WFTW Body: 

याकूबले परमेश्वरसँग दुई पटक भेटेका थिए - एउटा बेतएलमा (उत्पत्ति २८) र अर्को पनिएलमा (उत्पत्ति ३२)।

बेतएलको अर्थ "परमेश्वरको घर" (एक प्रकारको मण्डली) हो र पनिएलको अर्थ "परमेश्वरको चेहरा" हो। हामीले सबैलाई मण्डलीमा प्रवेश गरे पछि अघि बढेर परमेश्वरको चेहरा देख्न खाँचो छ। बेतएलमा, यस्तो भनिएको छ, "घाम अस्ताइसकेको थियो" (उत्पत्ति २८:११) - यो केवल एउटा भौगोलिक तथ्य हो, तर यसले याकूबको जिवनमा के भइरहेको थियो भन्ने चित्रण पनि दिँदछ, किनकी त्यस पछिको २० वर्ष उनको निम्ति गहिरो अन्धकारको समय थियो। तब पनिएलमा, यस्तो भनिएको छ, "घाम झुल्क्यो" (उत्पत्ति ३२:३१) - यहाँ फेरी पनि एक भौगोलिक तथ्य छ, तर याकूब पनि अन्त्यमा परमेश्वरको ज्योतिमा आएको थियो।

बेतएलमा, याकूबले पृथ्विबाट स्वर्गसम्म पुग्ने भर्याङ देखे। यूहन्ना १:५१ मा, येशूले त्यस भर्याङलाई आफू नै हुँ भनि सन्दर्भ अनुसार व्याख्या गर्नुभयो। त्यसैले, जे याकूबले देखे त्यो साँच्चै येशूले स्वर्गको बाटो खोल्नुहुने भविष्यवाणी थियो। तब परमेश्वरले याकूबलाई उनको सपनामा धेरै कुराहरु प्रतिज्ञा गर्नुभयो। तर याकूब यति सांसारिक सोच भएका व्यक्ति थिए कि उनले केवल सांसारिक सुरक्षा, शारिरिक स्वस्थ्य र आर्थिक उन्नतिको बारेमा मात्र सोच्न सके। र त्यसैले उनले परमेश्वलाई भने, "प्रभु, यदि तपाईले मलाई यस बाटोमा मेरो रक्षा गर्नुभयो र मलाई खानेकुरा र वस्त्रहरु दिनुभयो र मलाई सुरक्षा साथ घरमा ल्याउनुभयो भने, म तपाईलाई मेरो कमाइको दशौं भाग दिनेछु।" याकूबले परमेश्वरलाई पालेको रुपमा हेरे जसले उनको सुरक्षा गर्नु पर्नेथ्यो। र यदि परमेश्वरले त्यो गर्नुभयो भने, याकूबले उहाँलाई आफ्नो तलब दिनेथ्यो - उनको कमाईको दश प्रतिशत!!

आज कति विश्वासीहरुले परमेश्वरसँग यसरी नै व्यवहार गर्दछन्। उनिहरु उहाँबाट केवल भौतिक सुख-सुविधा चाहन्छन्। र यदि परमेश्वरले उनिहरुलाई ति कुराहरु दिनुभयो भने, उनिहरु विश्वासयोग्य रितिले मण्डलीको सभाहरुमा भेला हुन्छन् र प्रभुको कामको लागि पैसाँ दिन्छन्। यस्ता विश्वासीहरु वास्तवमा परमेश्वरसँग आफ्नै सुख र लाभको खोजिमा व्यवसाय गरिरहेका हुन्छन्, ठिक त्यसरी जसरी कुनै सांसारिक व्यापारीले गर्दछ।

याकूबले आफ्नो जिवनको २० वर्ष सांसारिक कुराहरु लिनमा बिताए। उनले लाबानको परिवारबाट श्रिमति लिने कोसिस गरे र दुईवटा पाए! उनि दुईवटा चाहदैन थिए, तर पनि जसरी भए पनि दुई वटा पाए!! तब उनले लाबानसँग धोका गरेर उनको भेडाहरु लिए र त्यसबाट धेरै धनि मानिस बने। उनि लाबानको घरमा बिना पैसा गएका थिए तर त्यहाँबाट फर्कदा धेरै धनि मानिस बन्न पुगे। यसमा कुनै शङ्का छैन कि आजका कैयौँ विश्वासीहरुले जस्तै उनले पनि त्यो सम्पतिलाई परमेश्वरको आशिषको नाम दिए। तर 'परमेश्वरको आशिषको" साँचो चिह्न के हो त? के त्यो सम्पन्नता हो? होइन। त्यो ख्रिष्ट जस्तै बदलि हुँदै जानु हो। यदि परमेश्वर र मानिसहरुका निम्ति तपाईको जिवन अझै पनि केहि काम नलाग्ने छ भने तपाईसँग असल जागिर, राम्रो घर र धेरै सुविधा भएर के फाईदा भयो र? तर परमेश्वरले याकूबसँग अझै पनि व्यवहार गर्न समाप्त गर्नुभएको थिएन। परमेश्वरले उनिसँग पनिएलमा दोस्रो पटक भेट्नुभयो।

म तपाईहरुलाई भन्न चाहन्छु, मेरा भाईबहिनीहरु, कि तपाईहरु मध्ये धेरैलाई परमेश्वरसँग दोस्रो भेट हुन जरुरी छ - त्यो भेट जब तपाई आफ्नो जिवनको सबैभन्दा शुन्य स्तरमा खस्नुहुन्छ - र जब परमेश्वरले तपाईको न्याय गर्रेर नरक पठाउनुको सट्टामा, तपाईलाई पवित्र आत्माले भर्नुहुन्छ!

हामी उत्पत्ति ३२ मा पढ्छौँ कि याकूब डराएका थिए किनकी उनले भर्खरै सुनेका थिए कि एसाब (जसलाई उनले जन्म अधिकारको सन्दर्भमा २० वर्ष अघि धोका दिएका थिए) उनलाई भेट्न आउँदैछन्। उनि पक्का थिए कि एसाबले उनलाई मार्नेछन्। हाम्रो लागि त्यो कुरा धेरै असल हुन्छ जब परमेश्वरले हामीलाई यस्तो परिस्थितिहरुको सामना गर्ने अनुमति दिनुहुन्छ जसले हामीलाई भयभीत पार्छ। किनकि जब हामी मानिसहरुले हामीलाई केहि गर्न सक्ने कुराले डराउछौँ, हामी परमेश्वरको नजिक जाँदछौ। पनिएलमा, याकूब एक्लै थिए (उत्पत्ति ३२:२४)। हामीसँग भेट्नको निम्ति पहिला परमेश्वर हामीसँग एक्लै हुनु जरुरी छ। त्यसैले शैतानले आजको यस संसारलाई व्यस्त हुने बनाएको छ (विशेषगरी सहरहरु) ता कि धेरै विश्वासीहरुलाई समेत परमेश्वरसँग एक्लै हुने समय नहोस्। उनिहरुको जिवन यति व्यस्त भएको छ कि, कम जरुरी भएका कुराहरु (जस्तै परमेश्वर) उनिहरुको जिवन तालिकाबाट पूर्णरुपले निकालिएको छ! यो आजको इसाइजगतको दुखलाग्दो अवस्था हो।

परमेश्वरले त्यस रात याकूबसँग धेरै लामो समयसम्म कुश्ती लड्नुभयो, तर याकूबले हार मानेनन्। त्यो कुश्ती याकूबको पछिल्लो २० वर्षको जिवनमा भइरहेको कुराको सङ्केत थियो। र जब परमेश्वरले याकूब जिद्दी भएको देख्नुभयो, उहाँले अन्त्यमा उसको जाँघको जोर्नी खुस्काउनुभयो। याकूब त्यस समय केवल ९० वर्षका थिए, र उनि धेरै बलियो मानिस थिए। उनको हजुबुबा अब्राहाम १७५ वर्षसम्म बाँच्नुभएको थियो। त्यसैले, हामी यो भन्न सक्छौँ कि याकूब आफ्नो जवानिको शुरुवातका दिनहरुमा थिए, उनको जिवनको लगभव ७५% जिवन अझै बाँकी नै थियो। त्यति सानो उमेरमा नै जाँघको जोर्नी खुस्किनु उनले चाहेको सबैभन्दा अन्तिम कुरा हुन सक्छ - किनकी त्यसले उनले आफ्नो अघिको जिवनको निम्ति बनाएको योजनाहरु सबै भंग गर्ने थियो। आजको समयको लागी बुझ्नको निम्ति, त्यो एक २० वर्षको जवान मानिसले आफ्नो जाँघको जोर्नी खुस्किएर त्यसपछिको सबै समय बैसाखी टेकेर बिताउनु जस्तै थियो। त्यो एकदम नराम्रो अनुभव भएको हुन सक्छ। याकूब अब उसो आफ्नो जिवनमा कहिल्यै पनि बिना बैसाखी हिँड्न सक्दैनथ्यो। परमेश्वरले याकूबलाई धेरै प्रकारले तोड्न खोज्नुभएको थियो, तर सक्नुभएको थिएन; र त्यसैले उहाँले उसलाई सधै रहिरहने शारिरिक दुर्बलता दिनुभयो। त्यसले अन्त्यमा याकूबलाई तोड्न सफल भयो।

परमेश्वरले याकूबको जाँघको जोर्नी खुस्काउनु भएपछि, उहाँले उनलाई भन्नुभयो, "ठिक छ, मैले मेरो काम गरे। अब मलाई जान देऊ। तिमीले कहिल्यै पनि मलाई चाहेनौँ। तिमीले केवल स्त्री र पैसा चाह्यौँ।" तर अब याकूबले परमेश्वरलाई जान दिएनन्। अब अन्त्यमा उनि परिवर्तन भएका थिए! त्यो मानिस जसले आफ्नो जिवन स्त्री र सम्पतिलाई पाउन खर्चियो, अब परमेश्वरलाई समात्छ र भन्छ, "म तपाईलाई तबसम्म जान दिन्न जबसम्म तपाईले मलाई आशिष दिनुहुन्न।" उनको जोर्नी खुस्किएपछि साँच्चै याकूबको हृदयमा कति महान् कार्य पूरा भएको थियो, कि अबदेखि ऊ केवल परमेश्वरलाई चाहन्थे। एउटा पुरानो भनाई छ, "जब तिमीसँग परमेश्वर बाहेक केहि पनि हुँदैन, तिमीले यो पाउँनेछौँ कि परमेश्वर काफी हुनुहुन्छ!!" यो साँचो हो। यसले यहाँ भन्छ कि याकूबले त्यस ठाउँको नाम "पनिएल" राखे किनकी उनले अन्ततः परमेश्वरको चेहरालाई देखेको थिए। बेतएलमा, उनि परमेश्वरको घरसँगै माथि गएका थिए। तपाई परमेश्वरको घरमा धेरै समयसम्म बस्नुभएको हुन सक्नुहुन्छ तर अझै पनि तपाईले परमेश्वरको चेहरालाई नदेख्नुभएको हुन सक्नुहुन्छ। तब तपाईलाई परमेश्वरसँग दोस्रो भेट हुन खाँचो छ - जहाँ तपाईले उहाँको चेहरालाई देख्नुहुन्छ। याकूब उत्सुकतासाथ भन्छन्, "मैले परमेश्वरलाई आमने-सामने देखेको छु, रपनि मेरो मेरो प्राण बचेको छ (उत्पत्ति ३२:३०)।"