WFTW Body: 

प्रभुले आफ्ना चेलाहरुलाई प्रार्थना गर्न सिकाउनु भएको प्रार्थनामा, सबैभन्दा पहिलो अनुरोध हो, "तपाईंको नाम पवित्र होस्" । प्रभु येशूको हृदयमा यो प्राथमिक चाहना थियो । उहाँले प्रार्थना गर्नुभयो, "पिता, तपाईंको नामको महिमा गर्नुहोस्", र कु्रसको बाटो रोज्नुभयो किनभने त्यो पिताको महिमाको लागि थियो (यूहन्ना १२ः२७, २८) । एउटा सर्वोच्च जोशले प्रभु येशूलाई शासन गर्यो - पिताको महिमा ।

उहाँले जे गर्नुभयो त्यो पिताको महिमाको लागि थियो । उहाँको जीवनमा कुनै छुट्टै पवित्र र धर्मनिरपेक्ष कक्षहरु थिएनन् । सबै कुरा पवित्र थिए । उहाँले परमेश्वरको महिमाको लागि मुढा र बेन्चहरु बनाउनुभयो, जति उहाँले प्रचार गर्नुभयो र परमेश्वरको महिमाको लागि बिरामीहरुलाई निको पार्नुभयो । हरेक दिन उहाँको लागि समान रुपमा पवित्र थियो । दैनिक जीवनका आवश्यकताहरुमा खर्च गरिएको पैसा परमेश्वरको काम वा गरिबहरुलाई दिइने पैसा जत्तिकै पवित्र थियो ।

येशू सधैं हृदयको पूर्ण विश्राममा बस्नुभयो, किनकि उहाँले पिताको महिमा मात्र खोज्नुभयो र उहाँको पिताको अनुमोदनको मात्र वास्ता गर्नुभयो । उहाँ आफ्नो पिताको मुहारको सामु जिउनुभयो र मानिसहरुको सम्मान वा प्रशंसाको वास्ता गर्नुभएन ।

जसले आफ्नै तर्फबाट बोल्दछ उसले आफ्नै महिमा खोज्छ, येशूले भन्नुभयो (यूहन्ना ७ः१८) ।

प्राणमा सिमित ख्रीष्टियान, जतिसकै ऊ देखिए तापनि वा परमेश्वरको महिमा गरेको जस्तो गरेता पनि, वास्तवमा, गहिराइमा उसले आफ्नै सम्मानमा चासो राखेको हुन्छ । अर्कोतर्फ, येशूले आफ्नो लागि कुनै सम्मान खोज्नुभएन ।

जुन कुरा मानिसको चलाखीबाट उत्पन्न हुन्छ र मानिसको चतुर्याइँ र प्रतिभाबाट सम्पन्न हुँदछ, त्यो सधैं मानिसको महिमा गर्दै समाप्त हुन्छ । जुन प्राणमा सुरु हुन्छ, त्यसले मात्र प्राणीको महिमा गर्छ ।

तर अनन्त युगमा स्वर्ग वा पृथ्वीमा कुनै पनि मानिसलाई सम्मान वा महिमा ल्याउने केही कुरा हुनेछैन ।

प्रत्येक थोक जो समयमा रहन्छ र अनन्तको ढोका सम्म प्रवेश गर्नेछ, त्यो परमेश्वरबाटको, परमेश्वर द्वारा र परमेश्वरको लागि हुनेछ ।

कुनै कार्य पछाडिको उद्देश्य नै हो जसले त्यो कार्यलाई मूल्य र योग्यता दिँदछ, जहाँ सम्म परमेश्वरको सरोकार छ ।

हामीले के गर्छौं त्यो महत्वपूर्ण छ, तर हामी किन गर्छौं त्यो झन् महत्वपूर्ण छ ।

येशूले आफ्नो योजना प्राप्त गर्नको लागि आफ्नो पितालाई पर्खनुभयो, र त्यो योजना पूरा गर्ने शक्तिको लागि पनि पितालाई पर्खनुभयो, त्यसैले उहाँले आफ्नो पिताको सबै इच्छा परमेश्वरको शक्तिमा पूरा गर्नुभयो । तर त्यति सबै थिएन । येशू उहाँका केही महान् उपलब्धिहरु पछि पनि प्रार्थना गर्न जानुभयो - उहाँको पितालाई महिमा दिनलाई । उहाँले आफ्नो परिश्रमको फल आफ्नो पितालाई बलिदानको रुपमा अर्पण गर्नुभयो । उहाँले न त आफ्नो लागि सम्मान खोज्नुभयो, न त त्यो उहाँलाई दिइएको बेलामा ग्रहण नै गर्नुभयो (यूहन्ना ५ः४१, ८ः५०) । जब उहाँहरुको ख्याति टाढा-टाढा फैलियो, उहाँ आफ्नो पिताको महिमा गर्न पहाडहरुमा जानुभयो (लूका ५ः१५, १६) । त्यो महिमा आफैंले कहिल्यै नछुने कुरामा उहाँ कटिबद्घ हुनुहुन्थ्यो ।

निरन्तर रुपमा राखिएको यस्तो मनोवृत्तिको परिणाम, पृथ्वीमा येशूको जीवनको अन्त्यमा, उहाँले इमानदारीपूर्वक भन्न सक्नुभयो,

पितामैलेपृथ्वीमातपाईंलाईमहिमादिएकोछु (यूहन्ना१७ः४)

उहाँ मानिसको रुपमा पृथ्वीमा पिताको महिमा गर्न आउनुभएको थियो । त्यही उहाँको उद्देश्य राखेर उहाँ हरेक दिन जिउनुभयो । उहाँले दृढतापूर्वक प्रार्थना गर्नुभयो, कि केवल पिताको महिमा होस्, उहाँको निम्ति जस्तोसुकै मूल्यको भएतापनि । र अन्ततः उहाँ मर्नुभयो ताकि स्वर्गमा जस्तै पृथ्वीमा पितालाई सम्मान र उच्च परिएको र महिमा दिइएको होस् ।

हामीले आफैंलाई सोध्नु पर्दछः