द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   घर चर्च चेलाहरू
WFTW Body: 

यदि कसैले पवित्रता छ भनी दाबी गर्छ तर ईश्वरीय प्रेम प्रकट गर्दैन भने, उसमा जे छ त्यो साँचो पवित्रता होइन तर फरिसीको 'धार्मिकता' हो । अर्कोतर्फ, जो सबैको लागि धेरै प्रेम छ भनी दाबी गर्छन् तर पवित्रता र धार्मिकतामा जिउँदैनन्, तिनीहरु पनि तिनीहरुको कमजोर भावनात्मकता ईश्वरीय प्रेम हो भनी भ्रममा परेका हुन्छन् ।

फरिसीहरु सँग 'धार्मिकता' थियो जुन कडा र सुक्खा थियो । तिनीहरु हड्डीको कंकाल जस्तै थिए - कडा र घृणित । तिनीहरु सँग केही सत्य थियो, तर सबै विकृत र अनुपात बाहिर ।

येशूसँग सबै सत्य थियो । उहाँ फरिसीहरुले भन्दा बढी परमेश्वरको व्यवस्थाको प्रत्येक अंश र शीर्षकको पक्षमा उभिनुभयो । तर उहाँ हड्डी मात्र हुनुहुन्थेन । हड्डीहरु मासुले ढाकेका थिए, जसरी परमेश्वरले मानिसलाई बनाउनु भएको थियो - सत्यलाई प्रेमले ढाकेको थियो । उहाँले सत्य बोल्नुभयो, तर उहाँले प्रेममा भन्नुभयो (एफिसी ४ः१५) । उहाँको वचनहरुमा अख्तियार थियो, तर तिनीहरु दयालु पनि थिए (लूका ४ः२२, ३६) ।

यही आचरण हो जुन पवित्र आत्माले हामी सँग संचार गर्न र हामी मार्फत प्रकट गर्न चाहनुहुन्छ ।

परमेश्वर प्रेम हुनुहुन्छ । उहाँले मायालु व्यवहार मात्र गर्नुहुन्न । उहाँ आफ्नो भित्री आचरणमा नै प्रेम हुनुहुन्छ । येशूमा देखिने परमेश्वरको महिमाले यो स्पष्ट रुपमा प्रकट गर्दछ । उहाँ "असल काम" गर्दै जानुभयो (प्रेरित १०ः३८) । तर त्यो किनभने परमेश्वरको प्रेम उहाँको सम्पूर्ण अस्तित्वमा उर्लेर आयो ।

हाम्रो भित्री मानिसमा पवित्रता र नम्रता जस्तै प्रेमको शुरुवात छ । आत्माले भरिएको मानिसको भित्री अस्तित्वबाट नै जीवनका नदीहरु बग्दछन् (यूहन्ना ७ः३८, ३९) । हाम्रो विचार र मनोवृत्तिले (कहिल्यै व्यक्त नगरे पनि) हाम्रो शब्द र कार्य र हाम्रो व्यक्तित्वमा गन्ध ल्याउँदछ । र अरुले सहजै यो गन्ध पत्ता लगाउन सक्छन् । प्रेमका शब्दहरु र कार्यहरु कुनै पनि कुराहरुको लागि गणना गरिनेछैनन्, यदि अरु प्रति हाम्रो विचार र मनोवृत्ति स्वार्थी र आलोचनात्मक रहन्छ भने । परमेश्वरले "भित्री अस्तित्वमा सत्यता" चाहनुहुन्छ (भ.सं. ५१ः६) ।

येशूले सबै मानिसहरुलाई उच्च मूल्य दिनुभयो र त्यसैले सबै मानिसहरुलाई आदर गर्नुभयो । ईश्वरीय र संस्कारी र बुद्घिमानलाई आदर गर्न सजिलो हुन्छ । हामीले ख्रीष्टमा हाम्रा सबै सँगी-विश्वासीहरुलाई प्रेम गर्दा हामीले ठूलो उचाइमा पुगेका छौं भनेर पनि सोच्न सक्छौं । तर सबै मानिसहरु प्रतिको येशूको प्रेममा परमेश्वरको महिमा देखियो । येशूले उसको गरिबी, अज्ञानता, कुरुपता वा सँस्कृतिको कमी प्रति कहिल्यै कसैलाई तुच्छ ठान्नुभएन । उहाँले विशेष रुपमा भन्नुभयो कि सारा संसार र यसमा भएका सबै कुरा एक मानव आत्मा जत्तिकै मूल्यवान छैन (मर्कुश ८ः३६) । यसरी उहाँले मानिसहरुको कदर गर्नुभयो । र यसरी उहाँ सबै मानिसहरुमा प्रसन्न हुनुभयो । उहाँले मानिसहरुलाई शैतान द्वारा छलिएको र बाँधिएको देख्नुभयो, र उहाँले तिनीहरुलाई मुक्त गर्न चाहनुहुन्थ्यो ।

येशूले देख्नुभयो कि मानिसहरु थोकहरुभन्दा धेरै महत्वपूर्ण छन् । येशूले मानिसहरुलाई यति धेरै माया गर्नुभयो कि उहाँ तिनीहरु सँगै पूर्णरुपमा चिनिनु भयो र तिनीहरुलाई चाहनु भएको महसुस गराइ दिनुभयो । उहाँले तिनीहरुका बोझ साझेदारी गर्नुभयो र दबिएकाहरुका लागि कृपाल शब्दहरु, र जीवनको लडाईहरुमा पराजितहरुका लागि प्रोत्साहनका शब्दहरु बोल्नुभयो । उहाँले कहिल्यै पनि कुनै मानिसलाई बेकार ठान्नुभएन । तिनीहरु कच्चा वा मोटो हुनसक्छन्, तर तिनीहरु अझै पनि मानिसहरु थिए जसलाई उद्घार गर्नु आवश्यक थियो ।

अर्कोतर्फ, उहाँको लागि कुनै पनि कुराहरुको महत्व थिएन । भौतिक थोकहरुको कुनै मूल्य हुँदैन जबसम्म तिनीहरु अरुको फाइदाको लागि प्रयोग हुँदैनन् । कसैले कल्पना गर्नसक्छ कि यदि छिमेकीको बच्चाले येशूको सिकर्मी पसलमा गएर महँगो चीज तोड्यो भने, यसले येशूलाई कुनै पनि हालतमा विचलित गर्ने थिएन, किनकि त्यो बच्चा भाँचिएको चीजभन्दा धेरै मूल्यवान् र महत्वपूर्ण थियो । उहाँले मानिसहरुलाई माया गर्नुभयो, चीजबिजहरुलाई होइन । चीजबिजहरु मानिसहरुलाई मद्दत गर्न प्रयोग गर्नुपथ्र्यो ।

पवित्र आत्माले हाम्रो मनलाई नवीकरण गर्नुहुन्छ ताकि हामीले "परमेश्वरको दृष्टिकोणले झैं चीजबिजहरुलाई देख्नसकौं" (कलस्सी १ः९ - फिलिप) । कुनै व्यक्तिलाई माया गर्नुभनेको उसलाई परमेश्वरले देखेको जस्तो देख्नु हो - करुणाको साथ ।

परमेश्वर आफ्ना जनहरुका लागि गीत गाएर आनन्दित बन्नुहुन्छ (सपन्याह ३ः१७) । र येशू परमेश्वरको आत्माले भरिनु भएको हुनाले, उहाँले आफ्ना पिताको आनन्द उहाँको आफ्नै छोराछोरीहरुमा साझेदारी गर्नुभयो । त्यसै गरी मानिसहरुलाई परमेश्वरको दृष्टिकोणबाट हेर्नको लागि मन नवीकरण भएका सबैसँग पनि त्यस्तै हुनेछ । येशूले अन्य मानिसहरुको बारेमा सोच्नुहुने विचारहरु सधैं र निरन्तर रुपमा प्रेमका विचारहरु थिए - तिनीहरुका अप्ठ्यारो वा तिनीहरुको असभ्यताको लागि आलोचनाको विचार कहिल्यै थिएन । त्यसकारण मानिसहरुले उहाँको आत्माको मीठो सुगन्ध पत्ता लगाउन सक्षम थिए, "र साधारण मानिसहरुले उहाँलाई खुशीसाथ सुने" (मर्कुश १२ः३७ - केजेभी) । यो प्रेम हो जुन परमेश्वरले हाम्रो हृदयमा भरिदिनुहुन्छ जब हामी पवित्र आत्माले भरिन्छौं (रोमी ५ः५) ।