WFTW Body: 

जसै हामी यस वर्षको अन्त्यमा आएका छौँ, त्यहाँ धेरै भाईबहिनिहरु हुनुहुन्छ जसलाई यो लाग्छ कि उहाँहरुले विगतको जिवनमा पाप गरेर परमेश्वरको योजनालाई विफल पार्नुभएको कारणले अब उसो परमेश्वरको सिध्द योजनालाई पुरा गर्न सक्नुहुन्न।

हामी पवित्र शास्त्रले यो विषयमा के भन्छ सो हेरौँ, र आफ्नै विचार र आफ्नै तर्कमा निर्भर नहोऔँ। यो कुरा विचार गर्नुहोस् कि बाइबल कसरी शुरु हुन्छ। "शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो" (उत्पत्ति १:१)। परमेश्वरले सृष्टि गर्नुहुँदा आकाश र पृथ्वी पक्कै पनि पूर्ण भएको हुनुपर्छ, किनकि परमेश्वरको हातबाट कहिल्यै पनि अपूर्ण वा अधुरो कुरा आउँदैन। तर उहाँले बनाउनुभएको केहि स्वर्गदूतहरु पतित भए, र त्यो हाम्रो लागी यशैया १४:११-१५ र इजकिएल २८:१३-१८ मा वर्णन गरिएको छ। त्यसपछि पृथ्वी उत्पत्ति १:२ मा लेखिएको अवस्थामा पुग्यो, "आकार बिना र शुन्य"। बाँकिको उत्पत्ति १ ले बताउँछ कि कसरी परमेश्वरले त्यस आकार बिना, शुन्य, अन्धकारमय पृथ्वीलाई लिएर केहि यस्तो सुन्दर बनाउनुभयो कि उहाँ आफैले त्यसलाई "असल छ" भनि देख्नुभयो (उत्पत्ति १:३१)। हामी उत्पत्ति १:२,३ मा पढ्छौँ कि परमेश्वरका आत्मा पानीको माथि हिँड्नुहुन्थ्यो, र परमेश्वरले आफ्नो वचन बोल्नुभयो - र यहि कुराले त्यहाँ भिन्नता ल्यायो। आज हाम्रो लागि त्यसमा के सन्देश छ? केवल यो कि हामी चाहे जति नै असफल भए पनि वा हामीले हाम्रो जिवनलाई जति नै बिगारेर राखेता पनि, परमेश्वरले आफ्नो आत्मा र वचनद्वारा अझै पनि हाम्रो जिवनबाट कुनै महिमित कुरा बनाउन सक्नुहुन्छ। परमेश्वरले आकाश र पृथ्वी बनाउनुहुँदा उहाँसँग त्यसको निम्ति सिध्द योजना थियो। तर परमेश्वरको यो योजना लुसिफरको पतनको कारणले छोड्नुपरेको थियो। तर परमेश्वरले आकाश र पृथ्वी बनाउनुभयो र त्यस बिग्रीएको अवस्थाबाट पनि केहि "असल" कुरा बनाउनुभयो।

अब यस पछि के भयो भन्ने कुरालाई ध्यान दिनुहोस्। परमेश्वरले आदम र हव्वालाई बनाउनुभयो र सबै कुरा फेरी शुरु गर्नुभयो। परमेश्वरसँग उनिहरु दुईको लागी पक्कै पनि केहि योजना भएको हुनुपर्छ, जसमा पक्कै पनि उनिहरुले असल र खराबको ज्ञान दिने रुखको फल खाएर, पाप गर्ने कुरा समावेश थिएन। तर उनिहरुले त्यस नखानु भनि आज्ञा गरेको रुखबाट फल खाए र उनिहरुको निम्ति परमेश्वरले गर्नुभएको मूल योजनालाई विफल पारे - त्यो योजना चाहे जे भएता पनि। हाम्रो तर्कले अब हामीलाई यो बताउनेछ कि तिनीहरुले परमेश्वरको सिध्द योजनालाई अब पूरा गर्न सक्दैनन्। तर पनि हामी देख्न सक्छौ कि जब परमेश्वर उनिहरुलाई भेट्न बगैँचामा आउनुभयो, उहाँले तिनीहरुलाई यो भन्नुभएन कि अबदेखि उनिहरु आफ्नो पुरै जिवन उहाँको दोस्रो उत्तम योजनाको अन्तर्गत जिउन पर्छ। होइन। उहाँ उनिहरुसँग उत्पत्ति ३:१५ मा प्रतिज्ञा गर्नुहुन्छ कि नारीको सन्तानले सर्पको टाउको कुच्च्याउनेछ। त्यो ख्रीष्ट संसारको पापहरुको निम्ति मर्नुहुने र कल्भरीमा शैतानमाथी विजय पाउनुहुने कुराको प्रतिज्ञा थियो।

अब तपाई यो वास्तविकताको बारेमा सोच्नुहोस् र हेर्नुहोस् र तपाई यसको तर्क निकाल्नुहोस्। हामी सबैलाई थाहा छ कि ख्रीष्टको मृत्यु परमेश्वरको अनन्त देखिको सिध्द योजनाको भाग थियो। "संसारको उत्पत्तीदेखि नै मारिनुभएको थुमा" (प्रकाश १३:८)। तर हामी यो पनि जान्दछौँ कि ख्रीष्ट आदम र हव्वाले पाप गरेको र परमेश्वरको सिध्द योजनालाई असफल पारेको कारणले मात्र मर्नुभयो। त्यसैले, तर्कपूर्ण रुपमा हामी यो भन्न सक्छौँ कि ख्रीष्टलाई संसारका पापहरुको निम्ति मारिन पठाउने परमेश्वरको सिध्द योजना आदमको असफलताको बाबजुद होइन, तर आदमको असफलताको कारणले पूरा भयो! यदि आदमले पाप नगरेको भए, हामीले कल्भरीको क्रूसमा परमेश्वरको प्रेमलाई देखाएको कुरा जान्ने थिएनौँ।

उसोभए बाईबलको शुरुवात देखिको पृष्ठबाट परमेश्वरले हामीलाई बताउन चाहनुभएको सन्देश के हो त? केवल यो कि उहाँले एक असफल व्यक्तिलाई ल्याउन सक्नुहुन्छ र त्यस व्यक्तिबाट केहि महिमित कुरा निकाल्न सक्नुहुन्छ र अझै पनि उसको जिवनमा परमेश्वरको सिध्द योजनालाई पूरा गराउन सक्नुहुन्छ। यो मानिसको निम्ति परमेश्वरको सन्देश हो - र हामीले यो कुरा कहिल्यै भूल्नुहुँदैनः परमेश्वरले एउटा बारम्बार असफल भएको मानिसलाई लिन सक्नुहुन्छ, र अझै पनि उसलाई आफ्नो सिध्द योजना पूरा गराउन सक्नुहुन्छ - परमेश्वरको दोस्रो असल योजना होइन, तर परमेश्वरको उत्तम योजना। किनकी असफलता पनि परमेश्वरको सिध्द योजना हुनसक्छ, त्यो व्यक्तिलाई केहि बिर्सन नसक्ने पाठहरु सिकाउनको निम्ति।

तपाईको भूल वा असफलता चाहे जे पनि हुनसक्छ, तपाईले परमेश्वरसँग एउटा नयाँ शुरुवात गर्न सक्नुहुन्छ। परमेश्वरले अझै पनि तपाईको जिवनबाट केहि महिमित कुरा निकाल्न सक्नुहुन्छ। त्यसैले हामी "परमेश्वरलाई महिमा दिँदै विश्वासमा बलियो रहौँ" (रोमी ४:२०), अहिल्यै सम्म हामीले असम्भव सोचेका कुराहरुलाई आउँदो दिनमा परमेश्वरमा पूरा भरोसा राखेर अघि बढौँ। सबै मानिसहरु - जवान र बूढोले - आशा राख्न सक्छन्, उनिहरु विगतमा जति नै असफल भएता पनि; यदि उनिहरुले आफ्नो असफलतालाई स्वीकार गर्छन्, नम्र हुन्छन् र परमेश्वरमा भरोसा राख्छन् भने। त्यसैले हामी सबैले आफ्नो असफताद्वारा सिक्न सक्छौँ र हाम्रो जिवनमा परमेश्वरको सिध्द योजनालाई पूरा गर्न अघि बढ्छौँ भने। र आउँदो वर्षहरुमा, उहाँले हामीलाई उदाहरणको रुपमा देखाउन सक्नुहुन्छ कि जो असफल थिए उनिहरुलाई लिएर परमेश्वरले के गर्न सक्नुहुन्छ। त्यस दिन उहाँले हामीमा के गर्न सक्नुहुन्छ भनि देखाउनुहुन्छ, "ख्रीष्ट येशूमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने युगहरुमा उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति।" (एफेसी २:७)।

हल्लेलूयाह!