WFTW Body: 

परमेश्वरको योजना तपाईंको जीवनमा पुरा हुनबाट केही कुराले रोक्न सक्दैन - हरेक अवश्थामा - यदि तपाईंले पहिले परमेश्वरको राज्यको खोजी गर्नुहुन्छ र यदि केवल परमेश्वरलाई खुशी पार्ने इच्छा गर्नुहुन्छ, किनकि पृथ्वीमा सबै अधिकार प्रभुको हातमा छ । येशूले दुईवटा महत्वपूर्ण कुरा पिलातसको अगाडि बोल्नुभयोः

(१) "मेरो राज्य यो संसारको होइन, त्यसैले मैले सांसारिक कुराको खातिर लडाई गर्दिन" (यूहन्ना १८ः३६) ।

(२) "मेरो बुबाले तिमीलाई म माथि प्रयोग गर्ने अनुमति दिनुभएको बाहेक म माथि तिम्रो कुनै अधिकार हुनसक्दैन" (यूहन्ना १९ः११) ।

पावलले तिमोथीलाई सम्झना दिलाएको यही दुईवटा स्वीकारोक्ति हो, जब उसले तिमोथीलाई प्रभुको एक असल साक्षी हुनको लागि भन्यो (१ तिमोथि ६ः१३, १४) ।

यो स्वीकारोक्ति मैले पनि परमेश्वरसँग गरेँ र शैतानसँग र मानिसहरुसँग, जब गाह्रो अवश्थाहरुको र अप्ठ्यारा मानिसहरुको सामना गरेँ ।

तपाईं सधैं विश्राममा हुनसक्नुहुन्छ, मात्र यदि तपाईंको जीवनमा कुनै मूर्ति छैन । राम्रो जागिर, घरहरु र सांसारिक आरामहरु धेरै ख्रीष्टियानहरुको निम्ति मूर्तिहरु बनेको छ । यो काठ र ढुंगाले निर्मित मूर्तिपुजेको भन्दा असल होइन ! तर धेरै ख्रीष्टियानहरुले यो महसुस गर्दैनन् । परमेश्वरले दिनुहुने आत्मिक वरदानहरु (जस्तै एउटा सेवकाई) पनि एउटा मूर्ति हुनसक्छ, जसरी इसहाक अब्राहामको निम्ति भए । जब परमेश्वर एक्लो हाम्रो लागि सबैथोक हुनुहुन्छ र यदि हामीले सत्यतामा हाम्रो हृदयबाट प्रभुलाई भन्न सक्छौं, "प्रभु, यस पृथ्वीमा तपाईं बाहेक अरु केही थोक र कसैको पनि मैले इच्छा राख्दिन" (भ.सं. ७३ः२५), तब मात्र हामीले भन्न सक्छौं कि हामी मूर्तिपूजाबाट स्वतन्त्र छौं र प्रभुको आराधना गर्न प्रारम्भ गर्छौं । म प्रार्थना गर्दछु कि तिमीहरु सबै मूर्तिबाट स्वतन्त्र हुनसक र केवल प्रभुको आराधना गर्न सक ।

हाम्रो विश्वास र भरोसा सधैं केवल परमेश्वरमा मात्रै हुनुपर्छ - मानिसमा कहिल्यै होइन । यर्मिया १७ः५,६ मा उल्लेख गरिएको श्रापले हामीलाई ओइलाइदेओस्ः "परमप्रभु यसो भन्नुहुन्छ, 'श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्दछ, र उसको शारीरिक शक्तिमाथि भर पर्दछ, र जसको हृदय परमप्रभु देखि तर्किएको छ । त्यो उजाड भूमिको पोथ्रोझैं हुनेछ, र उन्नति आउँदा त्यसले देख्नेछैन । त्यो उजाड स्थानको सुख्खा ठाउँहरुमा बस्नेछ ।'"

हाम्रो साँचो धन पैसा वा सम्पत्ति होइन, तर प्रभुको ज्ञान हो जुन असफलता र गहिरा परीक्षाहरुबाट प्राप्त हुँदछ । यर्मिया ९ः२३, २४ (लिभिङ्ग) ले यसो भन्दछः प्रभुले भन्नुहुन्छ, "बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, वा बलवान् मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, वा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस् । केवल तिनीहरुले यही कुरामा मात्र घमण्ड गरोस्ः कि तिनीहरुले परमप्रभुलाई चिन्दछन् र जान्दछन् कि उहाँ नै परमप्रभु हुनुहुन्छ, जसको करुणा स्थिर छ, किनभने यिनैमा उहाँ प्रसन्न हुनुहुन्छ ।" केवल त्यही मात्र कुरा हो जसको अन्त्यमा मूल्य हुँदछ । प्रत्येक अरु उपलब्धि यो संसारमा त्यसको तुलनामा फोहोरमैला हो । जति छिटो हामीले त्यो सत्य थाहा पाउँदछौं त्यति बुद्धिमान हामी बन्दछौं ।