द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च
WFTW Body: 

प्रकाश ३:१-६ ले भन्छ, "अनि सार्डिसमा भएको मण्डलीका दूतलाई लेख..... सार्डिसमा भएको दूत एक जना थिए जसले अरुको अगाडि आफूलाई अत्मिक मानिस भनेर सम्मानित गराएका थिए। तर उनीप्रतिको प्रभुको राय सार्डिसका सँगी-विश्वासीहरूको भन्दा ठीक उल्टो थियो। यसले सार्डिसका प्रायः विश्वासीहरू शारीरिक र मूर्ख थिए भन्ने कुरा देखाउँदछ।

९०% भन्दा बढि विश्वासीहरू शारीरिक प्रचारक र आत्मिक प्रचारकको बीच भिन्नता राख्न असमर्थ छन्। र ९९% भन्दा बढी विश्वासीहरू मानव-आत्माको-सामर्थ्य र पवित्र-आत्माको-सामर्थ्य बीचको भिन्नता बुझ्न असमर्थ छन्। प्रायः विश्वासीहरू आत्मिक वरदानहरूको प्रदर्शन र अभ्यासबाट प्रभावित हुन्छन् र यसकै अनुसार तिनीहरूले प्रचारक वा एल्डरको मूल्याङ्कन गर्छन्। र यसरी उनीहरूलाई धोका दिइन्छ। तर परमेश्वरले हृदय हेर्नुहुन्छ। सार्डिसको दूतसँग आत्माको वरदान त छ होला। तर ऊ आत्मिक रूपमा मरेको थियो। यो हामी सबैले ध्यान दिनुपर्ने एउटा चेतावनी हो: हाम्रा सँगी-विश्वासीहरू मध्ये ९९% विश्वासीहरुको हामीप्रतिको उनीहरुको धारणा १००% गलत हुन सक्छ!हाम्रो बारेमा परमेश्वरको राय ऊनीहरूको धारणाको ठिक विपरित हुन सक्छ। मण्डलीमा पनि त्यस्तै लागु हुन्छ। अरूले मण्डलीलाई "आत्मिक रूपमा जीवित" ठान्न सक्छन्। तर यो आत्मिक रुपमा मरेको हुन सक्छ। वा यसको विपरीत। परमेश्वरले आत्मिक रूपमा जीवित मान्नुहुने मण्डलीहरू अविवेकी मानिसहरूले मृत ठान्न सक्थे।

अधिकांश विश्वासीहरू चर्चको सभामा आउँदा उनीहरूले पाएको स्वागत, मण्डलीको आकार, सभामा हुने आवाज र भावनाको मात्रा, गाउने सांगीतिक गुणस्तर, प्रचारको बौद्धिक सामग्री, अनि कति भेटि उठ्छ भन्ने कुराको आधारमा मण्डलीको मूल्याङ्कन गर्छन्! तर यी मध्ये कुनै पनि कुराबाट परमेश्वर प्रभावित हुनुहुन्न।

परमेश्वरले एउटा मण्डलीलाई ख्रीष्टको जस्तो नम्रता, शुद्धता र प्रेम अनि आफू केन्द्रित छ कि छैन भन्ने आधारमा मूल्याङ्कन गर्नुहुन्छ जुनचाहिँ उहाँले मण्डलीका सदस्यहरूको हृदयमा फेला पार्नुहुन्छ। यसैले मण्डलीप्रतिको परमेश्वरको मूल्याङ्कन र मानव मूल्यांकन एक अर्कासँग पूर्णतः भिन्नै हुन सक्छ। वास्तवमा, तिनीहरू प्राय: भिन्नै हुन्छन्। सार्डिसमा इजेबेलहरू थिएनन् न ता बालाम र न निकोलाइटनहरुको कुनै शिक्षा थियो। तर तिनीहरूमा केही झन् नराम्रो कुरा थियो - कपट। सार्डिसका दूतले आफ्नो लागि बनेको प्रतिष्ठामा गोप्य रुपमा सन्तुष्टि महसुस गरेको हुनुपर्छ। अन्यथा उनी कपटी बन्ने थिएनन्। अरूको नजरमा आत्मिक रूपमा जीवित व्यक्तिको रूपमा चिनिनु कुनै गलत कुरा होइन, यदि हामी उनीहरूको रायबाट मात्र सन्तुष्ट हुँदैनौं भने। तर यदि हामी प्रभुकोलागि गरेको कुरामा आफ्नै नाम खोजिरहेका छौं भने हामी अवश्य पनि मानिसहरुको सामुन्ने जिवित छौं, परमेश्वरको नजरमा होइन। त्यसो भए हामीले यो स्वीकार्नुपर्छ कि हामीले मानिसको राय बेकम्मा छ भनी बुझेका छैनौँ।

ईसाइमत यस्ता प्रचारकहरूले भरिएका छ जो आफ्नै नामको लागि मात्र निरन्तर कामहरू गरिरहन्छन् र आफ्नो कामको रिपोर्टहरू लेखिरहन्छन्। यी सबैहरू अन्तमा सार्डिसमा भएको दूत जस्तै बन्छन्। अन्तिम दिनहरूमा उनीहरूको न्याय परमेश्वरले गर्नुहुनेछ, किनभने तिनीहरूका कार्यहरू परमेश्वर सामु सिद्ध थिएनन्। यदि हाम्रो उद्देश्य मानिसहरुलाई मात्र प्रभावित पार्नु हो भने हाम्रो कार्यहरू परमेश्वरसामु सिद्ध हुन असम्भव छ। सार्डिसको दूत पनि आत्मिक रूपमा निदाइरहेका थिए।

येशूले आफ्ना चेलाहरूलाई सचेत हुन र प्रार्थना गर्नुको ठूलो आवश्यकता बारेमा चेतावनी दिनुभयो- किनकि सांसारिक चासो र धनप्रतिको प्रेममा विश्वासीहरूलाई निदाउन लगाउने उत्तम तरिका छन्।(हेर्नुहोस् लुका २१:३४-३६)। जब एउटा मानिस सुतिरहेको हुन्छ, उ वरपरको वास्तविक संसारमा के हुँदैछ भन्ने बारे अनजान हुन्छ। ऊ आफ्नो सपनाहरुको अवास्तविक संसार को बारेमा अलि सजग हुन्छ। आत्मिक निद्रामा परेकाहरूसँग पनि यहि हुन्छ। तिनीहरू परमेश्वरको राज्यको वास्तविक संसार, उनीहरूको वरपरका हराएका आत्माहरु र अनन्त वास्तविकताहरूबारे अनजान छन्। तिनीहरू भौतिक धन, खुशी, आराम, सांसारिक सम्मान र प्रख्यातको अवास्तविक, अस्थायी संसारको लागि जीवित हुन्छन्। सार्डिसको चर्चको दूतको साथ पनि त्यस्तै भएको थियो।

प्रभुले उनलाई बिउँझन भन्दै गर्नुहुन्छ - अर्को शब्दहरुमा उसको सपनाहरु (भौतिक संसार) को अवास्तविक संसार त्याग्न - र आफ्नो जीवनमा आत्मिक मृत्युतिर डूबिरहेको केहि चीजहरु लाई बलियो बनाउनु भन्दै थियो, जुन अहिलेसम्म मरिसकेकाका छैनन् (पद २)। आगो पूर्ण रूपमा निभिसकेका थिएन। तर उसले ज्वालामा चाँडै नै हावा फूक्नुपर्थ्यो, नत्र तिनीहरू पूर्ण रूपमा मर्ने थिए (२ तिमोथी १:६)। प्रभुले उनलाई भन्नुभएको छ कि उनका कामहरू परमेश्वरको नजरमा सिद्ध थिएनन् (पद २- केजेभी)। धेरै विश्वासीहरू 'सिद्धता"भन्ने शब्दसँग डराउँछन्। तर यहाँ हामी देख्छौं कि प्रभुले परमेश्वरसामु दूतहरुको काम सिद्ध पाउने आशा गर्नुहुन्थ्यो।

आत्मिक सिद्धता फराकिलो विषय हो। तर यसको अर्थ यो हो कि यी प्राचीनका कामहरू परमेश्वरको स्वीकार्यताको लागि हृदरको सच्चाइको साथ गरिएका थिएनन्। उनका कामहरू राम्रा कामहरू थिए - त्यसरी नै उनले 'आत्मिक रूपमा जीवित' भन्ने नाम पाएका थिए। तर ती परमेश्वरको महिमाको निम्ति गरिएका थिएनन्। ती मानिसहरुलाई प्रभावित गर्न को लागि मात्र गरिएको थियो। र ती सबै मरेका कामहरू थिए। त्यहाँ "पवित्र कामहरुमा अधर्म" थियो (प्रस्थान २८:३८)। उसले आफूलाई आत्माको मैलोबाट शुद्ध गर्नुपर्‍यो, परमेश्वरले उनलाई स्वीकार गर्न अघि (२ कोरिन्थी ७: १)। मानिसहरुको सम्मान प्राप्त गर्न गरिएका राम्रा कामहरू मृत कामहरू हुन्। सिद्धताको पहिलो चरण भनेको सबै कुरा परमेश्वरकै सामु गर्नु हो। यदि हामी यहाँबाट सुरु गर्दैनौं भने हामी कहिँ पनि पुग्नेवाला छैनौँ। यो प्रार्थना होस् वा उपवास होस् वा अरूलाई मद्दत गर्ने जुनसुकै कुरा होस्, हामीले आफैलाई सोध्नु पर्ने महत्त्वपूर्ण प्रश्न यो हो: "के म कसैले मैले यो काम गरेको देखोस् र मेरो प्रशंसा गरोस् भनेर गरिरहेको छु, कि परमेश्वरको महिमाको लागि मात्र मैले यो कुरा गर्दैछु? " गलत मनसाय भनेको यो हो जसले थुप्रै असल कामलाई भ्रष्ट पार्छ र तिनलाई परमेश्वरको नजरमा असिद्ध बनाउँछ।