WFTW Body: 

प्रकाशको पुस्तकमा दिईएको स्वर्गको सातैवटा झलकहरुमा हामी स्वर्गीय प्राणीहरुले ठूलो सोरले निरन्तर परमेश्वरको प्रशंसा गरिरहेका देख्छौँ- कहिलेकाहिँ त चट्याङहरु जस्तो चर्को आवाज र नदिहरुको गर्जन झैँ। यो स्वर्गको माहोल हो- निरन्तर प्रशंसाको, कुनै गुनासो र मागहरुबिनाको। र यहि माहोल हो जुन पवित्रआत्माले हाम्रो जीवनमा, हाम्रा घरहरुमा र मण्डलीमा पनि ल्याउने चाहना गर्नुहुन्छ। यसरी शैतान यी ठाँउहरुबाट टाढा लगिनेछ।

स्वर्गको एउटा पक्ष प्रकाश ४.१० मा देखिन्छ। त्यहाँ हामी पढ्छौँ कि 'चौबिस प्राचीनहरुले सिंहासनमा बस्नुहुनेको सामु लम्पसार परेर सदासर्वदा जिउनुहुनेलाई दण्डवत गर्छन् र यसो भन्दै आ-आफ्ना मुकुतहरु सिंहासनको सामु राखिदिन्छन् '। स्वर्गमा केवल येशुको शिरमा मुकुट हुनेछ, अरु कसैको होइन। र त्यहाँ बाँकि रहेका हामी सबैजना सामान्य दाजुभाई दिदिबहिनी हुनेछौँ। त्यहाँ स्वर्गमा कुनै बिशेष दाजुभाइ वा दिदिबहिनी छैनन्। मण्लीमा जो दाजुभाइ वा दिदिबहिनी विशेष हुन खोज्छन्, उनीहरुले मण्डलीमा नरकको वातावरण ल्याउँछन्। जब हामी पिताको सामु उभिँन्छौँ, हामीले कहिल्यै पनि केहि कुराको लागि घमण्ड गर्ने छैनौँ। हामीसँग जे जति छ, त्यो हामीले उहाँको सामु राखिदिनेछौँ। स्वर्गमा कसैले पनि कहिल्यै "यो मेरो हो" भन्ने छैन, आफूसँग केहि भएको भएतापनि (आफूले पाएको मुकुटको बिषयमा पनि भन्दैन)। जब स्वर्गीय माहोलले हाम्रा मण्डलीहरुमा फैलिन थाल्छ, हामी पनि हामीसँग भएको केहि कुराको सम्बन्धमा पनि "यो मेरो हो" भन्ने छैनौँ। सबै कुराहरु परमेश्वरको मानिनेछ र त्यसैले पृथ्वीमा परमेश्वरको राज्यको बिस्तारको लागि पनि सबैकुराहरु स्वतन्त्रतापूर्वक उपलब्ध हुनेछ।

स्वर्गमा परमेश्वरको ईच्छा कसरी पुरा हुन्छ? मलाई चारवटा कुराहरु उल्लेख गर्न दिनुहोस्। सबैभन्दा पहिले, स्वर्गदूतहरु परमेश्वरको आदेशको निरन्तर पर्खाइको स्थायी अवस्थामा छन्। उनीहरु पहिले परमेश्वर बोल्नुभएको होस् भन्ने प्रतीक्षामा हुन्छन्- र त्यसपछि मात्र उनीहरु व्यवहार गर्छन्। त्यसैले, जब हामी प्रार्थना गर्छौँ, "तपाईको ईच्छा स्वर्गमा झैँ पृथ्वीमा पनि पुरा होओस्"(मत्ती ६.१०) यसको मतलब यो हो, कि सबैभन्दा पहिले हामीलाई परमेश्वरले के भन्न चाहनुहुन्छ भन्ने कुरा सुन्न चाहन्छौँ। दोस्रो कुरा, जब परमेश्वर बोल्नुहुन्छ, स्वर्गदुतहरुले तुरुन्तै आज्ञा मानिहाल्छन्। अनि तेस्रो कुरा, जब परमेश्वर स्वर्गमा केहि कुरा आज्ञा गर्नुहुन्छ, त्यो पुर्ण रुपमा गरिन्छ। र अन्तमा, स्वर्गदुतहरुको आज्ञाकारिता आनन्दमय हुन्छ।

स्वर्गमा, त्यहाँ आशिषमय सङ्गति छ। त्यहाँ कसैमाथि प्रभुत्व गर्ने (नियन्त्रण जमाउने) कुरा छैन। सबै एक अर्काको सेवक हो। स्वर्गमा बिलकुलै फरक आत्मा हुन्छ, किनकि त्यहाँ परमेश्वर पिता हुनुहुन्छ। उहाँले मानिसहरुलमा प्रभुत्व जमाउनुहुन्न तर प्रेमिलो भावमा गोठालो गर्नुहुन्छ र तिनीहरुको सेवा सुसार गर्नुहुन्छ। यस्तो प्रकृतिको हिस्सा हामी हुनपर्छ। हामी अहिले विश्वासयोग्य भयौँ भने हामीलाई मुकुटको प्रतिज्ञा गरिएको छ। यसको मतलब के हो? के यसको मतलब हामी त्यसोभए मानिसहरुमाथि शासन गर्नेछौं? होइन, हुँदै होइन। यसको मतलब यो हो कि हामी जो यस पृथ्वीमा हाम्रा भाइहरुको सेवा गर्न चाहन्छौँ, तर विभिन्न सीमितताको कारणले सिद्ध तबरले गर्न सक्दैनौँ, स्वर्गमा ती सबै सीमितता हटेको हामी पाउँछौँ, अनि हामी सिद्ध तबरले अरुको सेवा गर्न सक्नेछौँ। यसरी हाम्रो हृदयको चाहना पुरा हुनेछ। स्वर्गमा सबैभन्दा महान् व्यक्ति स्वयं येशु नै हुनुहुनेछ, अनि उहाँ नै सबैको लागि सबैभन्दा ठूलो सेवक हुनुहुनेछ। उहाँको आत्मा सधैँ सेवाको आत्मा हुनेछ। मण्डलीलाई अरुले यसको स्वाद चाखोस् भनेर परमेश्वरले स्वर्गको एउटा सानो नमूना हुनको लागि यस पृथ्वीमा राख्नुभएको छ। मण्डलीमा सबैभन्दा मूल्यवान् दाजुभाई र दिदिबहिनीहरु ती हुन् जसले मण्डलीमा स्वर्गको माहोल ल्याउन सक्छन् र जसले त्यस मण्डलीमा दाजुभाइहरु र दिदिबहिनीहरुमाझ सङ्गति निर्माण गर्न सक्छन्। अनि यसको लागि प्राचीन हुनै पर्छ भन्ने आवश्यकता छैन। हामी सबैसँग यस्तो बहुमूल्य दाजुभाइ र दिदिबहिनी हुने मौका छ। सोच्नुहोस् कि त्यहाँ मण्डलीमा कुनै दाजुभाइ वा दिदिबहिनी हुनुहुन्छ, जो जब घर वा बैठकमा आउँछन्, तब कोठामा स्वर्गबाट शुद्ध हावा हल्का बहिरहेको जस्तो हुन्छ। त्यस्ता व्यक्तिहरु कति बहुमूल्य दाजुभाई वा दिदिबहिनी हुन्! यदि उ केवल पाँच मिनेटकै लागि भएपनि तपाईको घरमा रोकिएर तपाईँलाई भेट्छ भने, तपाई ताजा महसुस गर्नुहुन्छ। तपाईलाई यस्तो अनुभव हुन्छ कि पाँच मिनेटको लागि स्वर्ग तपाईको घरमा आयो! हुन सक्छ तपाईलाई उसलले कुनै प्रवचन दिएन होला र पवित्रशास्त्रबाट कुनै एउटा पनि प्रकाशको वचन दिएन होला। तर ऊ अति नै शुद्ध थियो। ऊ उदास वा क्रुद्ध थिएन र उसँग कसैको विरोधमा कुनै गुनासो थिएन।