द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   मूल सत्य
WFTW Body: 

तपाई आफैँले गर्न सक्नुहुने रोचक बाईबल अध्ययन प्रेरित पावलको प्रार्थनाबाट गर्न हुनसक्छ। रोमी देखि २ तिमोथीसम्म पावलका धेरै प्रार्थनाहरु छन्, र तपाईले यो पाउनुहुन्छ कि उनको प्रार्थना सधै आत्मिक कुराहरुको लागि थियो। तिनीहरु धनी होउन्, तिनीहरुलाई बस्नको लागि राम्रोा घरहरु होउन् वा तिनीहरु आफ्ना कामहरुमा अघि बढून् भनेर उनले कहिल्यै यो प्रार्थना गरेनन् । उनले कहिल्यै पनि यी भौतिक कुराहरुको विषयमा प्रार्थना गरेनन्। उनले सधै गहिरो अनन्त आत्मिक कुराहरुको लागि प्रार्थना गरे, किनकी पावलले आफ्नो हृदयमा यो कुरा बलियो गरी पक्रेका थिए कि संसारमा भएका सबै कुराहरु क्षणिक हुन्।

यो यस्तो कुरा हो; तपाईले दिल्लीको यात्रा गर्नुभयो र अब पचास वर्षसम्म त्यहि बस्ने सोच्नुभयो, यदि कसैले तपाईको लागि प्रार्थना गर्छ भने, उसले तपाईको दिल्ली तर्फको ट्रेनको यात्रामा तपाईलाई सजिलो समय होस्, र तपाईले ट्रेनमा राम्रो खाना, राम्रो लुगा र आरामको निन्द्रा पाउनुहोस् भनि प्रार्थना गरेर समय बिताउनु पर्दैन। उसले यो प्रार्थना गर्नुपर्छ कि तपाई दिल्लीमा लामो समयसम्म खुसीसाथ रहनुभएको होस्। त्यसैले तपाई देख्नुहुन्छ कि यस संसारमा हाम्रो जीवन अनन्तता सम्म पुग्नको लागि छोटो यात्रा मात्र हो। पावल यो प्रार्थना गरिरहेका थिए कि यस संसारमा तिनीहरु यसरी जिउन् कि जब तिनीहरु अनन्ततामा प्रवेश गर्छन् तब तिनीहरुलाई कुनै पछुतो नहोस्।

कलस्सी १:९ मा, प्रेरित पावल प्रार्थना गर्छन् कि उनीहरु सारा बुध्दि र आत्मिक समझमा उहाँको इच्छा जान्ने ज्ञानले भरिएका होउन्। यस पदको एउटा अनुवाद यसरी गरीएको छ, " तिमीले परमेश्वरको दृष्टिकोणअनुसार कुराहरुलाई हेर्नेछौ भनि म प्रार्थना गरिरहेको छु ।" सबै कुरामा उहाँको इच्छा जान्ने बुध्दि र आत्मिक समझ भनेको तपाईले सबै कुरा परमेश्वरको दृष्टिकोणमा हेर्नुहुन्छ।

जब तपाई आफ्नो मानव शरीरको बारेमा सोच्नुहुन्छ, संसारमा भएका ती सबै दार्शनिकहरुले के भनिरहेका छन् सो कुरालाई नसुन्नुहोस्, त्यसलाई परमेश्वरको दृष्टिकोण अनुसार हेर्नुहोस्। येशू मानव शरीरमा आउनुभयो। त्यसैले यसलाई तुच्छ नठान्नुहोस्। जीवनको सबै कुरालाई परमेश्वरको दृष्टिकोण अनुसार हेर्नुहोस्। आफ्नो निम्ति गर्नको लागि यो असल प्रार्थना हो। "प्रभु, मेरो जीवनमा हुने सबै कुरा, तपाईको दृष्टिकोण अनुसार हेर्न सघाउनुहोस्।"

मेरो जीवनमा आउने त्यस खास परिस्थितिलाई म कसरी हेर्छु, के त्यो खास बिमारी, के त्यो शरीरमा भएको काँडा, के त्यो व्यक्ति जसले मलाई नराम्रो व्यवहार गर्दछ? त्यसलाई परमेश्वरको दृष्टिकोणबाट हेर्नुहोस्। त्यस्ता कुराहरु हुँदा के त्यसले परमेश्वरलाई आश्चर्यचकित तुल्यायो? यसले परमेश्वरलाई आश्चर्य बनाएन। त्यसले मलाई आश्चर्यचकित तुल्यायो, किनकी म एउटा मानिस हुँ जो समय र ठाउँद्वारा सिमीत छ। तर परमेश्वर आश्चर्यचकित हुनुभएन, र जब म फर्कन्छु र परमेश्वरको दृष्टिकोणतिर जान्छु, म मेरो हृदयमा आराम पाएको अनुभव गर्छु र पृथ्वीमा भएका कुराहरु भिन्न देख्छु। यो हामीले गर्नुपर्नेे राम्रो प्रार्थना हो।

यदि तपाईले परमेश्वरको दृष्टिकोणबाट हेर्न सक्ने मण्डली निर्माण गर्न सक्नुहुन्छ भने जहाँ मानिसहरु परमेश्वरको दृष्टिकोणबाट हेर्न सिकेका छन् , तपाईले आत्मिक मण्डली पाउनुभएको छ।