WFTW Body: 

हामी लूका २२:३१ मा येशूले पत्रूसलाई उनको पछि आउने खतराको विषयमा चेतावनि दिनुभएको देख्न सक्छौ। उहाँले तिनलाई भन्नुभयो, "हे शिमोन, हे शिमोन, हेर गहुँजस्तै निफन्नालाई शैतानले तिमीहरुलाई लिन चाहेको छ; तर मैले तिम्रो विश्वास नटुटोस् भनेर तिम्रा निम्ति प्रार्थना गरेको छु, अनि तिमी फर्केपछि आफ्ना भाइहरुलाई स्थिर पार"।

परमेश्वरले केहि उदेश्यसाथ पत्रुसलाई असफल हुन दिनुभयो। त्यो उदेश्य पत्रुसलाई छाँट्नु थियो। शैतानले वास्तविक उदेश्य पत्रुसलाई पुर्ण रुपले नष्ट गर्नु थियो, तर परमेश्वरले शैतानलाई त्यो गर्ने अनुमति दिनुभएन। परमेश्वरले हाम्रो क्षमताभन्दा बाहिर कहिल्यै पनि परिक्षा वा जाँच आउन दिनुहुन्न। त्यसैले परमेश्वरले शैतानलाई पत्रुसलाई छाँट्ने अनुमति दिनुभयो। पत्रुसको असफलताको परिणाम अनुसार, उनि आफ्नो जिवनको भुसहरुबाट पूर्णरुपले शुध्द भएका थिए। परमेश्वरले हामीलाई पनि यहि कारणले असफल हुन दिनुहुन्छ। के हाम्रो जिवनबाट भुस निकाल्नु एक असल कुरा होइन र? पक्कै पनि हो। जब एक किसानले गहुँको कटनी गर्छ, उसले गहुँलाई पहिला छाँट्छ र तबमात्र, त्यसबाट भुस अलग हुन सक्छ।

परमेश्वरले हाम्रो जिवनबाट भुस निकाल्न शैतानको प्रयोग गर्नुहुन्छ। यो साच्चै नै अद्भुत कुरा हो, परमेश्वरले यो उदेश्य हामीलाई बारम्बार असफल हुन दिएर पुरा गर्नुहुन्छ!! परमेश्वरले पत्रुसमा त्यस उदेश्यलाई पुरा गर्न शैतानको प्रयोग गर्नुभयो र उहाँले तपाईको जिवनमा पनि यो कुरा पुरा गर्न शैतानको प्रयोग गर्नुहुन्छ। हामी सबैमा त्यहाँ धेरै भुसहरु छन् - घमण्डको भुस, आत्मविश्वास र स्व-धार्मिकतको भुस। र परमेश्वरले शैतानलाई हामीलाई बारम्बार असफल बनाउन प्रयोग गर्नुहुन्छ, हामीमा भएको भुसलाई पुर्ण रुपले हटाउनको निम्ति।

तपाईको जिवनमा परमेश्वर आफ्नो उदेश्य पुरा गर्न सकि रहनुभएको छ कि छैन, त्यो केवल तपाईले जान्नुहुन्छ। तर यदि भुस निकालिदै छ भने, तपाई बढि नम्र र कम स्व-धार्मिक बन्नुहुनेछ। तपाई असफल भएकाहरुलाई नराम्रो तरिकाले हेर्नुहुन्न। तपाईले आफूलाई अरुभन्दा असल ठान्नुहुन्न।

परमेश्वरले हामीमा भएको भुस निकाल्न शैतानको प्रयोग गर्नुहुन्छ, हामीलाई बारम्बार असफल हुन दिएर। त्यसैले यदि तपाई असफल हुनुहुन्छ भने, निराश नहुनुहोस्। तपाई अझै पनि परमेश्वरको हातमा हुनुहुन्छ। तपाईको बारम्बारको असफलताद्वारा कुनै महिमित उदेश्य पुरा हुँदैछ। तर यस्तो समयमा तपाईप्रतिको परमेश्वरको प्रेमको विश्वास असफल हुनुहुँदैन। येशूले पत्रुसको लागी जुन प्रार्थना गर्नुभएको थियो, आज हाम्रो लागी पनि त्यहि प्रार्थना गर्नुहुन्छ। उहाँले कि हामी कहिल्यै असफल नहोऔँ भनि प्रार्थना गर्नुहुन्न, तर उहाँले यो प्रार्थना गर्नुहुन्छ कि यदि हामी सबै भन्दा तल्लो स्तरमा पुगे पनि, परमेश्वरको प्रेम प्रतिको हाम्रो निश्चयता ढल-पल नभएको होस्।

असफलताको धेरै अनुभवहरुद्वारा मात्र हामी अन्त्यमा "शून्य बिन्दुमा" पुग्छौ, जहाँ हामी साँच्चै नै तोडिएका हुन्छौँ। पत्रुस त्यहि बिन्दुमा पुगेपछि उनमा दोस्रो "बदलाव" आएको थियो (लूका २२:३२ - के.जे.भी)। उनि फर्के। पत्रुसको लागी येशूले गर्नुभएको प्रार्थनाको जवाफको प्रमाण यो देखिन्छ कि पत्रुसले तल्लो स्तरमा झरे, र उनि पछिल्तिर फर्के। उनि त्यहाँ निराश भएर रहिरहेनन्। उनले आफ्नो विश्वासलाई गुमाएनन्। उनि उठे। परमेश्वरले उनलाई लामो डोरीबाट भएर जान दिनुभयो। तर जब पत्रुस त्यस डोरीको अन्त्यमा पुगे, परमेश्वरले उनलाई फिर्ता तान्नुभयो।

परमेश्वरको सन्तान हुनु एउटा अद्भुत कुरा हो। जब परमेश्वरले हामीलाई थाम्नुहुन्छ, उहाँले हाम्रो वरीपरी डोरी लगाएर हामीलाई बचाउनुहुन्छ। त्यस डोरीमा धेरै नकस्सीएको ठाउँहरु छन्, र तपाई धेरै पल्ट चिप्लन र लड्न पनि सक्नुहुन्छ र प्रभुदेखी टाढा पनि जान सक्नुहुन्छ। तर एक दिन तपाई त्यस डोरीको अन्त्यमा पुग्नुहुन्छ। र तब परमेश्वरले तपाईलाई उहाँतिर फर्काएर ल्याउनुहुन्छ। निश्चय नै, त्यस दिन तपाईले त्यस स्थानमा पुगेर यो निर्णय गर्न सक्नुहुन्छ कि तपाई त्यस डोरी काटेर भाग्नुहुन्छ, वा तपाई परमेश्वरको करुणाद्वारा टुट्नुहुन्छ र विलाप गर्नुहुन्छ र उहाँ तर्फ फर्कनुहुन्छ। पत्रुसले पनि त्यहि गरे। उनि रोए र प्रभुतिर फर्के। तर यहूदा इस्करयोतीले त्यो गरेनन्। उनले आफ्नो जिवनमा परमेश्वरको अधिकारको विद्रोह गरी त्यस डोरीलाई काँटिदिए, र अनन्तको लागी हराए। तर मलाई विश्वास छ तपाईहरुले त्यहि गर्नुहुन्छ जे पत्रुसले गरे।

येशूले तब पत्रुसलाई भन्नुभयो, "तिमी फरकेपछि आफ्ना भाइहरुलाई स्थिर पार।" हामी टुटेपछि मात्र हामी अरुलाई बलियो पार्न सक्षम हुन्छौँ। पत्रुस कमजोर र टुटेपछि मात्र, बलिया भए- यति बलियो कि उनले दाजुभाइ र दिदीबहिनीहरुलाई पनि बलियो बनाउन सके। हामीले यो भन्न सक्छौ कि पत्रुसको आत्माले भरिएको सेवकाईको तैयारी उनको असफलताको अनुभवद्वारा भयो। यदि उनि असफलताको अनुभव नगरेको पवित्र आत्माले भरिएको व्यक्ति भएको भए, उनि पेन्टेकोस्टका दिन एक घमण्डी मानिसको रुपमा उभिन्थे, एउटा मानिस जो कहिल्यै असफल भएका थिएनन्, जसले हराएका पापी मानिसहरुलाई तुच्छपूर्ण हेराईले हेर्ने थिए। र परमेश्वर उनको शत्रु बन्नुहुन्थ्यो, किनकी परमेश्वरले घमण्डीहरुलाई विरोध गर्नुहुन्छ!!

परमेश्वरले पत्रुसलाई जे बनाउन खोज्दै हुनुहुन्थ्यो, त्यस अघि उनि शुन्य- बिन्दुमा आउन जरुरी थियो। हामी एकपल्ट तल्लो स्तरमा आइपुगेपछि, हामीले ति मानिसहरुलाई पनि तुच्छ ठान्न सक्दैनौँ जो त्यहि छन्। हामीले पापीहरुलाई, पछि हटेका विश्वासीहरुलाई वा लड्नुभएको विश्वासी अगुवालाई खराब दृष्टिकोणले हेर्दैनौँ। हामीले कहिल्‍यै पनि पापहरुबाट विजयमाथी घमण्ड गर्नै सक्दैनौँ, किनकी हामी जान्दछौँ हामी स्वयं पहिले कति असफल थियौँ। त्यसैले पत्रुसले अरु विश्वासीहरुलाई यसो भन्दै चेतावनी दिए कि, "आफ्ना पहिलेका पापहरुबाट तिमी कसरी शुध्द पारिएका थियौ, त्यो तिमीले नभुल" (२ पत्रुस १:९)। उनले तिनीहरुलाई त्यहाँ यो भनेर चेतावनी दिए कि यदि उनिहरुले त्यो कुरा भुले भने, उनिहरु अन्धा र टाढा देख्न नसक्ने बन्नेछन्। म कहिल्यै पनि अन्धो वा टाढा नदेख्ने बन्न चाहन्न। म सधै स्वर्गीय र अनन्तको मूल्य देख्ने दूर्दर्शी बन्न चाहन्छु।

आमेन!