतापूर्ण देखिन्छ । तर परमेश्वरले आज्ञाकारिताको माग गर्नुहुन्छ, बलिदानको होइन । "आज्ञापालन गर्नु बलिदान भन्दा असल हो" (१ शमूएल १५ः२२) । तर यदि हामीले परमेश्वरले भन्नुभएको कुरा सुनेनौं भने हामी कसरी आज्ञाकारिता देखाउन सक्छौं ? आज्ञाकारिता भन्दा पहिले सुनाई आउनुपर्छ । त्यसैले येशूले भन्नुभयो कि एउटा आवश्यक कुरा उहाँको आवाज सुन्नु हो । बाँकी सबै कुरा त्यसैमा निर्भर हुन्छ ।
मार्था जस्तै 'सेवा' गर्नेहरु, जतिसुकै इमानदार किन नहोस्, वास्तवमा आफ्नै सेवा गरिरहेका हुन्छन् । तिनीहरुलाई प्रभुको सेवक भन्न सकिँदैन, किनकि नोकरले सेवा गर्नु अघि आफनो मालिकले के भन्छ भनेर सुन्न पर्खन्छ ।
यदि हामी आत्मनिर्भरताबाट मुक्त भएका छौं भने, हामीले सोलोमनले जस्तै प्रार्थना गर्नेछौं, "हे परमप्रभु मेरो परमेश्वर, तपाईंको दासलाई असल र खराब बीचको भिन्नता छुट्याउन सक्ने हृदय दिनुहोस्" (१ राजा ३ः७, ९ मार्जिन बाइबल) । येशूलाई थाहा थियो कि उहाँले के असल छ (यसको उच्चतम अर्थमा) र के खराब छ, उहाँको पिताको इच्छा के थियो र के थिएन भन्ने कुराको भिन्नता छुट्याउनलाई उहाँले आफ्नो पिताको कुरा सुन्नु पर्छ ।
यरुशलेमको मन्दिरको सुन्दर नाम भएको ढोका बाहिर, येशूले प्रायः एक लङ्गडो मानिसलाई भिक्षा मागिरहेको देख्नुभयो । तर उहाँले उसलाई निको पार्नुभएन, किनभने उहाँसँग उहाँको पिताबाट त्यसो गर्नको लागि कुनै निर्देशन आएन । पछि, उहाँ स्वर्गमा उक्लनुभएपछि, पत्रुस र यूहन्नाले त्यो मानिसलाई निको पारे, पिताको सिद्ध समयमा, र त्यसको परिणामस्वरुप धेरै मानिसहरु प्रभुतिर फर्किए (प्रेरित ३ः१-४ः४) । त्यो मानिसलाई निको पार्ने पिताको त्यो समय थियो, पहिले होइन । यदि येशूले त्यो मानिसलाई पहिले नै निको पार्नुभएको भए पिताको इच्छालाई उहाँले बाधा पुर्याउनुहुने थियो । उहाँलाई थाहा थियो कि पिताको समय सिद्ध थियो, र त्यसैले उहाँ कहिल्यै पनि केहि गर्नलाई हतार गर्नुभएन ।
येशूको जीवन पूर्ण आरामको जीवन थियो । पिताको सबै इच्छा पूरा गर्नलाई उहाँसँग हरेक दिन २४ घण्टामा पर्याप्त समय थियो । तर यदि उहाँले आफूलाई राम्रो लाग्ने काम गर्ने निर्णय गर्नुभएको भए, दिनको २४ घण्टा पर्याप्त हुने थिएन र उहाँको धेरैजसो दिन अशान्त हुन्थ्यो । येशू आफूमा आउने हरेक अवरोधमा आनन्दित हुन सक्नुहुन्थ्यो, किनकि उहाँले स्वर्गमा बस्नुहुने एक सार्वभौम पिताले आफ्नो दैनिक तालिका योजना गरिरहनुभएको थियो भन्ने तथ्यलाई स्वीकार गर्नुभयो । त्यसैले उहाँ कहिल्यै अवरोधहरुबाट चिढिनुभएन । येशूको जीवनले हाम्रो भित्री जीवनलाई पनि पूर्ण विश्राममा ल्याउनेछ । यसको अर्थ यो होइन कि हामी केही गर्नेछैनौं, तर हामी हाम्रो जीवनको लागि पिताको योजनामा जे छ त्यो मात्र गर्नेछौं । त्यसपछि हामी हाम्रो आफ्नै पूर्व-निर्धारित कार्यक्रम भन्दा पिताको इच्छा पूरा गर्न बढी उत्सुक हुनेछौं ।
प्राणमा सिमित ख्रीष्टियानहरु 'आफ्नै काम' गर्न यति इच्छुक हुन्छन् कि तिनीहरु प्रायः चिढिने र अशान्त रहने खाले हुन्छन् । तिनीहरुमध्ये केहीलाई अन्ततः आशंकित वा शारीरिक रुपमा कमजोर बनाउँछ ।
येशूलाई आशंकित भएर कमजोर हुनु असम्भव थियो, किनकि उहाँ आफ्नो भित्री मनुष्यत्वमा पूर्ण विश्राममा हुनुहुन्थ्यो । उहाँले हामीलाई भन्नुहुन्छ,
मेरो जुवा आफूमाथि बोक र मेरो उदाहरणबाट सिक, अनि तिमीहरुले पनि आफ्नो प्राणमा विश्राम पाउनेछौ (मत्ती ११ः२९) ।
यो येशूको महिमा हो जुन परमेश्वरको आत्माले हामीलाई वचनमा देखाउनुहुन्छ र उहाँले हामीलाई जान्नदिन र हामी मार्फत प्रकट गर्न चाहनुहुन्छ ।
प्रभु हाम्रो गोठालो हुनुहुन्छ र उहाँले आफ्ना भेडाहरुलाई आरामको चरनमा लैजानुहुन्छ । भेडाहरुले आफ्नो कार्यक्रमको योजना आफैंले बनाउँदैनन् वा अर्को कुन चरनमा जाने भनेर निर्णय गर्दैनन् । तिनीहरु केवल आफ्नो गोठालोलाई पछ्याउँछन् । तर गोठालोलाई यसरी पछ्याउनको लागि आत्मविश्वास र आत्मनिर्भरताबाट मुक्त हुनुपर्छ । येशूले नम्रतापूर्वक आफ्नो पितालाई पछ्याउनुभयो । तर प्राणमा सिमित ख्रीष्टियानहरु भेडा बन्न चाहँदैनन्, र त्यसैले तिनीहरुको बुद्धिले तिनीहरुलाई बहकाउँछ । हाम्रो बुद्धि परमेश्वरबाटको एक अद्भुत र सबैभन्दा उपयोगी उपहार हो, तर यदि त्यो हाम्रो जीवनमा प्रभुको स्थानमा उच्च पारियो भने यो सबै उपहारहरुमध्ये सबैभन्दा खतरनाक हुनसक्छ ।
प्रभुले आफ्ना चेलाहरुलाई प्रार्थना गर्न सिकाउनुभयो, "हे पिता, तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पनि पूरा होस् ।" स्वर्गमा परमेश्वरको इच्छा कसरी पूरा हुन्छ ? त्यहाँका स्वर्गदूतहरु 'परमेश्वरको लागि केही गर्न' कोसिस गर्दै दौडँदैनन् । यदि तिनीहरुले त्यसो गरे भने स्वर्गमा गडबड हुनेछ । तिनीहरु के गर्छन् ? तिनीहरु परमेश्वरको उपस्थितिमा उहाँले के आज्ञा दिनुहुन्छ भनेर सुन्न पर्खन्छन्, र त्यसपछि तिनीहरुलाई व्यक्तिगत रुपमा जे गर्न भनिएको छ त्यही गर्छन् । गब्रिएल स्वर्गदूतले जकरियालाई भनेका शब्दहरु सुन्नुहोस्, "म गब्रिएल हुँ जो परमेश्वरको उपस्थितिमा उभिन्छु; र म तिमीसँग कुरा गर्न पठाइएको हुँ..." (लूका १ः१९) । प्रभु येशूले पनि यही स्थिति लिनुभयो - उहाँको पिताको उपस्थितिमा पर्खने, उहाँको आवाज सुन्ने र उहाँको इच्छा मुताविक काम गर्ने ।
प्राणमा सिमित ख्रीष्टियानहरुले कडा परिश्रम र धेरै त्याग गर्न सक्लान्, तर अनन्तताको स्पष्ट प्रकाशले प्रकट गर्नेछ कि "तिनीहरुले रातभरि परिश्रम गरे तर केही पनि पक्रेनन् ।" तर जसले दिनहुँ आफ्नो क्रुस उठाए (आफ्नो प्राणले खोजेको जीवनलाई इन्कार गरे र त्यसलाई मारे) र प्रभुको आज्ञा पालन गरे, त्यस दिन माछाले भरिएका जालहरु हुनेछन् (यूहन्ना २१ः१-६) ।
"जो कोही मैले योजना गरेको कामबाट आफूलाई अलमल्याउँछ," येशूले भन्नुभयो, "त्यो परमेश्वरको राज्यको लागि योग्यको छैन" (लूका ९ः६२ टिएलबी बाइबल) । "प्रभुमा तिमीले पाएको सेवामा ध्यान देऊ, र त्यो पूरा गर" (कलस्सी ४ः१७) ।
हाम्रा स्वर्गीय पिताले नरोप्नुभएको हरेक बोट उखेलिनेछ (मत्ती १५ः१३) ।
प्रश्न यो होइन कि बिरुवा राम्रो छ कि छैन, तर त्यो कसले रोपेको हो । कुनै पनि कुराको वैध सृष्टिकर्ता केवल परमेश्वर हुनुहुन्छ । बाइबल "आदिमा परमेश्वर हुनुहुन्थ्यो" भन्ने शब्दहरुबाट सुरुवात हुन्छ । हाम्रा सबै कार्यहरु पनि त्यस्तै हुनुपर्छः यदि तिनीहरु सधैंभरि रहन चाहन्छन् भने, तिनीहरु परमेश्वरबाट उत्पन्न भएका हुनुपर्छ, हाम्रो सोचबाट होइन ।
जसले परमेश्वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहनेछ (१ यूहन्ना २ः१७) ।
बाँकी सबै नष्ट हुनेछन् ।
त्यसोभए, हामी आफैलाई यो प्रश्न गरौंः
के म परमेश्वरको इच्छामा बाँचिरहेको छु र परिश्रम गरिरहेको छु ?