WFTW Body: 

परमेश्वरलाई सुन्नको लागि हरेक दिन समय निकाल्नुहोस् ।

एउटा वाक्यांश जुन बारम्बार बाइबलको प्रत्येक पहिलो अध्यायमा देखा पर्दछ त्यो होः "त्यसपछि परमेश्वरले भन्नुभयो" ।

परमेश्वरले ती ६ दिनहरुका प्रत्येक दिनमा केही भन्नुभयो, जब उहाँले अस्तव्यस्त पृथ्वीलाई पुनर्निर्माण गर्नुभयो । अनि प्रत्येक चोटी परमेश्वरले बोल्नुभयो, पृथ्वी एउटा राम्रो ठाउँ भयो ।

त्यसैले, बाइबलको ठीक पहिलो पृष्ठमा हामीले एउटा धेरै महत्वपूर्ण सत्य सिक्दछौं कि हामीले हरेक दिन परमेश्वरले के भन्नुहुन्छ त्यो सुन्नैपर्छ । अनि यदि परमेश्वरले हामीलाई प्रत्येक दिन के भन्नुहुन्छ त्यसमा समर्पित हुन्छौं भने हामी असल र उपयोगी ख्रीष्टियानमा रुपान्तरित हुनेछौं ।

परमेश्वरले हामी सँग के बोल्न चाहनुहुन्छ त्यो सुन्नु र बाइबल केवल पढ्नुमा धेरै फरक छ । याद राख्नुहोस्, येशूलाई क्रुसमा टाँग्ने मानिसहरु ती थिए जसले हरेक दिन तिनीहरुका बाइबल पढ्दथे । तिनीहरुले तिनीहरुका बाइबलहरु पढे तर तिनीहरुका हृदयमा परमेश्वरले बोल्नुभएको कहिल्यै पनि सुनेनन् (प्रेरित १३ः२७ हेर्नुहोस्) । त्यही जोखिमको हामीले पनि सामना गर्दछौं । अनि त्यसपछि, हामी पनि तिनीहरु जस्तै अन्धो हुनसक्छौं ।

उत्पत्ति १ ले पनि परमेश्वरले हामीसँग दैनिक बोल्ने इच्छा गर्नुहुन्छ भनेर हामीलाई सिकाउँदछ ।

तर धेरैजसो ख्रीष्टियानहरुले दैनिक परमेश्वरलाई सुन्दैनन् । तिनीहरुले केवल मानिसहरुका लेखहरु पढ्दछन् !

उत्पत्ति १ मा हामी पढ्दछौं कि जहिले पनि परमेश्वरले बोल्नुभयो, अलौकिक कुराहरु घट्यो । यदि परमेश्वरले हाम्रो हृदयमा बोल्नुभएको कुरा हामीले प्रचार गर्यौं भने हाम्रो सेवकाइमा पनि त्यसरी नै हुनसक्छ ।

पावलले तिमोथीलाई उसको शिक्षाभन्दा पहिला उसको आफ्नै जीवनलाई ध्यान दिन भन्नुभयो, यदि उसले आफैलाई र अरुलाई बचाउन चाहन्छ भने (१ तिमोथी ४ः१६) । आत्मधोकाबाट उम्कने केवल एउटै उपाय परमेश्वरले हामीलाई के भन्नुहुन्छ त्यो सुन्नु हो ।

येशूले एकचोटी मार्थालाई हप्काउनुभयो, उनी मेरीले जस्तै बसेर उहाँले बोल्दै गरेको नसुनेर धेरै काममा व्यस्त भएकी थिइन् । हाम्रो प्रभुले अगाडि भन्नुभयो कि जे मेरीले गरिन् त्यही नै जीवनमा आवश्यक कुरा थियो (लुका १०ः४२) । शमूएलमा जे मनोवृत्ति थियो हामी सबैमा त्यो हुनैपर्छ, उसले भन्यो, "प्रभु बोल्नुहोस्, तपाईंको दासीले सुन्दैछु" ।

बाइबलको पहिलो पृष्ठमा हामीले के देख्यौं ? जहिले पनि परमेश्वरले बोल्नुभयो, केही कुरा तुरुन्तै पुरा भयोः प्रकाश उत्पादन भयो, पानीबाट जमिन बन्यो, रुखविरुवा, माछा र जनावरहरु सृजना गरिए, इत्यादि ।

यशैया ५५ः१०, ११ ले हामीलाई भन्दछ कि परमेश्वरको मुखबाट निस्कने वचन परमेश्वरले इच्छा गर्नुभएको कुरा पूरा नगरी कहिल्यै रित्तो फर्कने छैन र जे कुराको निम्ति बोलिएको हो त्यसमा त्यो सफल भएर नै छोड्दछ ।

यी पदहरुमा दुई शब्द याद गर्नुहोस् जुन यो संसारका सबै मानिसका निम्ति धेरै मूल्यवान छन् - "उपलब्धि" र "सफलता" ।

हामी सबैले हाम्रो जीवनमा केही उपलब्धि चाहन्छौं र हामी सबै सफल हुन चाहन्छौं । तर जीवन छोटो छ र सफलताका विभिन्न विधिहरुको परीक्षण गर्नको लागि हामी सँग समय छैन - निश्चय आत्मिक कुराहरुको निम्ति छैन । २० वर्ष पश्चात त्यो परमेश्वरको काम गर्ने तरीका थिएन, हामी गलत बाटोमा थियौं भनेर चाल पाउने गरी हामीले प्रभुको काम गर्ने कुनै विधिहरुको प्रयास गर्नुहुन्न ! परमेश्वरले बोल्नुहुने वचन यदि हामीले सुन्यौं भने हामी समयका यस्ता बर्वादीबाट वन्चित रहन सक्छौं । त्यसले सधैं सफलता र उपलब्धि ल्याउनेछ ।