WFTW Body: 

प्रस्थान अध्याय १५ इस्राएलीहरुले परमेश्वरको प्रसंशा गरेर सुरु हुन्छ र अन्त्य उहाँको विरुद्धमा गनगन गरेर हुन्छ । यो ढाँचा उजाडस्थानमा इस्राएलीहरुले बारम्बार दोहोर्याएका थिए । "साइन लहर"(गणितमा) जुन सदाको लागि माथि र तल जान्छ, अधिकांश विश्वासीहरुको लागि एक सही विवरण हो, आफूले चाहेको कुरा पाएपछि परमेश्वरको प्रसंशा गर्ने, केही गडबडी हुँदा गुनासो गर्ने, त्यो समस्या टरेपछि फेरि परमेश्वरलाई धन्यवाद दिने, र त्यसपछि अर्को समस्या देखा पर्दा फेरि शंका गर्ने । यो किनभने धेरैजसो विश्वासीहरु देखिनेकुराको आधारमा जिउँदछन्, विश्वास द्वारा होइन - ठ्याक्कै इस्राएलीहरुले जस्तै । आइतबार बिहान तिनीहरुले आफ्नो संगतीमा (कहिलेकाहिँ अन्यभाषाहरुमा) ठूलो स्वरमा परमेश्वरको प्रसंशा गर्छन् । तर आइतबार दिउँसो देखि उनीहरुको बोली फरक हुन्छ, यसपटक तिनीहरुको मातृभाषामा । यो रिस, गनगन र गुनासो हो - उनीहरुको घर र उनीहरुको कार्यालयमा !! त्यसपछि अर्को आइतबार साइन लहर माथि जान्छ र तिनीहरुले फेरि परमेश्वरको प्रसंशा गर्न थाल्छन् ।

त्यसपछि लहर फेरि तल जान्छ !! यो पक्कै पनि तरिका होइन परमेश्वरले आफ्ना नयाँ- करारका सन्तानहरुलाई बाँचोस् भनी चाहनुभएको । के एक व्यक्तिलाई अन्यभाषाहरुको वरदान दिनुहुने पवित्रआत्माले उसको मातृभाषामा पनि बोल्न नियन्त्रण गर्न सक्नुहुन्न ? उहाँले पक्कै सक्नुहुन्छ । बाइबलले भन्छ, "परमप्रभुमा सधैं आनन्द गर । सबै कुरामा धन्यवाद देओ" (फिलिप्पी ४ः४; एफिसी ५ः२०) ।

यो नयाँ करारमा हाम्रो लागि सधैं परमेश्वरको इच्छा हो । तर त्यसो गर्न हामीले विश्वासद्वारा जिउनुपर्छ । हामीले विश्वास गर्नुपर्छ कि परमेश्वरले हामीले सामना गर्ने हरेक समस्याको समाधानको योजना बनाइसक्नु भएको छ ।

जब इस्राएलीहरुले मोशालाई गुनासो पोखे, अनि उनले परमप्रभुलाई पुकारे, र परमप्रभुले भन्नुभयो, "समस्याको समाधान ठीक तिम्रो अगाडि छ"(पद २५) । परमप्रभुले उसलाई एउटा रुख देखाउनुभयो । मोशाले रुख काटेर पानीमा हाले, र पानी मीठो भयो ।

मरुभूमिमा त्यो रुख कसले रोप्यो ? यो कुनै मानिस वा परमेश्वर हुनुहुन्थ्यो ? निस्सन्देह परमेश्वर ! मरुभूमिमा मानिसहरुले रुख रोप्दैनन् । परमेश्वरले त्यो रुख मारा नजिकै, सायद १०० वर्ष पहिले रोप्नु भएको थियो, किनकि उहाँलाई थाहा थियो कि १०० वर्ष पछि उहाँका छोराछोरीहरु मारामा आउनेछन् र यसको पानी तीतो भेट्टाउनेछन् । त्यसैले उहाँले वास्तवमा १०० वर्ष पहिले नै तिनीहरुको समस्याको समाधानको योजना बनाउनुभएको थियो । के तपाईंले महसुस गर्नुहुन्छ कि तपाईंले ती समस्याहरुको सामना गर्नु अघि उही परमेश्वरले तपाईंका सबै समस्याहरुको समाधानको योजना बनाउनुभएको छ ?

विश्वासमाहिँड्नुभनेकोत्यसलाईपत्याउनुहोपरमेश्वरलाईआश्चर्यचकिततुल्याउनसक्नेकुनैपनिसमस्याआजअचानकउत्पन्नहुनसक्दैन शैतानले हाम्रो लागि कस्ता समस्याहरुको तयारी गरिरहेको छ भनेर परमेश्वरलाई पहिले नै थाहा हुने मात्र होइन, उहाँले ती सबैको समाधान पनि पहिल्यै बनाइसक्नु भएको छ ! त्यसैले तपाईं हरेक समस्यालाई साहसपूर्वक सामना गर्न सक्नुहुन्छ ।

एक विश्वासीको रुपमा मेरो ५६ वर्षमा धेरै समस्याहरुको सामना गरेपछि म यसको सत्यताको गवाही दिन सक्छु । मैले अहिले सम्म कुनै समस्याको सामना गरेको छैन जसको लागि परमेश्वरले समाधानको योजना बनाउनुभएको छैन ! मेरो लागि पानी मीठो बनाउन - म मेरो जीवनमा मारा आउनुभन्दा धेरै अघि उहाँले रुखहरुको लागि बीऊ रोप्नुभयो । म तपाईंलाई हाम्रो अद्भुत, मायालु बुबामा विश्वास राखेर हिँड्न आग्रह गर्दछु जसले सधैं "प्रेममा हाम्रो लागि चुपचाप योजना बनाउनुहुन्छ" (सपन्याह ३ः१७ - व्याख्या) - र तपाईंले आफ्ना सबै समस्याहरुलाई निरन्तर रुपमा जित्नुहुनेछ । तपाईंको मुखमा फेरि कहिल्यै गुनासो र गनगन र क्रोध फेला पर्नेछैन, तर केवल परमेश्वरलाई प्रसंशा र धन्यवाद ।