WFTW Body: 

तर जुन कुराहरु मेरा निम्ति लाभ थिए, तिनलाई मैले ख्रीष्टका निम्ति हानि सम्झें। अँ, साच्चै मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको सर्वश्रेष्ठताका निम्ति म सबै कुराहरु हानि ठान्छु; उहाँकै निम्ति मैले सबै कुराहरुको हानि खपें, अनि ख्रिष्टलाई प्राप्त गरुँ र उहाँमा भेट्टाइन सकूँ भनेर म तिनीहरुलाई कसिङ्गर ठान्छु; व्यवस्थाबाट हुने आफ्नै धार्मिकताले अर्थात् परमेश्वरको धार्मिकता, जो विश्वासद्वारा प्राप्त हुन्छ। र उहाँको मृत्युसँग एक रुपको भएर म उहाँलाई, उहाँको बौरिउठाइको सामर्थ्यलाई र उहाँका दु:खहरुको सङ्गतिलाई जान्न सकूँ; र जसरी भए पनि म मरेकाहरुबाटको बौरिउठाइसम्म आइपुग्न सकूँ। मैले पहिल्यै प्राप्त गरिसकेको छु वा म पहिल्यै सिध्द भइसकेको छु, होइन; तर ख्रीष्ट येशूद्वारा म जुन कुराका निम्ति पक्राउ परें, त्यो कुरा पक्रन सक्छु कि भनी म त्यसको पछि लाग्छु। भाइहरुहो, मैले पक्रिसकेको छु भनी म आफ्नो विषयमा सम्झन्न; तर यो एउटा कुरा म गर्दछु - पछिल्तिरका कुराहरुतिर लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको उच्च बोलावटको पुरस्कारका निम्ति म निशानातिर दगुर्छु। फिलिप्पी ३:७-१४।

यो एउटा परिपक्व विश्वासीको धनि र सम्पन्न जिवनको नजिक पुगेको अवस्थाको गवाहि हो। पावलले नयाँ जिवन पाएको तिस वर्ष बितिसकेको थियो। ति वर्षहरुमा परमेश्वरले आफूलाई सामर्थ्यका साथ प्रमाणित गर्दै आफ्नो चिन्हरुद्वारा उनलाई धेरै मण्डलीहरु निर्माण गर्न प्रयोग गर्नुभयो। पावलले शुरुवातदेखि नै आफूलाई सुसमाचारको लागि खर्च गरेका थिए, र यसको लागि उनले विभिन्न ठाउँहरुमा जादैँ र दु:ख सहदै सेवा गरे। उनि जति आफ्नो परमेश्वरसँग नजिक बढ्दै गए, उति नै उनले पापमाथि विजयको सत्यतालाई बुझे। र उनको विभिन्न आनन्दहरुमा, उनको एउटा आनन्द यो थियो कि उनि तेस्रो स्वर्गमा उठाइए र त्यसबाट अचम्मका आत्मिक सत्यताहरु पाएँ।

तरै पनि यि सबको अन्त्यमा उनले यो बताउछन् कि परमेश्वरले उनको जिवनमा जे योजनाहरु बनाउनुभएको छ, उनले ति सब प्राप्त गर्न सकेका छैनन्। हामी उहाँमा एउटा यस्तो विश्वासी देख्छौ जसले आफ्नो जिवनको अन्त्यमा पुगेर यो भन्नुहुन्छ कि उहाँ अझै पनि परमेश्वरको योजनामा स्थिर रहनुपर्छ। तर यो दु:खद कुरा हो कि आज धेरै यस्ता विश्वासीहरु हुनुहुन्छ जसको लागि विश्वास केवल नयाँ जिवन र इश्वरीय न्यायबाट उम्कन सकिने निश्चयता हो। यो प्ररितको लागि होइन, न त वास्तवमा उहाँ जस्तो ख्रीष्टको साँचो चेला हुन खोज्ने अरु कोहिको लागि

। यहाँ यस खण्डमा उनि यो घोषणा गर्दछन् कि उनलाई यो पुरा निश्चयता छ कि ख्रीष्टले उनलाई केहि योजनाको निम्ति राख्नुभएको हो। त्यसको बदलामा, उनले त्यस योजनालाई हरेक परिस्थितिमा पक्रिरहने निर्णय गरे। यो ठूलो र गम्भिर सत्यता हो, कि जब परमेश्वर हामीलाई पुरानो जिवनबाट बदल्नुहुन्छ, त्यो केवल हामीलाई नरकबाट बचाएर स्वर्ग लाने उदेश्यले मात्र होइन तर त्यो भन्दा परसम्मको लागि हो। यदि प्रेरित पावल जस्तो परिपक्व विश्वासी जसले तिस वर्षसम्म परमेश्वरको सेवा नथाकिकन गरेका थिए, मैले अझै त्यसलाई प्राप्त गर्न सकेको छैन तर अझै पनि त्यसको लागि झन बढि प्रयास गर्नुपर्छ भनि बताउछन् भनें, त्यो योजना कति गहिरो छ होला त।

पावल यस खण्डमा अझै गहिरेर जाँदछन्। उनको लागि संसारले ठानेको बहुमुल्य कुरालाई परमेश्वरको सर्वश्रेष्ठ पुरस्कारको अघि केहि मुल्य नभएको थाङ्ना भनि सोच्दछन्। उनले यस पुरस्कारलाई यस संसारको सबै कुरालाई बिर्सने मुल्यको सोच्दछन् (पद १३,१४)। जब हामी हाम्रो वरिपरि हेर्दछौ र विश्वासीहरुले यस संसारका सम्पतिहरुलाई लोभ गरेको र भौतिक कुराहरुलाई परमेश्वरलाई भन्दा बढि स्थान दिएर टाँसिएको देख्छौ, हामी यो कुराको निष्कर्षमा पुग्न बाध्य हुन्छौ कि उनिहरुको विशवास पावलको भन्दा धेरै पर हटेको छ।

यो मुक्तिलाई केवल नरकको आगोबाट बच्ने बिमाका सर्तजस्तो गरी हेर्ने आत्मिक बालकपनको चिह्न हो। जब हामी आत्मिक रुपमा परिपक्व हुदैँ जान्छौ, हामी यो कुरा बुझ्छौ कि परमेश्वरले हाम्रो लागि अघिबाटै तयार पार्नुभएको कामहरुमा हामील हिँड्नुपर्ने भएकोले हामीलाई बचाउनुभएको हो (एफेसी २:१०)। त्यस मार्गलाई पावलले आफ्नो जिवनमा परमेश्वरको योजना छ भनि बताएका छन्। यदि हामीले उहाँको अनुग्रह पाएकोले सन्तुष्ट छौ भनें, र हाम्रो जिवनमा उहाँको योजनालाई पुरा गर्न प्रतिबध्द छैनौ भने, हामी जति नै बाइबलिय भए पनि, हामीले परमेश्वरको अनन्त जिवनको मूल्यलाई केहि पूरा नगरी जिवन बिताउनेछौ। शैतानको पहिलो लक्ष नै कुनै न कुनै तरिकाबाट मानिसलाई परमेश्वरको अनुग्रह देख्न नसकोस् भनि अन्धो बनाउनु हो, उनिहरुले मुक्ति नपाउन् भनेर (२ कोरिन्थी ४:४)। तर यदि ऊ त्यहाँ सफल हुँदैन भने, उसको अर्को लक्ष नयाँ विश्वासीहरुलाई यो थाहा पाउन नदिनु हो कि परमेश्वरले उसको जिवनमा केहि योजनाहरु राखनुभएको छ। उसले यस ठाऊँमा धेरै सफलता पाएको छ। त्यहाँ हजारौँ साँचो विश्वासीहरु छन् जसले कहिल्यै पनि इमान्दारितापुर्वक परमेश्वरको इच्छालाई खोज्दैन, आफ्नो जिवनमा लिने सबैभन्दा ठूलो निर्णयमा पनि।

फिलिप्पीको यस खण्डमा विश्वासी जिवनको चित्रण गरिएको छ जसलाई बारम्बार दाबिरख्नु पर्छ।

तपाईले पृथ्विमा पाउनुभएको कुनै पनि डिग्रीले तपाईको कुनै पनि समस्याहरुको समयमा तपाईलाई मदत गर्दैन। धेरै विश्वासीहरुले यस पाठलाई बेवास्ता गरेको कारणले गर्दा उनिहरुमा कुनै पनि जिवित गवाहि हुदैन। उनिहरुको गवाहि कुनै सभामा परमेश्वरलाई पच्छ्याउने विषयमा आफ्नो हात उठाएको अनुभवमा मात्र सिमित हुन्छ र उनिहरुको लागि त्यो मात्र एउटा आशिषपूर्ण दिन भएको अनुभव हुन्छ। त्यो दिन एक अद्भुत दिन त थियो, तर त्यस पछिका दिनहरुमा केहि पनि भएन! हितोपदेश २४:३०-३४ यसमा बारीको अवस्थाले, त्यस मानिसको चित्रण गर्छ जो आफ्नो मुक्ति पछि चुप लागेर बस्दछ। कुनै पनि बारीलाई बारम्बार छाँट्नु र काँट्नु र वास्ता गर्नु आवश्यक छ, यदि त्यस बारालाई काँडा र झाँगबाट बचाउनु आवश्यक छ बने, मानिसको प्राणलाई पनि आवश्यक छ।