WFTW Body: 

एउटा व्यक्तिमा भएको आत्मकेन्द्रित मनोभावले परमेश्वर र उहाँको सेवाकाईप्रतिको उसको बन्धनपूर्ण कर्यहरुलाई जनाईहेको हुदछ। एउटा व्यक्तिले परमेश्वरको सेवा गर्ने कोसिस गर्न सक्दछ। उ त्यस प्रकारका सेवाकाईहरुमा संलग्न पनि हुन सक्दछ ‍- तर त्यो सधै बन्धनपूर्ण तवरको सेवाकाई बन्न पुग्छ। उसले परमेश्वरलाई दिएको सेवाकाईको सट्टामा केहि इनामको खोजी गर्दछ। "मैले तपाईलाई यि वर्षहरुमा सेवा गरेको छु," जेठो छोराले आफ्नो बुवालाई बताउँछ, "तर तपाईले मलाई यि वर्षहरुमा एउटा पाठो पनि दिनुभएको छैन।" उसले यि सबै समयहरुमा आफ्नो बुवाको सेवाकाई केवल इनामको लागि गरिरहेका थिए, तर यो कुराहरु बितेका समयहरुसम्म प्रकट भएको थिएन। यस तथ्यलाई परिस्थितिहरुको कारणले बाहिर ल्याइएको थियो।

कुनै व्यक्तिले यहि मनोभाव राखेर परमेश्वरको सेवा गर्न सक्छ - न ता स्वतन्त्रतापूर्वक, न हर्षसाथ, न ता आफू स्वयम कुनै बन्धन बिना नै। परमेश्वरसँग सायद हामीले कुनै न कुनै आत्मिक आशिष वा इनामको अपेक्षा गर्न सक्छौँ। तर त्यस मनसाय अनुसार गरिएको सेवाकाई केवल बन्धनपूर्ण तवरको हुन्छ र परमेश्वरद्वारा अस्विकारिय हुन्छ।

त्यस जेठो छोराले ति समयहरुमा बुवाको लागि गरेको सेवाकाईको इनाम नपाएको कारणले उसले आफ्नो बुवालाई कठोर सम्झ्यो। ऊ त्यस काम गर्ने मानिसजस्तो थियो जसलाई एक असर्फी दिइएको थियो, जो हिसाब दिने समयमा आफ्नो मालिककहाँ आयो र भन्यो, "मैले तपाईको असर्फीलाई सुरक्षितसाथ राखेको छु (त्यसलाई व्यापार वा नाफाको लागि नलगिकन), किनकी म डराएको थिएँ (तपाईले मेरो नाफाको माग गर्नुहुन्छ भनेर) किनकी तपाई कठोर मानिस हुनुहुन्छ" (लूका १९:२१ - लिभिङ्ग बाइबल)। मानिसले परमेश्वर धेरै माग राख्नुहुने र खुसी पार्नलाई कठिन हुनुहुन्छ भनि सोच्न सक्दछ, त्यसैले उसले परमेश्वरको सेवाकाईको लागि कठोर परिश्रम गर्दछ र तबसम्म आफैलाई यो भनेर दोषी ठहराउदछ कि उसले त्यस्तो कठोर परमेश्वरको मागलाई पुरा गर्न सकेन।

परमेश्वरले हामी मध्ये कोहिले पनि यस्तो प्रकारको सेवा गरेको खोजी गर्नुहुन्न। बाइबलले भन्दछ, "परमेश्वरले हर्षसाथ दिनेलाई प्रेम गर्नुहुन्छ।" (२ कोरिन्थी ९:७)। सेवाकाईको कुरामा पनि परमेश्वर हर्षसाथ सेवाकाई गर्नेसँग प्रसन्न हुनुहन्छ, नचाहदा नचाहदै होइन न ता करले। करले गरिएको अथवा नचाहदा नचाहदै गरिएको सेवाकाई भन्दा बरु उहाँले कुनै पनि सेवाकाई गरेको चाहना गर्नुहुन्न। जब कसैले इनामको लागि सेवाकाई गर्छ, उसले थोरै समयमा नै परमेश्वरले उसलाई कुनै आशिष दिनुभएको छैन भनि गुनासो गर्न सुरु गर्दछ। र यदि त्यहाँ कोहि व्यक्तिले उसले भन्दा बढि आशिष पाएको देख्छ, त्यहाँ झन् ठूलो समस्या हुन पुग्छ।

के हामीले पाएको काम र आशिष हामी अरुसँग तुलना गर्दछौ? यो केवल एउटा नियमले बाँधिएको सेवाकाईको प्रतिफल बन्न पुग्छ। येशूले एकपल्ट एकजना व्यक्तिले विभिन्न समयमा विभिन्न मानिसलाई काम गर्न राखेको एउटा दृष्टान्त बताउनु भएको छ। दिनको अन्तमा मालिकले ति सबैलाई एक दिनार दिनुहुन्छ। जसले सबैभन्दा बढि काम गरेका थिए, उनिहरु मालिक हुनुभएको ठाउँमा आउछन् र यो भन्दै गुनासो पोख्छन् कि, "तपाईले कसरी हामीलाई उनिहरुलाई जति दिनुभएको छ त्यति नै दिनुभयो? हामीले त यो भन्दा बढि पाउनुपर्छ।" तिनीहरुले कमाईको लागि सेवा गरे, र तिनीहरुले जति पैसामा काम गर्न स्विकार गरेका थिए त्यति नै पाए तापनि तिनिहरुले यो भन्दै गुनासो गरे कि अरुले तिनीहरु जति नै कमाउन उचित छैन (मत्ती २०:१-६)।

हामी ठ्याक्कै यो कुरा जेठो छोराको जिवनमा देख्छौ, "तपाईले यि सबै कुरा भाईलाई कसरी दिन सक्नुहुन्छ, मैले पो यि वर्षहरुमा तपाईको सेवा गरेको छु, उसले होइन।"

जब इस्राएलीहरुले परमेश्वरलाई गनगन गर्दै सेवा गरे, उहाँले तिनीहरुलाई दासत्वमा पठाउनुभयो किनकी उहाँ आफैँले त्यो बताउनु भएको थियोः "सबै थोकको भरपूरी भए तापनि तिमीले परमप्रभु आफ्ना परमेश्वरको सेवा हर्ष र आनन्दका साथ गरेनौ; यसकारण तिमीले भोकमा, तिर्खामा, नाङ्गो अवस्थामा र सबै थोकको खाँचोमा परेर शत्रुहरुको सेवा गर्नेछौ, जसलाई परमप्रभुले तिम्रो विरोधमा पठाउनुहुनेछ; अनि तबसम्म उहाँले तिम्रो गर्धनमाथि फलामको जुवा राख्नुहुनेछ" (व्यवस्था २८:४७,४८)। परमेश्वरलाई नियमबध्द (अथवा बन्धन्पूर्ण) सेवाकाईहरुमा कुनै प्रसन्नता छैन।

स्वयम केन्द्रित विश्वासीहरुले प्राय जसो अरुको आँखामा आफू आत्मिक छु भन्ने छाप लगाउनको लागि परमेश्वरको सेवा गरिरहेका हुन्छन्। उनीहरुमा ख्रीष्टको सेवा र उहाँ प्रतिको पवित्र र साँचो प्रेम नभएको कारणले, केहि पनि गरेनन् भने तिनीहरुले उनिहरुलाई आत्मिक नभएको देख्छन् भन्ने कुराको डरले आफूलाई परमेश्वरको काममा आफूलाई सक्रिय बनाउछन्। र जब त्यस्ता व्यक्तिहरुले पैसा कमाउने सजिलो उपाय पत्ता लगाउछन्, उनिहरु सबैलाई यो परमेश्वरबाटको हो भनि विश्वास दिलाउन लागी पर्छन्! जहाँ आफूलाई ठिक छु भनि अरुलाई प्रमाणित गर्न खोजिन्छ, त्यहाँ गोप्य रुपमा अरु मानिसले हामीलाई अब कम आत्मिक सोच्छन् भन्ने डर हुँदछ! यस प्रकारले परमेश्वरको सेवा गर्दा त्यस व्यक्तिलाई पक्कै पनि आफू तनावग्रस्त र दासत्चमा भएको महसुस हुँदछ।

ख्रीष्टप्रतिको प्रेमको धारा बगेर गरिएको सेवाकाईमा कति धेरै आनन्द र स्वतन्त्रता हुँदछ! प्रेम हाम्रो जिवनमा यस्तो प्रकारको तेल हो जसले हाम्रो जिवनमा भएका यन्त्रहरुलाई चिल्लो पार्ने काम गर्दछ ताकि ‍त्यसमा खिया नलागोस्। याकूबले राहेललाई पाउनको लागि आफ्नो जिवनको सात वर्ष कठोर परिश्रम गरे। र बाइबलले यो बताउछ कि, राहेल प्रतिको उनको प्रेमले गर्दा उनलाई ति सात वर्ष केहि दिन जस्तो मात्र लाग्यो (उत्पत्ति २९:२०)। त्यसरी नै यदि हामीले पनि हाम्रो हृदयमा परमेश्वर प्रति साँचो प्रेम राख्यौ भने हाम्रो जिवनमा पनि त्यस्तै हुँदछ। त्यहाँ कुनै तनाब वा गुनासो हुदैन।

बाइबलले यो बताउछ कि परमेश्वर र उहाँको मण्डलीको सम्बन्ध एउटा पति र पत्निको सम्बन्ध जस्तै हुन्छ। एउटा पतिले आफ्नि पत्निसँग सबै भन्दा शुरुमा केको खोजी गर्छ? उसको सेवा होइन। उसले उनलाई केवल उसको लागि खाना पकाउन र उसको कपडा धोइदिनको लागि विवाह गर्दैन। उसले सबभन्दा शुरुमा उनको प्रेमको खोज गर्छ। त्यसको बिना अरु सबै कुराहरु मुल्यहिन बन्दछन्। परमेश्वरले हामीबाट पनि त्यहि खोज्नुहुन्छ।