द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चेलाहरू आत्मा भरिएको जीवन
WFTW Body: 

परमेश्वरको सेवाकाईमा पवित्र आत्माको सेवकाई एक अदृश्य सेवाकाई हो। उहाँले आफ्नो कामको कसैले पहिचान गरोस् भन्ने इच्छा धरी नराखी शान्त र अदृश्य रुपमा सहायता गर्नुहुन्छ। मानिसले पिता र पुत्रलाई मात्र महिमा दिँदा, र आफूलाई त्यस चित्रबाट निकालिदाँ पनि उहाँ सन्तुष्ट हुनुहुन्छ। यो कति सुन्दर सेवाकाई छ।

पवित्र आत्माले भरिनु भनेको के हो? यसको अर्थ यो हो कि हामी उहाँ जस्तो हुन्छौ, यो सेवाकाई - शान्त, अदृश्य, कुनै कुराको श्रेय नपाइएको, र अरुलाई आफ्नो कामको श्रेय दिइए तापनि सन्तुष्ट हुनु हो। के हामी साँच्चै यो आत्माले भरिएका छौ?

धेरै जसो व्यक्ति जसले आफू "पवित्र आत्माले भरिएको" दाबी गर्छन्, विभिन्न ख्रिष्टियान सभाहरुमा उपहारको अभ्यास स्वरुप यस्तो प्रतिष्ठाको माग गर्दछन्, आफूलाई उचाल्दछन्, र आफ्नो लागि पैसाको माग राख्दछन्। यो पवित्र आत्माको सेवाकाई हुदैँ होइन। यो कुनै अर्कै किसिमको आत्माको सेवाकाई हो जसले पवित्र आत्माको नक्कल गर्छ। हाम्रो मण्डलिमा भएका यस्ता नक्कली र धोकाहरुलाई बाहिर ल्याउने हाम्रो कर्तव्य हो।

पवित्र आत्माको बप्तिस्मा पाएको चिह्न के हो? येशूले प्ररित १:८ मा यसलाई प्रस्ट पार्नुभएको छ कि त्यसमा सामर्थ्य छ। उहाँले अन्यभाषाको दान पाउनेछौ भनि कहिल्यै पनि बताउनुभएको छैन। न त प्ररितहरुले नै यस बारेमा केहि बताउनुभएको छ। यदि तपाईले पवित्र आत्माको पर्खाइमा बसेका चेलाहरुलाई गएर, "तपाईले पवित्र आत्माको बप्तिसमा पाउनुभएको कसरी थाहा हुन्छ?" भनि प्रश्न गर्नुहुन्छ भनें, उहाँहरुले "म अन्यभाषामा बोल्न सक्नेछु" भनि पक्कै भन्नुहुने थिएन। उहाँहरुले "मैले सामर्थ्य पाउनेछु" भनि बताउनुहुथ्यो। परमेश्वरले हामीलाई त्यस बारेमा उत्ति नै निश्चयता दिनुहुन्छ, जति उहाँले हाम्रो पाप क्षमा भएको निश्चयता दिनुभएको छ। पवित्र आत्मा, जस्ले हामीलाई हाम्रो पापहरु क्षमा भएको गवाहि दिनुहुन्छ, उहाँले नै हामीलाई सामर्थ्य पनि दिनुहुन्छ र त्यसको गवाहि पनि दिनुहुन्छ। परमेश्वरलाई तपाईलाई यि दुबै महत्वपूर्ण कुराहरुको निश्चयता दिनुहोस् भनि माग गर्नुहोस्। त्यसैले उहाँहरु सामर्थ्यको पर्खाइमा हुनुहुन्थ्यो। तर जब उहाँहरुले सामर्थ्य पाउनुभयो, उहाँहरुले अन्यभाषाको दान पनि पाउँनुभयो।

हरेक विश्वासीले सामर्थ्य पाउन् भन्ने इच्छा परमेश्वर गर्नुहुन्छ। सामर्थ्य पाउनुको अर्थ यो होइन कि तपाई एक ज्वलन्त प्रचारक बन्नुहुन्छ। तपाईसँग ख्रिष्टको शरीरमा आफ्नो सेवाकाईलाई पूरा गर्ने सामर्थ्य हुनेछ। मानव शरीरको बारेमा विचार गर्नुहोस्। मानव शरीरको सदस्य हुनका निम्ति, त्यस सदस्यमा रगत बहनुपर्छ। एक नक्कलि हात शरीरको भाग हुन सक्दैन किनकि रगत त्यसमा बहदैन। त्यसैगरी, जो परमेश्वरको रगतले धोइएको छ, ऊ मात्र परमेश्वरको शरीरको भाग हुन सक्छ। तर हातमा रगत बगे तपानि, त्यो पक्षघात भएको हुन सक्छ - र एक काम नलाग्ने सदस्य बन्छ। यदि पक्षघात निको भएर त्यसले सामर्थ्य पाउछ भने पनि, के त्यो जिब्रो बन्छ? बन्दैन! त्यो एउटा शक्तिशालि हात बन्दछ। त्यसैगरी, यदि लाटो जिब्रोले सामर्थ्य पाएर बोल्छ भने त्यो हात बन्दैन। त्यो एउटा बोल्ने जिब्रो बन्दछ। त्यसैले यदि परमेश्वरले तपाईलाई आमा बन्नको निम्ति बोलाउनुभएको छ र तपाई पवित्र आत्माले भरिनुहुन्छ भनें, तपाई एक प्रचारक बन्नुहुनेछैन; तपाई एक सामर्थी, पवित्र आत्माले भरिनुभएको आमा बन्नुहुन्छ।

पेन्टेकोस्टको दिनमा उहाँहरुमाथि देखिएको आगाका जस्ता चिरा परेका जिब्रोले यो सङ्केत दिदँछ कि परमेश्वरले नयाँ करारको युगमा हाम्रो शरीरबाट एउटा महत्वपूर्ण भाग लिनुहुन्छ, र त्यो जिब्रो हो - जुन जिब्रोलाई पवित्र आत्माले हरेक समय नियन्त्रण गर्नुहुन्छ। त्यो अन्यभाषाको दानको चित्रण पनि हो। परमेश्वरले हामीले आफ्नो जिब्रो अरुको आशिषको निम्ति चलाएको चाह गर्नुहुन्छ, तपाइ प्रचारक हुनुहुन्छ भने मात्र होइन, तर मानिसहरुसँगको दिनहुँको साधारण बातचितमा पनि। तर त्यसको लागि तपाईले पवित्र आत्मालाई तपाईको बोलिमा पुरा नियन्त्रण राख्न दिनुपर्छ, दिनमा २४ घण्टा, र हप्तामा सात दिन।