WFTW Body: 

फिलिप्पीहरूलाई लेखिएको पत्रमा आनन्दलाई धेरै जोड दिइएको छ। "सधैँभरि म मेरो हरेक प्रार्थनामा आनन्दसाथ तिमीहरु सबैका लागि विन्ती गर्दछु" (फिलिप्पी १.४)। अनि "प्रभुमा सँधै आनन्द गर; म फेरि भन्दछु, आनन्द गर" (फिलिप्पी ४.४)।

फिलिप्पीको पुस्तक पावल जेलमा छँदा लेखिएका थियो (फिलिप्पी १:१३)। जेलमा छँदा पावलले आनन्दको बारेमा धेरै कुरा लेखेको हेर्नु चुनौतीपूर्ण छ। हाम्रो सबै परिस्थितिहरू सहज भएको बेलामा आनन्दको बारेमा प्रचार गर्नु यो एउटा कुरा हो।हाम्रो परिस्थिति कठिन भएको बेला यसको बारेमा लेख्नु अर्कै कुरा हो। यहाँ भएका पावलका शब्दहरूले हामीलाई यो सिकाउँछ कि एउटा ख्रीष्टियन सबै परिस्थितिहरुमा आनन्दित हुन सक्छ। यही नै ख्रीष्टको मन र स्वभाव हो।

आफू क्रूसमा टाँगिनुभन्दा अघिको रात येशूले आनन्दको बारेमा धेरै कुरा गर्नुभयो (यूहन्ना १५ र १६ मा)। अन्तिम भोजमा, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, " तिमीहरूको आनन्द पूर्ण होस् भनेर नै मैले यी कुरा तिमीहरूलाई भनेको छु हो। तिमीहरुको आनन्द कसैले तिमीहरुबाट खोसेर लैजादैन। मेरो आनन्द तिमीहरुमा रहोस्।" त्यसपछि केहि समयमै उहाँ अपराधी भएजस्तो उहाँलाई झूटो दोष लगाएर सार्वजनिक रूपमा क्रूसमा टाँगिनेवाला थियो। यद्यपि उहाँ अरूहरूसँग आफ्नो आनन्द बाँड्दै हुनुहुन्थ्यो र उनीहरूलाई प्रोत्साहन दिँदै हुनुहुन्थ्यो।


यो पावलमा भएको ख्रीष्टको मन र स्वभाव हो। उनी जेलमा अत्यन्त आनन्दले भरिएका थिए। हामीलाई थाहा छैन यो पत्र लेख्दा पावल कैदीको रूपमा नजरबन्दमा थिए (प्रेरित २८.१६,३०,३१) वा उनी वास्तविक रोमी जेलमै थिए। त्यतिबेलाको रोमी कारागारमा मुसा, लामखुट्टे र घस्रने कीराहरूले भरिएका अँध्यारो कोठाहरू थिए, जहाँ कैदीहरू भुइँमा सुत्नुपर्थ्यो र तिनीहरूलाई थोरै खाना दिइन्थ्यो। यी दुई स्थानहरूमध्ये कुनै पनि स्थानमा पावल भएको हुन सक्छ, परिस्थिति पक्कै पनि रमाइलो थिएन। यद्यपि, यस्तो परिस्थितिमा पावल आनन्दले भरिएका थिए। उनलाई सुसमाचार प्रचार गरेको कारण कैद गरिएको थियो। तर उनमा आफ्नो पीडाको लागि कुनै आँसु थिएन। उनी कसैबाट सहानुभूति चाहँदैनथे। उनी आनन्दले भरिएको थियो।

सान्त्वनाका साथ जीवन बिताउने अनि सानो असुविधाको समेत गुनासो गर्ने ईसाइहरूको लागि पावल यो कत्ति राम्रो उदाहरण हो! हामी कत्ति पटक देख्छौं विश्वासीहरू अरूबाट सहानुभूति प्राप्त गर्न खोजिरहेका हुन्छन् किनकि उनीहरू अलिकति कठिनाईको सामना गरिरहेका हुन्छन् वा सानो परीक्षाबाट गुज्रिरहेका हुन्छन्। यहाँ पावलले आफ्ना दु:खकष्टको बारेमा एक शब्द पनि भनेनन्। उनी भन्छन्, "तिमीहरुको हरेक सम्झनामा मेरा परमेश्वरलाई म धन्यवाद चढाउँछु, सधैँभरि म मेरो हरेक प्रार्थनामा आनन्दसाथ तिमीहरु सबैका लागि विन्ती गर्दछु" (फिलिप्पी १:३,४)। सायद रातभरि लामखुट्टेको टोकाइपछि उनले यो लेखेका थिए कि। वा उनलाई ओढ्ने धेरै न्यानो लुगा थिएन कि। उनको आनन्द उसको परिस्थितिबाट आएको होइन, तर उनले देखेको फिलिप्पीका विश्वासीहरूमाथि भएको परमेश्वरको अनुग्रहबाट।

धेरै वर्ष अगाडि परमेश्वरले उनलाई दिनुभएको दर्शनद्वारा उनी फिलिप्पीतिर डोर्र्याइएका थए(प्रेरित १६:९-१२)। उनले यो दर्शन पछ्याएका थिए र त्यहाँ गएका थिए र मानिसहरूलाई प्रभुमा डोर्र्याएका थिए - र फिलिप्पीमा पनि उनी कैद गरिए। त्यहाँ परिवर्तित भएका झ्यालखानाका हाकिम सम्भवत; फिलीप्पीमा भएको मण्डलीको एल्डर थिए र उनले मानिसहरूलाई त्यतिखेर भन्न सक्थे, "मैले यो मान्छेलाई जेलमा रमाइरहेको देखेको छु।" प्रभुको लागि उपयोगी रूपमा बिताइएको जीवनबाट पावलको आनन्द आयो। जब तपाईं आफ्नो जीवनको अन्तमा आउनुहुन्छ, जब परमेश्वरले तपाईंलाई स्वास्थ्य र बल दिनुभयो त्यो समय तपाईंले आफ्नो जीवन प्रभुको सेवामा बिताउनुभएको,उहाँको राज्यको निम्ति मानिसहरूलाई जम्मा गर्नुभएको र उहाँको मण्डलीको निर्माण गर्नुभएको कुराले तपाईंलाई आनन्दित तुल्याउँनेछ। यो कुरा अहिल्यै सोच्नुहोस्, ताकि जब तपाईं आफ्नो जीवनको अन्तमा आउनुहुनेछ, पावलले जस्तै, तपाईंले परमेश्वरलाई उहाँले तपाईंको जीवनमा के के गर्नुभयो भनेर धन्यवाद दिन सक्नुहुन्छ। फिलिप्पी ४.४ मा पवित्र आत्माले हामीलाई आग्रह गर्नुभयो, "प्रभुमा सधै आनन्द गर" - कहिलेकाँही वा प्रायः समयमा मात्र होइन तर सबै समयमा। यस पदले मलाई धेरै बर्ष पहिले चुनौती दिएको थियो। मैले स्वीकारें गरेँ कि यो पद मेरो जीवनमा सत्य भएको थिएन; अनि तब मैले मेरो जीवनमा यसलाई सत्य बनाइदिनुहोस् भनेर प्रभुसग मागेँ। के तपाईं कहिलेकाँही स्वस्थ हुन चाहनुहुन्छ, वा प्राय: समय स्वस्थ हुन चाहनुहुन्छ, कि सधैँ स्वस्थ हुन चाहनुहुन्छ? हामी सबै सधैँ स्वस्थ हुन चाहन्छौँ।त्यसोभए के तपाईं कहिलेकाँही आनन्ददित हुन चाहनुहुन्छ, वा प्रायजसो समय आनन्दित हुन चाहनुहुन्छ, कि सधैँ आनन्दित हुन चाहनुहुन्छ? तपाईं भन्नुहुन्छ, "के यो सम्भव छ र?परमेश्वरको अनुग्रहद्वारा यो सम्भव छ।

यो असम्भव भएको भए जानीजानी परमेश्वरले हामीलाई त्यस्तो आज्ञा दिनुहुने थिएन। यदि अहिलेसम्म यो हाम्रो जीवनमा सत्य छैन भने, हामी इमानदार भई प्रभुलाई भनौँ। उहाँलाई पवित्र आत्माले भर्नुहोस् र ख्रीष्टको बाहिर भएको संसारको सबै कुरा फोहोर छ भनेर सिकाउनुहोस् भनी माग्नुहोस्। त्यसपछि तपाईं सधै आनन्द गर्नुहुनेछ। विश्वासीहरूमाझ धेरै गनगन, गुनासोहरु छन् किनकि उनीहरूले ख्रीष्ट बाहिरको संसारको सबै कुरालाई फोहोरको रूपमा देखेका छैनन्, - तब त सधैं आनन्द गर्न असम्भव नै छ! जब उनले यी शब्दहरू लेखेका थिए पावल रोमको जेलको कुहिएको कोठामा कैदी थिए। यदि उनी त्यस्तो अवस्थामा आनन्द गर्न सक्छन् भने, हामी किन सक्दैनौ त?