WFTW Body: 

अब हामी यस वर्षको अन्तमा आएका छौ, हामी एकपटक यसको जाँच गरौँ कि यो साल कसरी गएको छ। भविष्यवक्ता हाग्गैले हाग्गै १:५,६ मा मानिसहरुलाई यसरी सल्लाह दिएका छन्, यसकारण अब सेनाहरुको परमप्रभु यसो भन्नुहुन्छः 'तिमीहरु आ-आफ्ना चालचलनहरु विचार गर!'

"तिमीहरुले धेरै छरेका छौ, तर थोरै भित्र्याएका छौ; तिमीहरु खान ता खान्छौ, तर तृप्त हुँदैनौ; तिमीहरु पिउन ता पिउँछौ, तर तिमीहरुको तिर्खा मेट्दैन; तिमीहरु लुगा ता लाउँछौ, तर कसैलाई न्यानो हुँदैन; अनि जसले ज्यालामा काम गर्छ, त्यसले छेंड परेको थैलीमा हाल्नलाई ज्याला कमाउँछ।" हामीले माथिका प्रश्नहरु आफैलाई यसरी सोध्न सक्छौ, 'परमेश्वरले हामीलाई "तिम्रो जिवनमा परिस्थितिहरु कसरी अघि बढिरहेका छन् सो विचार गर" भन्दै हामीलाई चुनौति दिदैँ हुनुहन्छ।'

के त्यहाँ कुनै आत्मिक फलहरु फलेका छन्? तपाईले धेरै छरेर, थोरै भित्र्याउनुभएको छ। तपाई धेरै सेवाहरुमा जानुभएको छ, धेरै ख्रिष्टियन कितावहरु पढ्नु भएको छ र धेरै ख्रिष्टियन प्रवचनहरु सुन्नुभएको छ, तर के आज तपाईको घर ईश्वरीय घर हो र के तपाईको घरमा शान्तिपूर्ण माहोल छ? के तपाईले आफ्नो पति वा आफ्नि पत्निलाई कराउने सानो कुरालाई भएपनि जित्नुभएको छ? यदि छैन भने, तपाईले धेरै छर्नुभएको छ, तर थोरै भित्र्याउनुभएको छ। तपाईले लुगा त लगाउनुभएको छ, तर अझै पनि न्यानो हुनुभएको छैन। तपाईले पैसा त कमाउनुभएको छ, तर तपाईको थैलीमा छेंड परेको छ र त्यसैले प्रायः सबैजसो खेर गएका छन्।

परमेश्वरको लागि केहि पनि असम्भव छैन - हामी बारम्बार र दयनिय रुपमा लडे पनि हामीलाई उहाँको सिध्द योजनामा ल्याउनु उहाँको निम्ती असम्भव छैन। उहाँलाई केवल हाम्रो अविश्वासले रोक्दछ। यदि तपाई यसो भन्नुहुन्छ कि, "तर मैले कति धेरै पटक कुराहरुलाई बिगारेको छु, अब परमेश्वरलाई उहाँको सिद्ध योजनामा मलाई ल्याउनलाई कठिन छ," तब परमेश्वरलाई कठिन हुन्छ, किनकी परमेश्वरले तपाईको लागि के गर्न सक्नुहुन्छ भनि तपाईले विश्वास गर्न सक्नुभएको छैन। तर येशूले भन्नुभयो कि परमेश्वरले हाम्रो लागि सबै कुरा गर्न सक्नुहुन्छ - यदि हामीले उहाँमा विश्वास गर्छौ भनें।

प्रत्यक कुरामा परमेश्वरको नियम यहि छ, "तिमीहरुको विश्वासअनुसार तिमीहरुलाई होओस्" (मत्ती ९:२९)। हाम्रो विश्वास जे कुरामा छ, हामीले त्यहि पाउँछौ। यदि हामीले यो विश्वास गर्छौँ कि परमेश्वरमा केहि कुरा असम्भव छ, त्यो कुरा हाम्रो जिवनमा पुरा हुन सक्दैन। अर्को पक्षमा, जब तपाई ख्रीष्टको न्याय आसनको सामु पुग्नुहुन्छ, र तपाईले अर्को विश्वासीलाई देख्नुहुन्छ जस्ले आफ्नो जिवनलाई तपाईले भन्दा पनि बढ्ता गरि बिगार्नुभएको छ, तरैपनि त्यस विश्वासीले आफ्नो जिवनमा परमेश्वरको सिद्ध योजनालाई पुरा गर्नुभएको छ - केवल परमेश्वर प्रतिको उहाँको विश्वासले कि उहाँले उनको जिवनको टुक्राहरुलाई उठाउन सक्नुहुन्छ र त्यसबाट केहि "उत्तम" कुरा बनाउन सक्नुहुन्छ। तपाईलाई त्यस दिन कति दुःख लाग्छ होला जब तपाईले यो थाहा पाउनुहुन्छ कि परमेश्वरले तपाईको जिवनमा तपाईको असफलताको कारणले होइन (यद्धपि त्यहाँ धेरै त्यस्ता कुराहरु थिए होलान्) तर तपाईको अविश्वासको कारणले तपाईको जिवनमा उहाँको सिद्ध योजनालाई पुरा रोकेको थियो!

"शैतानका कामहरु नष्ट पार्नालाई नै परमेश्वरका पुत्र प्रकट हुनुभयो" (१ युहन्ना ३:१२)। यो पदले वास्तवमा यो भन्न खोजेको हो कि ख्रीष्ट हाम्रो जिवनमा शैतानले बाँधेका सबै बन्धनहरुलाई खोल्न आउनुभएको हो। आफ्नो दिमागमा यसलाई यसरी चित्रण गर्नुहोस्: जब हामी जन्म्यौ, हामी यसरी सोचौँ कि परमेश्वरले हामीलाई स्ट्रिङ्गले पूर्ण रुपमा राम्ररी बेरिएको एउटा बल दिनुभयो। जसरी हामी दिन व दिन जिउन शुरु गर्यौ, हामीले त्यस स्ट्रिङ्गलाई फुकाल्दैँ गयौ र पापलाई बाँध्दै गयौ। आज त्यसलाई फुकाल्दै गरेको धेरै वर्षपछि, हामी त्यसमा अरु धेरै बन्धनहरु देख्छौ र निराश बन्न पुग्छौ। तर येशू "शैतानले बाँधेको कुरालाई फुकाउन आउनुभयो।" त्यसैले त्यहाँ सबभन्दा बढि बाँधिएकाहरुको लागि पनि आशा छ।

परमेश्वरले ति सबै बन्धनहरुलाई फुकाउन सक्नुहुन्छ र तपाईको हातमा फेरी अर्को त्यस्तै स्ट्रिङ्गले बेरिएको नयाँ र राम्रो बल दिन सक्नुहुन्छ। यो सुसमचारको सन्देश होः तपाईले नयाँ शुरुवात गर्न सक्नुहुन्छ। तपाईले भन्न सक्नुहुन्छ कि यो असम्भव छ। यदि त्यसो हो भने, तपाईको विश्वास अनुसार तपाईलाई हुनेछ। तपाईको लागि त्यो असम्भव हुनेछ। तर म अर्को व्यक्तिलाई देख्छु जसको जिवन तपाईको भन्दा पनि बढि बिग्रिएको यसो भन्दै गरेको छु, "हो, म विश्वास गर्छु कि परमेश्वरले ममा त्यो गर्नुहुन्छ।" त्यस व्यक्तिलाई पनि उनको विश्वास अनुसार हुनेछ। उसको जिवनमा, परमेश्वरको सिद्ध योजना पुरा हुनेछ।

यदि तपाईको असफलताको लागि तपाईमा इश्वरीय पश्चाताप छ भने, पुरानो नियममा वाचा गरिएझै - तपाईको पाप सिन्दुरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन् (यशैया १:१८), तर परमेश्वरले नयाँ नियममा यो वाचा गर्नुभएको छ कि, "उहाँले हाम्रा पापहरु कहिल्यै सम्झना गर्नुहुनेछैन" (हिब्रू ८:१२)। तपाईले ठेस खानुभएको कुरा वा तपाईको असफलता, जे भएतापनि, तपाईले परमेश्वरमा नयाँ शुरुवात गर्न सक्नुहुन्छ। र तपाईले पहिले हजारौँ कोसिस गरेर पनि असफल हुनुभएको छ भनें पनि, तपाईले आज अझै पनि एक हजारौँ एक पल्ट कोसिस गरेर नयाँ शुरुवात गर्न सक्नुहुन्छ। परमेश्वरले तपाईको जिवनबाट अझै पनि केहि महिमित कुरा गर्न सक्नुहुन्छ। जहाँ जिवन छ, त्यहाँ आशा छ। त्यसैले, परमेश्वरमा भरोसा गर्न कहिल्यै असफल नहुनुहोस्। उहाँले आफ्ना धेरै छोराछोरीहरुमा आफ्नो सामर्थ्यको काम गर्न सक्नुहुन्न, उनिहरुले पहिले असफल भएको कारणले होइन, तर यसैले कि तिनीहरुले अहिले उहाँमा भरोसा गर्दैनन्। त्यसैले अब, "हामी परमेश्वरलाई महिमा दिँदै विश्वासमा बलियो रहौँ" (रोमी ४:२०), अब आउँदो दिनहरुमा हामीले जे कुरालाई असम्भव सोचेका थियौँ त्यस कुरामा परमेश्वरमा विश्वास गर्दै अघि बढौँ। सबै मानिसहरु - जवान र वृद्धहरुलाई - उनिहरुले विगतमा जति नै पटक असफल भए तापनि यदि उनिहरुले आफ्नो असफलतालाई स्विकार्छन् भनें उनिहरुलाई आशा छ। नम्र होऔँ र परमेश्वरमा भरोसा राखौँ।